• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

हेटौंडा : सबै वडामा उच्च सतर्कता, विदेशबाट आउनेका घरमा स्वास्थ्यकर्मीको निगरानी

64x64
लिलु डुम्रे बुधबार, चैत २६, २०७६  १३:०४
1140x725

काठमाडौं–हेटौंडा उपमहानगरपालिका सीमित स्रोत साधनका वाबजूद कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणमा जुटेको छ। उपमहानगरले नगरका सबै १९ वटै वडामा उच्च सतर्कता रहेको र भारतलगायत विदेशबाट फर्कनेहरुलाई स्वास्थ्यकर्मीले घर–घरै गएर निगरानी गरिरहेको दाबी गरेको छ।

यद्यपि जोखिम न्यूनीकरणका लागि केन्द्रबाट प्राप्त सहयोग अपर्याप्त रहेको उपमहानगरपालिकाले जनाएको छ। स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सुरक्षा सामग्री अभाव हुँदा कोरोनाविरुद्धको लडाइँमा समस्या थपिएको उपमहानगरपालिकाको भनाइ छ। 

विदेशबाट आउनेलाई क्वारेन्टाइन अनिवार्य

चैत १० अघि भारतसहित अन्य देशबाट आउनेको पहिचान गरी उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको उपमहानगरपालिकाले जनाएको छ। विदेशबाट आउनेको संख्या हेटौंडा उपमहानगरभित्र २१४ छ। उनीहरु प्रत्येकको घरमा गएर स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षणसमेत गर्ने गरेको मेयर हरिबहादुर महतले जानकारी दिए। उपमहानगरपालिकाले सेल्फ क्वारेन्टाइनमा बस्नका लागि प्रोत्साहन गर्नुका साथै २ साता बस्नुपर्ने अनिवार्यसमेत गरेको छ। घरमै सुरक्षित बस्न चाहनेका लागि स्वास्थ्यकर्मीको निगरानीको व्यवस्था गरिएको छ।

सबैगरी २० स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणमा खटिएका छन्। खटिएका कर्मचारीलाई उपमहानगरले प्रोत्साहन भत्तासमेत उपलब्ध गराउने भएको छ। कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा ७३ जना खटिएका छन्। उपमहानगरले बनाएको क्वारेन्टाइनमा हालसम्म डेढ दर्जनले स्वास्थ्य परीक्षण गरााएका छन्। सबैको नतिजा नेगेटिभ आएको छ।

उपमहानगरपालिकाले हेटौंडा एकेडेमीलाई क्वारेन्टाइन बनाएको छ। १९ वडा रहेको उपमहानगरपालिकाका सबै वडामा उच्च सर्तकताका साथ कोरोना रोकथाम तथा नियन्त्रणमा लागेको मेयर महतले जानकारी दिए। उनले भने, ‘उच्च सतर्कताका साथ स्थानीय र प्रदेश सरकार लागेका छौं।’

हेटौंडा अस्पताल र उपमहानगरपालिकाले उपलब्ध गराएका मेडिकल सामग्रीसहित कर्मचारी काममा खटिएका छन्। तर प्रर्याप्त सामग्री भने उपमहानगरसँग छैन। मेयर महतले भने, ‘पीपीइ ओरिजनल पाउन सकिएको छैन।समस्या राष्ट्रव्यापी नै छ।’ संकटको बेलामा आवश्यक सामग्रीमा कालोबजारी भएको भन्दै महतले व्यापारीप्रति असन्तुष्टि व्यक्त गरे। छिटो किन्नका लागि सार्वजनिक खरिद ऐन वाधक भएको उनले बताए। 

सुरक्षा सामग्रीको चरम अभाव खेप्दै स्वास्थ्यकर्मी

nimb
nimb

संक्रमण परीक्षणको मुख्य केन्द्र हेटौंडा अस्पताल बनेको छ। स्वास्थ्य परीक्षणका लागि आउनेहरुका लागि अस्पतालमा गेटसँगै ज्वरोको नाप लिने कार्य हुन्छ। अस्पतालले ज्वरो नाप्नकै लागि छुट्टै ‘स्टेशन’ समेत बनाएको छ। प्रवेश गर्नेहरुका लागि सेनिटाइजरले हात सफा गर्न अनिवार्य गरिएको छ।

