• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

घनश्याम भुसालको पत्र- प्रभावकारी हस्तक्षेप नहुने हो भने भोकमरीको चपेटामा पर्न सक्छौं

अबको नारा 'संरक्षित कृषि, सुनिश्चित बचत'
64x64
नेपाल लाइभ शुक्रबार, चैत २८, २०७६  ०८:०९
1140x725

काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भूसालले सवै स्थानीय सरकारका लागि  पत्र लेखेका छन्।

मन्त्री भूसालले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा देखिन सक्ने संभावित संकट, नेपालमा पर्न सक्ने असर र त्यस्ता संभावित संकटबाट बच्दै मुलुकलाई आत्मनिर्भर बनाउन अपनाउनुपर्ने कदमबारे पत्रमा उल्लेख गरेका छन्। 

यो पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् र मन्त्रीको सचिवालयबाट सबै स्थानीय सरकारलाई पठाइएको छ। 

यस्तो छ उनको पत्र
श्री प्रमुख तथा अध्यक्षज्यू,
अभिवादन!
अहिले हामी कोरोना भाइरसको महामारीबाट उत्पन्न असामान्य परिस्थितिमा छौँ। विभिन्न मुलुकका अस्पतालहरूमा मरिरहेका नागरिकहरू, मृत्यु पर्खेर कहराइरहेका संक्रमित बिरामीहरू, चिहानसम्म नपाएर मिल्किएका मृत शरीरहरू, त्रस्त–निस्तब्ध शहर–बस्तीहरू, अनिश्चितताको भयले लखेटेर काँपिरहेका करौडौँ प्रवासी–आप्रवासी कामदारहरू, भत्किरहेका स्थास्थ्य र सुरक्षाका व्यवस्थाहरू, नागरिकका लागि कुनै सम्भाव्य उपाय समेत पहिल्याउन नसकेका सरकारहरू, अकल्पनीय सङ्कटको छाँयामुनि काँपिरहेका हाम्रा सामाजिक–सांस्कृतिक संस्थाहरू– सङ्क्षेपमा, मानव जातिले विकास गरेको समस्त विज्ञान–प्रविधि समेत निरूपाय जस्तै भएको, एउटा अदृष्य तर प्रलयकारी अनिश्चय र भयको दुनियाँमा हामी छौँ। 

यस महामारीले हाम्रो इतिहासलाई, समस्त मानव समाजलाई कस्तो मोड दिन्छ भन्ने आँकलन गर्नु अलिक छिटो हुन्छ, तर पनि यसका असाधारण प्रभाव हामी र हाम्रा सन्तान–दरसन्तानले भोग्नु अनिवार्य जस्तै  छ। आजै क्षितिजमा देखिने केही दृष्य भने स्पष्ट छन्ः विश्वव्यापी रूपमा खाद्यवस्तुको उत्पादन, आपूर्ति तथा मूल्य र पहुँचमा ठूलो समस्या देखिने छ; अन्तर्राष्ट्रिय श्रम बजार, औद्योगिक उत्पादन र समग्र विश्व अर्थतन्त्रमा समस्या आउनेछ; तिनलाई सम्बोधन गर्न सरकारहरूले विभिन्न नयाँ नीतिहरू लिनेछन्, एउटा देशको सरकारका नीतिले अर्को देशको सरकारका नीतिलाई प्रभावित पार्नेछन् र तिनको अन्तरविरोधले अन्तर्राष्ट्रिय राजनीतिको नयाँ व्यवस्था बन्नेछ। यसरी मानव जाति इतिहासकै एउटा कठीन घडीबाट गुज्रिँदैछ।

यस महामारीले हाम्रो सामाजिक–आर्थिक क्षेत्रमा पनि उत्तिकै दुरगामी र बहुआयामिक प्रभाव पार्नेछ। आधुनिक इतिहासको लामो समय नेपाल राजनीतिक तानातानीमा अल्मलियो र पछाडि पर्यो । पछिल्ला दुई दशकभित्र लामो राजनीतिक द्वन्द्व, त्यत्तिकै लामो संक्रमण, महाभूकम्प र नाकाबन्दीले थला परेको अर्थतन्त्र बिस्तारै तंग्रिन लागेको अवस्थामा अहिले फेरि यस महामारीको लपेटमा हामी परेका छौँ। आगामी दिन झन् कठिन देखिन थालेका छन्। 

