• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना रोकथाममा नेपालगञ्ज : बिना मास्क सामान किन्न प्रतिबन्धदेखि, निगरानीमा ‘टास्क फोर्स’सम्म

64x64
निर्मला घिमिरे बिहीबार, चैत २७, २०७६  ०९:०४
1140x725

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलँदै गएको कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिकाले विशेष सतर्कता अपनाएको दाबी गरेको छ। नगरका अनुसार कोरोना संक्रमितका लागि आइसोलेसन र मिल्दोजुल्दो लक्षण देखिएका बिरामीका लागि क्वारेन्टाइनको व्यवस्था गरिएको छ भने र स्वास्थ्यकर्मीहरु समेत तयारी अवस्थामा राखिएको छ। 

नेपालगन्ज उपमहानगरपालिकाले दशगजा क्षेत्र र महेन्द्र बहुमुखी क्याम्पसमा गरी दुई ठाउँमा क्वारेन्टाइन बनाएको उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले नेपाल लाइभसँगको कुराकानीमा बताए। उपमहानगरपालिकाले २५ बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा राखिए तर बिरामी भने नरहेको जानकारी उनले दिए। कोरोनाको आशंकितका लागि भेरी अस्पताल र मेडिकल कलेजको आइसोलेसनमा राखिएको छ। 

क्वारेन्टाइनमा २५० जना
यो समाचार तयार पार्दासम्म नेपाल–भारत सीमानाको दशगजा क्षेत्र र महेन्द्र बहुमुखी क्याम्पसमा गरी २ सय ५० जनालाई क्वारेन्टाइन बेड बनाइएको छ। महेन्द्र बहुमुखी क्याम्पसमा २२ जना छन्। बाँकी दशगजा क्षेत्रमा पाल टाँगेर निमार्ण गरिएको क्वारेन्टाइनमा छन्।  १५ जना व्यक्तिहरु १४ दिन क्वारेन्टाइनपछि घर फर्किसकेका उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले जानकारी दिइन्। 

‘हामीले दशगजा क्षेत्रमा पाल टाँगेर ६० वटा क्वारेन्टाइन बेड बनाएका छौँ। भारतबाट फर्किएका व्यक्तिहरु क्वारेन्टाइनमा रहनुभएको छ,’ उपप्रमुख थापामगरले नेपाल लाईभसँग भनिन्। कोरोना भाइरस नियन्त्रणका लागि उपमहानगरपालिकाले माइकिङमार्फत् जनचेतना जगाउने कामलाई विशेष जोड दिएको उनको भनाइ छ। नगरबासीलाई सरसफाइमा ध्यान दिन समेत आग्रह गरिरहेको छ।

विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइन
विदेशबाट आएकाहरुलाई उपमहानगरपालिकाले क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्नुपर्ने नियम बनाएको छ। भारत वा अन्य तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको पहिचानका लागि वडा समिति तथा स्थानीयहरुले सहयोग गर्दै आएका छन्। पहिचानपछि उनीहरुलाई सेल्फ क्वारेन्टाइन तथा उपमहानगरको क्वारेन्टाइनमा राखिने गरिएको छ। जिल्ला बाहिरबाट आएकाहरुले पनि नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था गरिएको छ। 

स्वास्थ्य, सुरक्षा र निगरानीका लागि टास्क फोर्स टिम
कोरोना संक्रमण नियन्त्रणका लागि सबै स्वास्थ्यकर्मीलाई अलर्टमा राखिएको छ। भारत वा अन्य मुलुकबाट आएर लुकिछिपी बसेका व्यक्ति तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिहरुको खोजी गर्ने, उनीहरूलाई क्वारेन्टाइनमा लैजाने तथा घरमै क्वारेन्टाइनमा बस्न मिल्ने वातावरण छ भने होम क्वारेन्टाइनमै बस्न परामर्श दिने, बिरामीको चेकजाँच तथा उपचारका लागि स्वास्थ्यकर्मीहरुको टास्क फोर्स टिम खडा गरिएको उपप्रमुख उमा थापामगरले जानकारी दिइन्। 

होम क्वारेन्टाइनमा बसेका व्यक्तिको नियमित अनुगमनका लागि वडा समिति सक्रिय रहेको उनको भनाइ छ। क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण तथा उनीहरुको निगरानी समेत टास्क फोर्स टिमले गर्नेछ। 

