• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बुटबल : कोरोना विशेष अस्पताल निर्माणदेखि तरकारी फार्मको खोजीसम्म

64x64
दीपक घिमिरे शुक्रबार, चैत २८, २०७६  १४:५५
1140x725

बुटवल- बुटवल उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट जोगिने हरेक उपाय अवलम्बन गरेको दाबी गरेको छ। विश्वमा महामारीको रुपमा फैलिएको यो संक्रमणका कारण नेपाल पनि उच्च जोखिममा परेपछि यसबाट बच्न नगरले सक्रियतापूर्वक काम गरेको उपमहानगरपालिकाले जनाएको छ।विदेश तथा नयाँ स्थानबाट आउनेहरुको खोजी तथा पहिचानका लागि संयन्त्र प्रयोग गर्नेदेखि होम क्वारेन्टाइनमा बस्नेहरुको निगरानीमा समेत जोड दिएको उपमहानगरले जनाएको छ। 

बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले विदेशबाट आएका १ सय ४७ नागरिक होम क्वारेन्टाइनमा बसेको बताए। उनले ५० बेड क्षमताको क्वारेन्टाइनमा एक जनामात्रै बसेको बताए। विदेशबाट आएकाहरुले घरमै सुरक्षित तरिकाले क्वारेन्टाइनमा बसेकाले उनीहरुलाई नगरपालिकाको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको बताए।

घरमा क्वारेन्टाइन बस्न असहज भएमा तथा गाउँ तथा टोलमा कोही आएको थाहा पाए तुरुन्त क्वारेन्टाइनमा ल्याएर राख्ने गरी संयन्त्र प्रयोग गरिएको प्रमुख सुवेदीले नेपाल लाइभसँग बताए। 

प्रमुख सुवेदी कोरोना भाइरस कोभिड–१९ ले अहिले सारा विश्व नै आक्रान्त बनेका बेला यसबाट बँच्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिन्छन्। ‘सारा विश्व नै कोरोना भाइरसका कारण अहिले थलिएको छ‚ यो बेलामा जो जहाँ हुनुहुन्छ त्यही बस्नुहोला,’ प्रमुख सुवेदीले भने‚ ‘यस्तो अवस्थामा कोही आएको थाहा पाए तत्काल नगरपालिकालाई खबर गर्नुहोला। हामीले निर्माण गरेको क्वारेन्टाइनमा लगेर व्यवस्थापन गर्नेछौं।’  

२०७१ मंसिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उपमहानगरपालिकामा स्तरोन्नति भएको नगरपालिकामा २२ वटा वडा छन्। सबै वडामा वडा स्तरीय विपद व्यवस्थापन समिति निर्माण गरिएको छ। वडा अध्यक्षको नेतृत्वमा अनुगमन समिति निर्माण गरिएको छ। वडा समितिले टोल समितिमार्फत राहत वितरणका लागि लगत संकलन गर्ने तथा दैनिक जिविकोपार्जन गर्न समस्यामा परेका मजदूर तथा निमुखा नागरिकलाई राहत वितरण गरिरहेको उपमहानगरले जनाएको छ।

यो पनि पढ्नुहोस्

विराटनगर महानगरपालिकाद्वारा टोलटोलमा ‘फिभर क्लिनिक’ सञ्चालनशुक्रबार, चैत २८, २०७६

राहत वितरणलाई प्रभावकारी बनाउन जनपरिचालन गर्ने, टोल विकास संस्था मार्फत अनुगमन गर्नेलगायतका कामलाई प्रभावकारी बनाइएको नगरपालिकाले जनाएको छ। नगरपालिकामा बसोबास गरेको जो कोहीलाई पनि राहतमा विभेद नगरिएको नगरप्रमुख सुवेदीले बताए। 

