• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

ललितपुर : विदेशबाट आएकाहरुको पहिचान प्राथमिकतामा 

64x64
हेमन्त जोशी बिहीबार, चैत २७, २०७६  ०८:४१
1140x725

ललितपुर–कोरोना भाइरसको  जोखिम न्यूनीकरणका लागि सबै प्रदेश र स्थानीय सरकार तयारीमा जुटेका छन्। ६ वटा महानगरपालिका मध्येको एक ललितपुर महानगरपालिकाले पनि योजनाबद्ध तरिकाले कोभिड १९ संक्रमणविरुद्धको लडाइँ लडिरहेको जनाएको छ। 

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले कोरोना संक्रमण रोकथामका लागि साधन, श्रोत र क्षमताले भ्याएसम्मको सम्पूर्ण तयारी गरिरहेको जनाएका छन्। विदेशबाट आएकाहरुको ट्रयाकिङ र पहिचान गर्ने कामलाई महानगरले अहिले प्राथमिकताका साथ गरिरहेको उनको भनाइ छ। लकडाउनका बेला दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिनेदेखि राहत वितरण र संक्रमणको अवस्था विकराल भएमा कसरी व्यवस्थापन गर्ने विषयमा पनि महानगरपालिकाले योजनासहित काम गरिरहेको उनको दावी छ। 

संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालनाका लागि महानगरपालिकाले समन्वयकारी भुमिका खेलिरहेको छ। ‘लकडाउन लागू भएपछि सुरुमा अलि गाह्रो भएको थियो। तर मानिसहरुलाई अत्यावश्यक अवस्थामा बाहेक बाहिर ननिस्कन हामीले माइकिङ ग¥यौं, सामाजिक दूरी कायम राख्न भन्यौं। अहिले यो प्रभावकारी छ,’ महानगरपालिका प्रमुख महर्जनले भने।

सजकता र तयारी 

संक्रमण फैलन नदिन लकडाउनको पूर्ण पालना गर्नेदेखि डिसइन्फेक्सन स्प्रे छर्कने, संक्रमित आशंका गरिएकालाई अस्पताल पु¥याउन बन्दोबस्ती जुटाउनेलगायत सक्दो प्रयास गरिरहेको बताउँछिन महानगरपालिका उपप्रमुख गीता सत्याल। ‘यो विश्वव्यापी महामारी नियन्त्रणका लागि आवश्यक सजकता अपनाउनु नै अहिलेसम्म पत्ता लागेको एकमात्र उपाय हो। हामी जनप्रतिनिधि भएका कारण त्यो हाम्रो जिम्मेवारी पनि हो र हामीले सक्ने गरेका पनि छौं,’ नेपाल लाईभसँगको कुराकानीमा उनले भनिन्।

एम्बुलेन्सले बिरामी नबोक्ने गरेको गुनासो आएपछि अहिले महानगर आफैंले एम्बुलेन्स सञ्चालन गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महानगरपालिकालाई दिएका २ वटा एम्बुलेन्समध्ये एउटा एम्बुलेन्स कोरोना संक्रमित आशंका गरिएका व्यक्ति र अर्को एम्बुलेन्स आकस्मिक बिरामी बोक्न प्रयोग गर्ने महानगरपालिकाले निर्णय गरिसकेको छ। ती दुवै एम्बुलेन्सलाई २४ घण्टा तयारी अवस्थामा राखिने गरिएको छ। नगरवासीले आफूलाई कुनै समस्या पर्दा महानगरपालिकाले हटलाईन ११३१ मा सिधै सम्पर्क गर्न सक्छन। 

कोरोना संक्रमणको दोश्रो चरणमा विकराल अवस्था देखियो भने आवश्यक पर्ने क्वारेन्टाइनको व्यवस्था गर्न पनि ललितपुर महानगर लागिपरेको छ। बागमती प्रदेशका लागि ३६ सयको संख्यामा क्वारेन्टाइन आवश्यक पर्ने अनुमान प्रदेश सरकारको छ। अहिले साढे ७ सयको हाराहारीमा प्रयोग भईरहेका छन। आवश्यक परेको खण्डमा महानगरपालिकाभित्र मात्रै ५ सय थप गर्न सकिने गरि तयारी गरिएको छ। सार्वजनिक स्थान पहिचान गर्ने काम गरिसकेको भए पनि त्यस्ता स्थानको सुरक्षा चुनौती टड्कारो रुपमा देखिएको उपप्रमुख सत्याल बताउँछिन्।