मास्क नलगाए सामान किन्न नपाइने 
उपमहानगरपालिकामा २३ वटा वडाले साबुन र मास्क वितरण गरिरहेको छ। यतिबेला नगरवासीहरु मास्क नलगाई अत्यावश्यक सामग्री किन्न समेत नपाउने नियम लागू गरेको छ। 

nimb
nimb

‘हामीले अत्यावश्यक सामग्री राखिएका मेडिकल, खाद्यान्न, पानीलगायत पसलमा पनि मास्क र पन्जा अनिवार्य लगाएर बस्न र मास्क नलगाई सामान किन्न गएका ग्राहकलाई सामान नबेच्न पसललाई निर्देशन दिएका छौँ,’ उपप्रमुख उमा थापामगरले भनिन्। 

कालोबजारी नियन्त्रणका लागि दैनिक मूल्यसूची निर्धारण  
उपमहानगरपालिकाले यो संकटको घडीमा कालोबजारी बढ्न सक्ने तथा उपभोक्ताहरु ठगिने अवस्था सिर्जना हुने भन्दै दैनिक मूल्यसूची निर्धारण सुरु गरेको छ। 

दैनिक उपभोग्य वस्तु किनमेल हुने ठाउँमा भिड नियन्त्रणका लागि समय निर्धारण गरिएको छ। यसमा प्रशासनको सहयोग पनि लिइएको छ। नगरले बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म तरकारी खरिदबिक्री गर्न पाउने समय तोकिदिएको छ। साथै ठेला र साइकलमार्फत् पनि टोलटोलमा तरकारी, फलफूल लगायतका सामग्री पुर्‍याउने वातावरण मिलाइएको उपमहानगरले जनाएको छ। 

‘यस्तो बेला उपभोक्ता ठगिनु नपरोस् भनेर हामीले दैनिक मूल्यसूची निर्धारण गर्ने गरेका छौँ। मूल्य सूचीअनुसार बजार भाउ छ वा छैन सो सम्बन्धमा अनुगमनका लागि स्थानीय प्रशासनसँग सहकार्य गरेका छौँ,’ उपप्रमुख उमा थापामगर भन्छिन्। 

दैनिक ज्यालादारी गर्ने तथा विपन्न वर्गलाई राहत 
नेपालगन्ज उपमहानगरपालिकाले स्थानीय तथा अन्य स्थानबाट आएका विपन्न वर्ग, दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई राहत दिइरहेको छ। बुधबारसम्म ३ हजारभन्दा बढीलाई राहत वितरण गरिसकेको छ। 

५ जना सदस्य भएका विपन्न परिवारलाई १५ किलो चामल, ५ किलो पिठो, ५ किलो आलु, १ लिटर तेल र एउटा साबुन उपलब्ध गराइएको छ। ५ जनाभन्दा ठूलोे सदस्यको परिवारलाई अवस्था हेरेर राहत उपलब्ध गराइने उल्लेख गरिएको छ। राहतका लागि प्रत्येक वडाहरुले नै बजेट व्यवस्थापन गरेको नगरप्रमुख डा धवल शमसेर राणाले बताए। 

‘राहत वितरणको काम सबै वडामार्फत् भइरहेको छ। राहत वितरणका लागि बजेटसम्बन्धी सबै विवरण आउने क्रममा छ। प्रदेश र संघबाट राहतका लागि बजेट पाएका छैनौँ,’ नगरप्रमुख राणाले भने।  

२३ हजार ५ सय घरधुरी रहेको नेपालगञ्ज उपमहानगरपालिकामा करिब डेढ लाख जनसंख्या छ। विपन्न परिवारको संख्या भने यकिन छैन। 

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  ०९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रसुवा बाढी : भारतमा पनि भेटिए शवहरू शुक्रबार, भदौ १२, २०८३
रसुवाको जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको सकुशल उद्धार शुक्रबार, भदौ १२, २०८३
साना निजी सवारीमा राहत बोकेर जाँदा ट्राफिक जाम भयो : प्रधानमन्त्री सचिवालय शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी: उद्धार गरिएकाको नामावली कहाँ र कसरी हेर्ने? शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीबाट प्रभावित एक हजार ९७६ जनाको उद्धार शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्