अन्तर्राष्ट्रिय लगानीमा हुने संकुचनले वैदेशिक रोजगारीका हाम्रा अवसर खुम्चिँदै जानेछन्। अर्थात् एकातिर वैदेशिक रोजगारीबाट फर्कनेहरूको सङ्ख्या बढ्नेछ भने अर्कोतिर हरेक वर्ष वयस्क हुने जनसङ्ख्यालाई रोजगारी अभाव हुँदै जानेछ। यसरी बेरोजगारी र गरिबी एकसाथ बढ्दै जानेछ। एकातिर अहिलेको प्रतिकूल परिस्थितिले खाद्यान्न उत्पादन घट्नेछ, फलतः आयात बढाउनु पर्नेछ तर, अन्तर्राष्ट्रिय बजारमा बढ्ने खाद्यान्नको मूल्य थेग्नु हाम्रा लागि थप कठिन हुँदै जानेछ। कैयन सरकारहरूले कठोर नीति अवलम्बन गर्ने सङ्केत देखाइसकेका छन्। कृषि उत्पादनको निकासीमा बन्देज लगाउन थालिसकेका छन्। संक्षेपमा, एउटा प्रभावकारी हस्तक्षेप नहुने हो भने हामी भोकमरीको चपेटामा पर्न सक्छौँ। 

जति बढी उत्पादन, त्यति बढी बचतको ग्यारण्टी हुँदा हामीले दशकौँदेखि भन्दै आएको आयात प्रतिस्थापन अर्थात् आत्मनिर्भरता स्वतः कार्यान्वयन हुँदै जानेछ। श्रम बजारमा आउने नौजवानहरूका लागि कृषिले ठूलो अवसर प्रदान गर्नेछ, वैदेशिक रोजगारीबाट फर्कनेहरूलाई पनि यसले स्पष्ट विकल्प दिनेछ। संक्षेपमा, यी नीतिको कार्यान्वयनले कृषिक्षेत्रका आजका समस्याहरूलाई आधारभूत रूपले समाधान गर्नेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

कृषिको संरक्षण र विकास नागरिकको खाद्यसुरक्षाको प्रत्याभूतिका हिसाबले सर्वोपरी महत्वको विषय हो। हाम्रो संविधान तथा कानूनी व्यवस्थाले पनि हरेक नागरिकलाई ‘पर्याप्त, पोषणयुक्त तथा गुणस्तरीय खाद्यमा नियमित पहुँच’ को अधिकार प्रत्याभूत गरेको छ। यसको प्रभावकारी कार्यान्वयन राष्ट्रको जीवनमा, संविधानले निर्दिष्ट गरेको सामाजवादको अभ्यासमा एउटा कोशेढुंगा हुनेछ। 

राष्ट्रिय/औद्योगिक पुँजीको निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र कृषि नै हो। कृषि उत्पादन बृद्धिका क्रममा नयाँ रोजगारी सिर्जना हुनेछन् र क्षेत्रीय रूपमा सन्तुलित र दिगो विकास सम्भव हुनेछ। साथै राष्ट्रिय सुरक्षाका साथै भविष्यमा आउन सक्ने अन्य रोगव्याधी, महामारी र प्राकृतिक प्रकोपको सामना गर्न सक्ने राष्ट्रिय सामर्थ्यको विकास हुनेछ। संक्षेपमा, हाम्रो राष्ट्रिय जीवनमा पहिलेदेखि नै रहेका र अहिले देखा परेका सामाजिक–आर्थिक चुनौतिको सामना गर्न कृषिको प्रश्न सबैभन्दा महत्वपूर्ण छ, त्यसका लागि समयले हामीसँग नयाँ संकल्प र योजना माग गरेको छ।