पाटन अस्पतालसँग समन्वय गरेर संक्रमणको आशंका गरिएका व्यक्तिलाई परीक्षण गर्ने काम भईरहेको महानगरले जनाएको छ। ग्लोबल, सुमेरु, गणेशमान अस्पताललगायत अन्य अस्पतालमा पनि आइसोलेसन वार्डको व्यवस्था गर्ने, चेकजाँचका आवस्यक उपकरण जुटाउने र तयारी अवस्थामा राख्न महानगरले भनिसकेको छ। 

nimb
nimb

कोभिड १९ परीक्षण किट, भेन्टिलेटर, पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीइ) लगायतका मेडिकल उपकरण पर्याप्त मात्रामा नपाएको गुनासो महानगरको छ। केन्द्र सरकारले यो विषयमा बढी जिम्मेवारीबोध गरेर आवस्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने सत्याल बताउँछिन। ‘हामी पूरै तयारीका साथ बसेका छौं भन्यो भने यो अवाञ्छनीय हुन्छ। मैले हामीसँग पर्याप्त मेडिकल इक्विपमेन्ट छन् भन्दा असान्दर्भिक पनि होला। मेडिकल सामग्रीको उपलब्धताका लागि स्थानीय तहले केही गर्न सक्दैनन्। यो केन्द्र सरकारले नै परिपूर्ति गर्नुपर्छ,’उनले भनिन्।

सत्यालले केही दाताले दिएका मेडिकल सामग्री र उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको पनि बताइन्। ‘युएनडीपीले केही थान मास्क, पीपीइ, ग्लोब्स, सेनिटाइजर दिएको छ। ती हामीले अस्पताललाई हस्तान्तरण गरेका छांैं। आफै किन्नसक्ने अवस्था छैन,’ उनले भनिन्। 

महानगरपालिकाले सेनिटाइजर र मास्क आफैं बनाउने भने पनि त्यसलाई निरन्तरता भने दिन सकेन। लकडाउन सुरु भएपछि आवश्यक कच्चापदार्थ नपाएर सेनिटाईजर उत्पादन गर्ने काम रोकियो। तथापि महानगरपालिकाले ५ सय लिटर सेनिटाइजर र केही मास्क उत्पादन गरेर २९ वटै वटामा वितरण गरेको थियो भने फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई पनि त्यो बाँडेको थियो।

विदेशबाट फर्किएका र सम्भावित संक्रमितको ट्रयाकिङ 

महानगर प्रमुख महर्जनले आफ्नो पहिलो प्राथमिकतामा विदेशबाट फर्किएका र सम्भावित संक्रमितको पहिचान गर्नु रहेको बताए। उपप्रमुख सत्याल पनि विदेशबाट आएकाहरुलाई पहिचान गर्ने र उनीहरुलाई क्वारेन्टाईनमा राख्ने लगायतका काममा अहिले महानगरले बढी ध्यान केन्द्रित गरेको दाबी गर्छिन्।  ‘विदेशबाट फर्किएका १ सय ५८ जनालाई पहिचान गरि उनीहरुलाई घरमै छुट्टै राख्नु भनि महानगरपालिकाले निर्देशन दिएको छ। उनीहरुको स्वास्थ्य परीक्षण गर्न लगाएको छ। हरेक वडाका प्रतिनिधि र कर्मचारीलाई खटाएर त्यस्ता व्यक्तिबारे जानकारी लिने, क्वारेन्टाइनमा बसे नबसेको बारे पनि निरीक्षण भईरहेको छ,’उनले भनिन्।  