अस्पतालले २४ घन्टा नै सञ्चालनमा रहने गरि ज्वरो क्लिनिक सुरु गरेको छ, जहाँ डाक्टर,प्यारामेडिक्सलगायतका स्वास्थ्यकर्मी खटिएका छन्। क्लिनिक सुरु भएको ६ दिनमा परीक्षण गर्नेको संख्या ८८ पुगेको छ। विदेशबाट आएको तथा कोरोनाको भाइरससँग मिल्ने लक्षण देखिएमा थप परीक्षणका लागि आइसोलेसनमा पठाउने गरिएको छ।

अस्पतालको नियमित सेवाहरु पनि यथावत रुपमा  सञ्चालित छन्। ओपिडी र आकस्मिक सेवा निरन्तर सुचारु छन्। लकडाउनको समयमा  विगतको तुलनामा अन्य रोगका बिरामीको संख्या उल्लेख्य घटेको छ। हेटौंडा अस्पतालमा कार्यरत चिकित्सक डा राजु सेढाईंले भने,‘लकडाउन अघि पाँचसय बढी बिरामी हेथ्र्यौ भने अहिले एक सयको हारहारीमा बिरामीको परीक्षण हुने गरेको छ।’

हेटौंडा अस्पतालले आइसोलेसनसमेत सुरु गरेको छ। प्रदेश सरकारले आइसोलेसनको व्यवस्थापकीय सम्पूर्ण जिम्मेवारी अस्पताललाई दिएको छ।  कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब लिने कार्य अस्पतालले गरेको छ। नमूना बाहिर पठाउने,आइसोलेसनमा रहेकाको रेखदेख,खानाको व्यवस्थापन अस्पतालले गर्दै आएको छ। आइसोलेसनमा भर्ना नै भएर बस्नेको संख्या हालसम्म छैन।

हालसम्म नौं जनाको स्वाब परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ। आइसोलेसनको क्षमता ३० बेडको छ। पाँच बेड आइसीयुका लागि छुट्याइएको छ। अस्पतालको प्रत्यक्ष निगरानीलाई हेटौडा उपमहानगरका कर्मचारीले समेत सघाएका छन्। उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा अस्पतालले सेवा पुर्‍याउन सकेको छैन।

कोरोना संक्रमणको रोकथाममा २४ सैं घन्टा खटिनुपर्ने समस्या यथावत छन्। फ्रन्टलाइनमा बसेर कार्य गर्ने डाक्टर,नर्स,प्यारामेडिक,हेल्पर लगायतका स्वास्थ्यकर्मीको सुरक्षा चुनौती रहेको डा  सेढाईंले बताए। उनले भने,‘हामी नियमित खटिन्छौं। सुरक्षा सामग्रीको अभावमा आफैं संक्रमित हुने डर पनि छ।’ पीपीइ अभाव स्वास्थ्यकर्मीलाई सबैभन्दा बढी खड्किएको छ। 

केन्द्रबाट चिकित्सकका लागि स्टान्डर्ड पीपीइ पाँच वटामात्रै अस्पतालमा पुगेको छ। अस्पताल व्यवस्थापनले १०० थान पीपीइको माग गरेको थियो। एन ९५ मास्क ५ सय थान माग गरेकोमा १० वटामात्र अस्पताललाई उपलब्ध गराइएको छ। एन ९५ मास्क कति दिनसम्म लगाउन उपयुक्त हुने भन्ने कुनै गाइडलाइन नभएको डा सेढाईंले बताए। सर्जिकल मास्कको समेत अभाव छ। सेढाईले भने,‘जोखिममा रहेर कार्य गर्नुपरेको छ। हाम्रो मात्रै समस्या रहेन। नेपालभरिकै समस्याबाट हामी अछुतो छैनौं।’