मुलुकमा कृषिको प्रचुर सम्भावना हुँदाहुँदै खाद्यान्न समेत आयात गर्नु परेको दुर्भाग्यबारे सञ्चार माध्यम, आर्थिक छलफल तथा राजनीतिक प्रवचनमा हामीले गम्भीर चिन्ता–चासो देखाउँदै आएका छौँ। यस अवस्थालाई परिवर्तन गर्न कतिपय प्रयास भएका पनि हुन्। तर, परिस्थितिलाई बदल्ने सार्थक हस्तक्षेप भने हुन सकेको छैन। यसको पहिलो जिम्मेवारी हामी राजनीतिक र सँगसँगै कर्मचारी नेतृत्वले नै लिनुपर्छ। 

मुलुकका प्रति आजको हाम्रो दायित्व इतिहासको आलोचना गरेर पूरा हुँदैन। त्यसैले, कृषिको विकासका लागि आजसम्म गरिएका असल प्रयासलाई सार्थक बनाउन र कमजोरीलाई हटाउने ध्येयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ भन्ने नारा अन्तर्गत पाँच वटा नीतिगत आधारसहितको कृषि विकासको अवधारणा अगाडि ल्याएको छ:

यो पनि पढ्नुहोस्

ब्लग : मन्त्रालय बुझ्न कति समय लाग्छ मन्त्रीज्यू?बुधबार, माघ १५, २०७६

१. उत्पादन सामग्रीमा अनुदान : हामीले दिँदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी बीउ/नश्ल, मल, सिँचाई, बिजुलीजस्ता उत्पादनका मुख्य सामग्रीमा अनुदान केन्द्रित गरिने छ।

२. सस्तो र सुलभ ऋण : सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहुँच ग्यारेण्टी नभएको अहिलेको अवस्थालाई अन्त्य गरिनेछ र हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिने छ। 

३. सबै किसानलाई प्राविधिक सेवा : हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारण्टी गरिने छ। स्थानीय तहमा  करिब आठ हजार कृषि तथा पशु सेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेकामा अहिले रिक्त रहेका करिब ६ हजार दरबन्दीमा पदपूर्ति गरिने छ। 

४. सबै बालीवस्तुको बीमा : कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहुँचमा पुर्‍याउने ग्यारण्टी गरिने छ। प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि बालि–वस्तुको हानी नोक्सानीबाट किसानलाई सुरक्षित गरिनेछ।

५. न्यूनतम बचतको ग्यारण्टी : किसानले उत्पादन गर्ने मुख्य बालि–वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित बचतको ग्यारण्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोकिने छ। किसान आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्ने तर, बजारमा न्यूनतम मूल्य पनि नपाएमा स्वयम् सरकारले खरिद गर्ने व्यवस्था गरिनेछ।

यी पाँच वटा नीतिगत आधारको मूल उद्देश्य नेपालमा कृषि कर्म गर्ने कुनै पनि व्यक्तिले न्यूनतम बचत प्राप्त गर्छ भन्ने कुराको प्रत्याभूति गर्नु हो। यसबाट हरेक किसानले आफ्नो सामान्य जीवन निर्वाहका लागि चिन्ता गर्नुपर्ने छैन। 

जति बढी उत्पादन, त्यति बढी बचतको ग्यारण्टी हुँदा हामीले दशकौँदेखि भन्दै आएको आयात प्रतिस्थापन अर्थात् आत्मनिर्भरता स्वतः कार्यान्वयन हुँदै जानेछ। श्रम बजारमा आउने नौजवानहरूका लागि कृषिले ठूलो अवसर प्रदान गर्नेछ, वैदेशिक रोजगारीबाट फर्कनेहरूलाई पनि यसले स्पष्ट विकल्प दिनेछ। संक्षेपमा, यी नीतिको कार्यान्वयनले कृषिक्षेत्रका आजका समस्याहरूलाई आधारभूत रूपले समाधान गर्नेछ। 

उपरोक्त नीतिगत आधारहरूको कार्यान्वयनका लागि हामीले तीनै तहका सरकार, सहकारी र निजी क्षेत्रको भूमिकालाई उचित रूपमा संयोजन गर्नु पर्नेछ। उत्पादनका लागि बजार, जमिनको चक्लाबन्दी, कृषि कर्ममा यान्त्रिकीकरण, भण्डारण, प्रशोधनलगायत सिँचाई, विषादी व्यवस्थापन, रोग नियन्त्रण, नयाँ प्रविधि तथा उन्नत जात/नश्लको अनुसन्धान र विकास, पर्यावरणीय कृषिजस्ता अनेकौँ कार्यक्रमहरू एकसाथ सञ्चालन गर्नु पर्नेछ। यस क्रममा उत्पादक किसानलाई उत्पादन सामग्रीमा दिइने अनुदान, ऋणको ब्याजमा सहुलियत र प्राविधिक सेवा–टेवा जुनसुकै बालि–वस्तु उत्पादन गर्ने किसानलाई दिनुपर्छ। 