नगरपालिकाले ५ जनाको परिवार १५ केजी चामल, २ केजी दाल, १ केजी नुन र १ लिटर तेलका दरले राहत वितरण गरिरहेको छ। साथै उपमहानगरमा रहेका अनाथालय, वृद्धाश्रम र मानव सेवा आश्रमलाई पनि प्राथमिकताका आधारमा राहत प्रदान गर्ने काम गरिएको बताएको छ। 

nimb
nimb

यो पनि पढ्नुहोस्

ललितपुर : विदेशबाट आएकाहरुको पहिचान प्राथमिकतामा बिहीबार, चैत २७, २०७६

बुटवल उपमहानगरपालिकाभित्रको जनसंख्या करीब डेढ लाखको हाराहारीमा रहेको छ। २०६८ को जनगणनाअनुसार यस क्षेत्रको कुन जनसंख्या १,३८,७४२ रहेको थियो जसमध्ये ६८,२८८ जना पुरुष थिए भने ७९,४५४ जना महिला थिए।

कोरोना विशेष अस्थायी अस्पताल 
लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल उपमहानगरपालिका बुटवलको सहकार्यमा बुटवलको धागो कारखानामा कोरोना विशेष अस्थायी अस्पताल स्थापना गरिएको छ। ५० बेडको आइसोलेसन अस्पतालमा अहिले १ जना उपचारमा रहेका छन्। हालसम्म २९ जनाले उपचार गरी फर्किएका छन्। २६ चैतसम्म २९ जना आइसोलेसन अस्पतालमा उपचाररत थिए।

यो पनि पढ्नुहोस्

जनकपुरधाम : कमजोर स्वास्थ्य पूर्वाधार, परीक्षण न्यून शुक्रबार, चैत २८, २०७६

अहिलेसम्म ३२ जनाको स्वाब परीक्षणका लागि पठाइएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। त्यसमध्ये ३१ जनाको रिपोर्ट नेगेटिभ आएको र एक जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ। 

कोरोना अस्थायी अस्पतालमा ४ वटा भेन्टिलेटरसहितको १० वेड आइसीयु कक्ष निर्माणको काम अगाडि बढेको छ। भेन्टिलेटरसहितको आइसीयु आगामी ४–५ दिनसम्ममा सञ्चालनमा आउने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्रप्रसाद खनालले जानकारी दिए। अस्पतालमा अहिले टायल लगाउने काम भइरहेको छ। 

ज्वरोलगायतका कोरोनासँग सम्बन्धित लक्षण देखिए नगरभित्र सञ्चालनमा रहेका ८ वटा स्वास्थ्य केन्द्रबाट प्रारम्भिक उपचार हुने उपमहानगरले जनाएको छ। लुम्बिनी प्रादेशिक अस्पतालले माहामारीका बेला सकेसम्मको उपचारमा जुटेको जनाएको छ। 

यो पनि पढ्नुहोस्

कोरोना : घरघरमा सचेतना अभियान चलाउँदै इटहरी उपमहानगर बिहीबार, चैत २७, २०७६

ज्वरो, स्वासप्रसास समस्या लगायतका बिरामीलाई प्राथमिकतामा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ। उपचारका क्रममा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि तत्काल अस्पताल स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा लगेर आइसोलेसनमा राखेर उपचार गरिने अस्पतालका डा. खनालले जानकारी दिए। 

बुटवलमा पर्याप्त एम्बुलेन्स भए पनि समस्या परेका बेला नपाइने गुनासो बढेपछि नगरपालिकाले ग्रामीण भेगका नागरिकलाई सम्बोधन गर्ने गरी पीपीईसहितको एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको छ। नगरपालिकाले( १४ देखि १९ सम्मका ग्रामीण वडाहरुलाई ध्यानमा राखेर सेमलारमा उक्त एम्बुलेन्सलाई स्ट्याण्डबाई राखिएको प्रमुख सुवेदीले बताए। उक्त एम्बुलेन्सले चौबिसै घण्टा सेवा प्रदान गर्ने जनाइएको छ। अर्को एम्बुलेन्सको छिट्टै व्यवस्थापन गर्ने गरी तयारी गरिएको नगरपालिकाले जनाएको छ। 

संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालनाका लागि बुटवल उपमहानगरपालिकाले समन्वयकारी भूमिका खेलिरहेको छ। ‘लकडाउनको सुरुवाती दिनमा अलि गाह्रो भएको थियो। हामीले आम नागरिकमा परेको यस्तो खालको आदत फेर्ने कोशिशमा छौं।’

उपमहानगरले लकडाउनको पूर्ण पालनाका लागि माइकिङ गरेर आग्रह गरिरहेको छ। नागरिकलाई अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कन उपमहानगरले नगरबासीलाई आग्रह गरेको जनाएको छ। उपमहानगरले किटनाशक औषधि डिसइन्फेक्सन स्प्रे छर्कने काम गरिरहेको छ। एम्बुलेन्सलाई २४ घण्टा तयारी अवस्थामा राखिएको छ। नगरबासीलाई कुनै समस्या पर्दा उपमहानगरपालिकामा खबर गर्न आग्रह गरिएको छ। 

‘नागरिकलाई खाद्यान्नको समस्या आउन दिन्नौं’ 
उपमहानगरपालिकाले नागरिकलाई खाद्यन्नको अभाव हुन नदिने बताएको छ। नगरपालिकाभित्रका नागरिकलाई खाद्यन्नको अभाव हुन नदिनका लागि टोलटोलका खाद्यान्न पसललाई खोल्न आग्रह गरिएको प्रमुख सुवेदीले जानकारी दिए। उनले भाटभटेनीलगायतका अन्य ठूला सुपरमार्केट तथा जनरल स्टोरलाई भिडभाड नगर्न आग्रह गरिएको बताए।

यो पनि पढ्नुहोस्

हेटौंडा : सबै वडामा उच्च सतर्कता, विदेशबाट आउनेका घरमा स्वास्थ्यकर्मीको निगरानीबुधबार, चैत २६, २०७६

हामीले त्यस्ता मार्केटलाई आफ्ना टोलका चोकचोकमा गएर सामान बिक्री गर्न आग्रह गरेका छौं‚’ सुवेदीले भने‚ ‘भीडभाड गरे हामी कारबाही गर्नेछौं।’ सामान खरिद गर्न जाँदा अनिवार्य मास्क र सामाजिक दूरी कायम गर्न आग्रह गरिएको पनि बताए। 

तरकारीका लागि नगरका ग्रामीण भेगमा रहेका तरकारी फार्मको सूची तयार गरी सेवा प्रवाहको काम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ। वडा नम्बर १४ देखि १९ सम्मका वडामा रहेका तरकारी फार्मलाई सुपथ मूल्यमा तरकारी बिक्री गर्न भनिएको बताउँदै प्रमुख सुवेदीले महंगोमा बेचे नबेचेको अनुगमन गर्ने काम भइरहेको बताए। 

बुटवल उपमहानगरले दूरी कायम गरेर बिक्री वितरण गर्नका लागि तरकारीका ठेलालाई बिक्री गर्न सुविधा दिइएको बताएको छ। 

यो पनि पढ्नुहोस्

कोरोना रोकथाममा नेपालगञ्ज : बिना मास्क सामान किन्न प्रतिबन्धदेखि, निगरानीमा ‘टास्क फोर्स’सम्मबिहीबार, चैत २७, २०७६

 

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीमा ४६९ जनाको शव फेला, १ हजार ५४५ जना घाइते शुक्रबार, भदौ १२, २०८३
ट्रम्पले ‘लेक अमेरिका’ नाम दिने आदेशमा हस्ताक्षर गरे, क्यानडाले भन्यो– ‘नाम सधैं लेक ओन्टारियो नै रहनेछ’ शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीमा कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्