काठमाडौँ –चितवनमा गोली लागेर शुक्रबार सैनिक जवानको मृत्यु भएको छ।
हतियार सफा गर्ने क्रममा फायर भएर घाइते भएका सैनिक जवान २२ वर्षीय चन्द्र किशोर दासको उपचारको क्रममा मृत्यु भएको हो।
चितवन राष्ट्रिय निकुञ्जभित्रको श्री नयाँ गोरखगण कसरा ब्यारेकमा कार्यरत सैनिक जवान चन्द्रकिशोर दासलाई आफ्नै हतियारबाट बिहान साढे ९ बजे गोली लागेको थियो।
थारूको उपचारको क्रममा आज दिउँसो ४ बजे चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए।
दायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका उनलाई नयाँ मेडिकल कलेजका चिकित्सकले मृत घोषणा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।