तर, न्यूनतम समर्थन मूल्यको निर्धारण र खरिदको ग्यारण्टी कुन–कुन बालि–वस्तुमा गरिनेछ भनेर तोक्नु आवश्यक हुनेछ। अहिलेको आयात र आवश्यकताका हिसाबले धान, मकै, गहुँ, आलु, उखु, फलफूल (तराईमा आँप र केरा, पहाडमा कागती–सुन्तला र केरा, हिमालमा स्याउ) माछा, मासु (कुखुरा, बाख्रा, राँगा, बुङ्गुर) अण्डा र दूधलाई मुख्य बालि–वस्तुको कोटीमा राख्नुपर्छ। त्यसबाहेक प्रादेशिक र स्थानीय हिसाबले कहीँ चिया, अलैँची कहीँ ओखर वा यस्तै अन्य बालीवस्तुलाई मुख्य बनाउनुपर्ने हुनसक्छ।

माथि उल्लेख गरिएका नीतिहरू मध्ये उत्पादन सामग्रीमा अनुदान, सस्तो र सुलभ ऋण, सबै किसानलाई प्राविधिक सेवा–टेवा र सबै बालि–वस्तुको बीमाको कार्यान्वयन देशभरी एउटै मापदण्ड र प्रक्रियाबाट गर्नु पर्नेछ। मन्त्रालयले यी विषयमा अध्ययन गर्दैछ। बालि–वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने र किसानले बजारमा बिक्री गर्न नसकेको बालि–वस्तु खरिद गर्ने व्यवस्था स्थानीय, प्रादेशिक र संघीय तहले गर्नुपर्ने हुन्छ। त्यस्तै, जमिनको चक्लाबन्दी र बाँझो जमिनको उपयोग आगामी कार्यक्रमको महत्वपूर्ण विषय हुनेछ र यिनको कार्यान्वयनमा मूलतः स्थानीय तहले मुख्य भूमिका खेल्नु पर्नेछ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय तथा प्रदेश मन्त्रालयहरू र सबै स्थानीय तहहरूको समन्वय र सहकार्यद्वारा तयार गर्ने आफ्नो धारणा मैले सार्वजनिक रूपमै राख्दै र भन्दै आएको हुँ। यसैबीच संघीय मन्त्रालय र सबै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रीहरू दुई पटक बैठक बसेर अनेकौं विषयमा समझदारी गरिएको छ। ती समझदारीका आधारमा हरेक प्रदेशमा त्यस प्रदेशभित्रका स्थानीय तहको नेतृत्वसँग समेत छलफल गर्ने योजना बनाइएको थियो। तर महामारीका कारण त्यसो गर्न सम्भव भएन। त्यसैले यस पत्रमार्फत् पठाइएको त्यस स्थानीय तहसँग सम्बन्धित तल उल्लेखित विषयको सूचना उपलब्ध गराइदिनुहुन अनुरोध छ।

क. कृषि उपज खरिदको व्यवस्था सम्बन्धमा 
कतिपय स्थानीय तहले किसानको उपज खरिद गर्ने र आफुले नै बजारमा बिक्री गर्ने गरेका छन्। केहीले किसान र बजारका बीचमा मध्यस्थता गर्ने गरेका छन्। कतिपय जिल्लामा किसानको उपज उपयुक्त दरमा खरिद गर्ने व्यवस्था मिलाइएको छ भने कतिपय सहकारीले आफ्ना सदस्यको उपज सहकारीमार्फत् बिक्री गर्ने व्यवस्था पनि गरेका छन्। यस कार्यका लागि त्यस स्थानीय तहमा कस्तो संरचना बढी प्रभावकारी हुन सक्छ? र, त्यसमा प्रदेश र संघीय सरकारको भूमिका के हुन सक्छ?