सुरक्षा सामग्री अभावमा चिकित्सकीय दायित्वबाट विमुख नहुने उनले प्रष्टाए। डब्लुएचओको गाइडलाइन अनुसारको सुरक्षा सामग्री अभाव रहेको उनले बताए।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले निजी अस्पतालका स्वास्थ्यकर्मी निर्देशन जारी गरेको थियो। सामाजिक विकास मन्त्रालयको परिपत्रमा निजी अस्पतालमा कार्यरत स्वाथ्यकर्मीले समेत २४ घन्टा नै सेवा सुचारु राख्नुपर्ने निर्देशन दिएको थियो। ज्वरोका बिरामी आए फिर्ता गर्न नपाउने निर्देशन दिइएको थियो। निजी अस्पतालका चिकित्सकले पीपीइको माग गरे। आवश्यक सुरक्षा सामग्री पाए सेवा दिने उनीहरुको प्रतिबद्धता थियो। उनीहरुको गुनासो सरकारले पीपीइ उपलब्ध गराउन नसक्ने र बजारमा किन्न पनि नपाएको थियो। निजी अस्पतालले सेवा दिन नसक्ने भएसँगै त्यहाँको जनशक्ति  हेटौंडा अस्पतालमा खटाउने निर्णय भएको थियो। 

सरकारी स्वामित्वको हेटौंडा अस्पतालमा डेढ सय बढी जनशक्ति कार्यरत छन्। नेपाल सरकारबाट स्वीकृति पाएको ५० शैयाको अस्पताललाई अस्पताल विकास समितिले क्षमता विस्तार गरि दुई सय शैयाको बनाएको छ। हाल सञ्चालित क्षमता डेढ सय शैया छ। 

‘विकास बजेट घटाएर जनतालाई राहत’ 

मन्त्रिपरिषदको निर्णयअनुरुप हेटौंडा उपमहानगरपालिकाले राहतका लागि ७५  लाख रुपैयाँको कोष बनाएको छ। कार्यपालिका बैठकले राहत वितरण कार्यविधि बनाएको छ। अन्य क्षेत्रबाट उल्लेखनीय सहयोग नथपिएको मेयर महतले जानकारी दिए। 

दैनिक ज्यालादारी गर्ने र अति विपन्न परिवारलाई राहत वितरण गर्न सबै १९ वटै वडाबाट लगत संकलन सकिएको छ। दैनिक ज्यालादारी गर्ने परिवारलाई १५ केजी चामल, २ केजी दाल, २ लिटर तेल, एक प्याकेट नुन, ४ वटा साबुन प्रदान गरिने भएको छ। राहत सामग्री  खरिद प्रकृया सकिएको मेयर महतले जानकारी दिए। बुधबारदेखि सबै वडाका ज्याला मजदूरी गर्नेहरुलाई राहत वितरण सुरु भएको छ।

हेटौंडा औद्योगिक क्षेत्रसमेत भएकाले उक्त क्षेत्रमा कार्यरत मजदुरको संख्यासमेत ठूलो छ। कामविहीन भएर बसेका मजदूरलाई एक चरण राहत वितरण गरिसकेको महतले जानकारी दिए। औद्योगिक क्षेत्रका ज्यालादारी मजदूरको पहिचान संगठनहरुको सिफारिसका आधारलाई बनाइएको छ। वडाका ज्यालादारी कामदारको पहिचान वडा–वडामा रहेका टोल सुधार समितिमार्फत् हुने गरेको छ।

कोरोनाले पारेको प्रभावलाई न्युन गर्न व्यवसायीका लागि समेत राहत ल्याउने संकेत मेयर महतले गरे। उनले भने,‘अहिले कोरोना संक्रमणबाट बँच्नतिर लाग्नुपर्ने समय छ। संक्रमणको समय सकिएपछि स्थानीय करमा व्यवसायीलाई छुट दिने व्यवस्था गर्न सकिन्छ।’ विकास बजेट घटाएर भए पनि उपमहानगरका बासिन्दालाई राहत दिने उनले बताए। उपमहानगरले विहान १० देखि दिउँसो ३ बजेसम्म पसल खुला राख्न स्वीकृति दिएको छ। 
हेटौंडा उपमहानगरभित्र करिब दुई लाख जनसंख्या बसोबास गर्छन्।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १३:०४
  • #Novel Corona Virus
  • #hetauda

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रसुवाको जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको सकुशल उद्धार शुक्रबार, भदौ १२, २०८३
साना निजी सवारीमा राहत बोकेर जाँदा ट्राफिक जाम भयो : प्रधानमन्त्री सचिवालय शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी: उद्धार गरिएकाको नामावली कहाँ र कसरी हेर्ने? शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीबाट प्रभावित एक हजार ९७६ जनाको उद्धार शुक्रबार, भदौ १२, २०८३
यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्