राहत प्याकेज  

लकडाउनका कारण समस्यामा पर्नसक्ने विपन्न वर्ग, असहाय, असक्त, अपांग, दैनिक ज्यालादारी तथा मजदूरी गरेर गुजारा गर्नेहरुका लागि राहत वितरण गर्ने निर्णय महानगरपालिकाले गरिसकेको छ। १७ हजार परिवारका १ लाख राहतापेक्षी व्यक्ति पहिचान गरेर तिनलाई राहत वितरण गर्ने प्रकृया अन्तिम अवस्थामा पुगेको छ। महानगरपालिकाले २ जनासम्मको परिवारका लागि चामल ५ किलो, दाल १ किलो, १ प्याकेट नुन, २ गोटा साबुन, १ प्याकेट चिउरा र आधा लिटर तेल वितरण गर्ने गरी मापदण्ड बनाएको छ। 

त्यस्तै ३ जनाभन्दा माथिको परिवारका लागि १० किलो चामल, २ किलो दाल, १ प्याकेट नुन, डेढ किलो चिउरा, आधा लिटर तेल र ३ गोटा साबुन वितरण गर्नेछ। बिहीबारबाट सबै वडामा राहत वितरण गरिने उपप्रमुख सत्यालले जानकारी दिईन। ‘महानगरपालिकाको गच्छेअनुसार राहत वितरण गर्न हामीले सबै वडामा सर्कुलर पनि गरिसकेका छौं। एक दुई दिनभित्रमा त्यो वितरण पनि भईसक्छ,’ उनले भनिन। राहत सामाग्री उपलब्ध गराउन साल्ट ट्रेडिङ कर्पोरेसनलाई महानगरपालिकाले अर्डर गरिसकेको छ।

दैनिक उपभोग्य वस्तु र खाद्यान्न आपूर्ति

लकडाउनका कारण उद्योग, कलकारखानामात्र होइन साना खाद्यान्न पसल पनि बन्द छन्। तर महानगरपालिकाले निजी क्षेत्र र उद्योगी व्यवसायीबाट निरन्तर बजारको अवस्थाबारे जानकारी लिने गरेको छ। दैनिक उपभोग्य वस्तु र खाद्यान्न अभाव नहुने आस्वासन उनीहरुबाट महानगरले पाएको छ। बजारमा वस्तु आपूर्तिको अवस्थाबारे जानकारी लिनेमात्र नभई अनुगमनलाई पनि निरन्तरता दिईएको छ। 

‘हामीले मंगलबारसम्म बजार अनुगमनलाई निरन्तरता दिएका थियौं। खाद्यान्न अभाव बजारमा छैन। तर तरकारीको बजार निकै अव्यवस्थित र असुरक्षित भएको हामीले पायौं। तरकारीको मूल्य नियन्त्रणभन्दा बाहिर गएको छ,’ उपप्रमुख सत्यालले भनिन्। 

उनकानअनुसार तरकारीको मूल्य नियन्त्रणका लागि महानगरपालिकाले प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन। ‘तरकारीको मूल्य नियन्त्रण गर्न नै हम्मे–हम्मे परेको छ। केहलिाई कारबाही पनि गरेका छौं। तर ढुवानीको अभाव बढेको भन्ने गुनासो आएको छ। ढुवानी भाडामा एकरुपता ल्याउन केन्द्र सरकारले लकडाउन अवधिका लागि भाडादर तोकिदिनुप¥यो,’उनले भनिन्।

५ करोड रुपैयाँ बराबरको कोष 

महानगरपालिकाको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले ५ करोड रुपैयाँ बराबरको आकस्मिक कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा राहत कोष स्थापना गरेको छ। महानगरपालिका प्रमुख महर्जन आफैं उक्त समितिको संयोजक छन। उक्त कोषबाट नै लकडाउनका कारण काम गर्न नपाएका दैनिक ज्याला मजदूरी गर्नेलाई राहत उपलब्ध गराउने महानगरको योजना छ।

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  ०८:४१
  • #Novel Corona Virus
  • #lalitpur

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रसुवा बाढी : भारतमा पनि भेटिए शवहरू शुक्रबार, भदौ १२, २०८३
रसुवाको जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको सकुशल उद्धार शुक्रबार, भदौ १२, २०८३
साना निजी सवारीमा राहत बोकेर जाँदा ट्राफिक जाम भयो : प्रधानमन्त्री सचिवालय शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी: उद्धार गरिएकाको नामावली कहाँ र कसरी हेर्ने? शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीबाट प्रभावित एक हजार ९७६ जनाको उद्धार शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्