ख. जमिनको चक्लाबन्दी सम्बन्धमा
नेपालको कृषि भूमि निजी स्वामित्वमा रहेको र करिब ५८ लाख परिवारमा ३ करोड २५ लाख कित्ता भूमिको वितरण भएको अवस्थाले गर्दा कुनै न कुनै किसिमको सहकारितामार्फत् चक्लाबन्दीमा जानु पर्ने अवस्था छ। त्यसरी मात्रै हामीले हाम्रो कृषिमा यान्त्रिकीकरण गर्न सक्छौँ, जसले उत्पादन लागत घटाउँछ र हाम्रो कृषि प्रतिस्पर्धी बन्दै जान्छ। अहिले कतिपय स्थानीय तहमा चक्लाबन्दीका काम आरम्भ भएका छन्। त्यस स्थानीय तहअन्तर्गत चक्लाबन्दीका कस्ता सम्भावना छन्? त्यसका लागि प्रदेश वा संघीय सरकारबाट के–कस्तो सहयोग आवश्यक हुनेछ?

ग. बाँझो जमिनको उपयोग सम्बन्धमा
विभिन्न कारणले गर्दा अहिले जमिन बाँझो रहने गरेको छ। कतिपय पहाडी जिल्लामा बाँझो रहेका वा पाखो जमिनमा जमिनका मालिकहरूको कम्पनी गठन गरेर त्यसमार्फत् ठूलो मात्रामा फलफूल खेती गर्न थालिएको छ। कतिपय स्थानीय तहले त्यस्तो जमिनमा इच्छुक व्यक्तिहरूलाई फलफूल लगाउन दिने, ती फलफूलका बिरूवा हुर्काउञ्जेल उनीहरूलाई जीवन निर्वाहका लागि भत्ताको व्यवस्था गर्ने र फल दिन थालेपछि त्यसको बिक्रीको निश्चित प्रतिशत बिरूवा हुर्काउनेलाई दिने र बाँकी बचत स्थानीय तहमा राख्ने विकल्पमा पनि छलफल गर्न थालेका छन्। त्यस्तै कतिपयले स्थानीय कृषि सहकारीलाई जमिन उपलब्ध गराउने र निश्चित शर्तहरूमा उत्पादन गर्ने आशय व्यक्त गरेका छन्। यस सम्बन्धमा त्यस स्थानीय तहमा के गर्न सकिन्छ? र त्यसमा प्रदेश र संघीय सरकारको के भूमिका हुन सक्छ?

माथि उल्लेख गरिएका विषयसँग सम्बन्धित, एक प्रश्नावली पनि तयार पारी यसै पत्रसाथ संलग्न गरी पठाइएको छ। उक्त प्रश्नावलीका आधारमा त्यस स्थानीय तहको वस्तुस्थिति सम्बन्धी सूचना देहायको ईमेल ठेगानामा यथाशीघ्र उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु।

'संरक्षित कृषि, सुनिश्चित बचत'
स्थानीय तहको वस्तुस्थिति विश्लेषण
क. न्यूनतम समर्थन मूल्य र खरिद :    
१. यस स्थानीय तहमा उत्पादन हुने प्रमुख कृषिजन्य उपज (बाली, फलफूल पशुपन्छी, माछा) के के हुन् (प्राथमिकता क्रममा बढीमा १० वटा)?

२. तिनको उत्पादन कति हुन्छ? खासगरी बिक्रीका लागि कति परिमाण उपलब्ध हुन्छ? 

३. अहिलेको उत्पादन स्तर बढाउने व्यवहारिक उपाय के हुन सक्छ?
३.१ उत्पादनको क्षेत्र विस्तार गर्न सकिने सम्भावना कति छ?
३.२ प्रति ईकाई क्षेत्रफल (रोपनी, बिघा, हेक्टर) मा उत्पादन (उत्पादकत्व) वृद्धि गर्न के गर्नु 
     पर्ला?

४. पालिका भित्रबाट बिक्रीका लागि आउने उत्पादनलाई बिक्री–वितरणको प्रबन्ध गर्न के गर्नु पर्ला? 
४.१ सहकारीले संकलन, प्रशोधन र बिक्रीवितरण गर्नसक्ने कत्तिको सम्भावना छ?
४.२ करार खेतीको ढाँचामा निजी उद्यमी व्यवसायीहरूसँग किसानलाई जोड्न सकिन्छ?
४.३ बजार पूर्वाधार : जस्तै संकलन केन्द्र, बिक्री स्थल, प्रशोधन केन्द्र आदिको अवस्था कस्तो छ? 
४.५ त्यस्ता पूर्वाधार विकासका लागि तत्काल गर्नु पर्ने के छ?

५. उपरोक्त कार्यक्रम गर्न प्रदेश र संघीय सरकारका तर्फबाट कस्तो सहयोगको अपेक्षा राख्नुहुन्छ?

ख. बाँझो जमिन 
१. पालिका अन्तर्गतका हैसियत बिग्रेका वनक्षेत्र, नदीकिनारा वा सार्वजनिक क्षेत्रमा बाँझो रहेका खेतीयोग्य जमिन कति छ?
२. त्यस्ता जमिन तत्कालै उपयोगमा ल्याउन सकिने सम्भाव्यता छ वा छैन?
३. यदि उपयोग गर्न सकिन्छ भने के कसरी सकिन्छ? यसका लागि संघ वा प्रदेश सरकारबाट कस्तो सहयोगको आवश्यकता पर्दछ।
४. कतिपय पहाडी क्षेत्रमा निजी जमिन समेत क्रमशः बाँझो रहने अवस्था सृजना भएका परिस्थितिमा त्यस पालिकामा कति निजी जमिन बाँझो रहेको होला?
५. सार्वजनिक वा निजी बाँझो जग्गा उपयोगमा ल्याउन कस्ता कार्य योजना चाहिन्छ? ती कार्ययोजनामा संघ र प्रदेश सरकारको भूमिका के हुन सक्छ?
६. बाँझो जग्गा उपयोगमा ल्याउन निजी उद्यमी र सहकारीको भुमिका के हुन सक्छ?

ग. चक्लाबन्दी
१. त्यस पालिकामा जग्गाको चक्लाबन्दी गरी खेती गर्ने सम्भाव्यता देख्नुहुन्छ?
२. चक्लाबन्दीको ढाँचा के हुन सक्छ? सहकारितामा आधारित खेती, सामुहिक खेती वा कम्पनी ढाँचामा चक्लाबन्दी– के गर्न उपयुक्त हुन्छ?
३. चक्लाबन्दीका लागि स्थानीय तह, प्रदेश र संघबीच के कस्तो समन्वय र सहकार्य अपेक्षित छ?

घ. बीमा   
१. कृषि र पशुधन बीमा सम्वन्धी विद्यमान व्यवस्था कत्तिको प्रभावकारी छ?
२. बीमालाई अझ प्रभावकारी वनाउने बैकल्पिक उपाय के हुन सक्छन्?

ङ. लगानी
१. स्थानीय तहमा विनियोजित बजेटको कम्तिमा १० प्रतिशत हिस्सा कृषि उत्पादन÷प्रशोधनमा लगानी गर्नु सकिन्छ वा सकिँदैन? यस सन्दर्भमा प्रदेश र संघीय सरकारबाट अपेक्षित सहयोगका क्षेत्र के हुन सक्छन्?
२. पालिकामा कृषि कर्जा प्रवाहको सुविधा कस्तो छ? बैंक वा लघुवित्त सहकारी सेवा उपलव्ध छ?
३. तपाईँको पालिकामा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि बैंक वा सहकारी कुन माध्यमबाट जान सहज हुन्छ?

यो पनि पढ्नुहोस्

गुप्तबासमा कृषिमन्त्री घनश्याम!शुक्रबार, फागुन ३०, २०७६

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  ०८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
संस्थापक सबै सदस्यलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने रास्वपाको निर्णय
गृहमन्त्री गुरुङले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह आइतबार, असार ७, २०८३
संस्थापक सबै सदस्यलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने रास्वपाको निर्णय आइतबार, असार ७, २०८३
गृहमन्त्री गुरुङले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
आज कोशीमा भारी वर्षाको सम्भावना आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन मन्त्री लम्सालको निर्देशन शनिबार, असार ६, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक बस्ने स्थान र समय परिवर्तन शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्