• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भाइरसले विकास गरेको भाइचारा : अमेरिकामा अपरिचित पनि भन्छन्, 'के सहयोग गर्न सक्छु?'

64x64
डिबी खड्का बुधबार, चैत २६, २०७६  १४:२०
1140x725

काठमाडौं- ९ वर्षदेखि अमेरिकामा रहेका डा प्रकाश श्रेष्ठ टेक्सास लबबकमा बस्न थालेको तीन वर्ष भयो। तर, छिमेकी को हुन्, के गर्छन् र कस्तो छन्? हालसम्म कुनै जानकारी थिएन। व्यक्तिकेन्द्रित बनिरहेको अमेरिकामा यसअघि छिमेकीको अर्थ र महत्व पनि थिएन। त्यसैले जान्न जरुरी थिएन।

केही दिनअघि बसोबासले छिमेकी तर अपरिचितबाट डा श्रेष्ठलाई एउटा पत्र आयो। उनलाई हरेक दिन आइरहने दर्जनौं पत्रभन्दा त्यो फरक थियो। कम्प्युटरमा टाइप गरेर इमेल पठाउन सकिने शब्दहरु सुन्दर हस्ताक्षरबाट लेखिएका थिए।

परम्परागत हस्तलिखित चिठीको झल्को दिने उक्त पत्रमा शब्द मात्रै थिएनन्, कोभिड- १९ ग्रस्त देशमा एक चिकित्सक दम्पत्ति प्रतिको सम्मान थियो। स्नेह थियो र मनैबाट उत्पन्न भातृत्वभाव थियो। पत्रमा लेखिएका थियो, 'प्रिय छिमेकी कस्तो छ? तपाईंहरु कति खटिरहनुभएको छ, हामी महशुस गर्न सक्छौं। हामी तपाईंको आंगनमा उम्रिएको झार काटिदिएर साधुवाद व्यक्त गर्न चाहन्छौं।'

अमेरिकी समाजअनुसार कठोर बन्दै गइरहेको डा श्रेष्ठको मन पत्र पढ्दै गर्दा पग्लिन थाल्यो। अनपेक्षित प्राप्त त्यो पत्रले एकाएक भावुक बनाएको उनी सम्झिन्छन्। कोभिड १९ विरुद्धको लडाईंमा खटिरहेको डा श्रेष्ठ दम्पत्तिले फुर्सद पाएको समय परिवारलाई देओस् भन्ने चाहना पत्रमा व्यक्त गरिएको थियो।

उनले पत्रमै थाहा पाए, आफ्ना छिमेकी शिक्षक रहेछन्। पत्रमा छिमेकीले आफू त्यहाँको एक विद्यालयले गणित शिक्षक रहेको बताउँदै बच्चाको पढाइमा सघाउने चाहना प्रकट गरेका थिए। उनले सँगै भनेका थिए, 'तपाईंलाई सहयोग गर्न पाउँदा म र मेरो छोरा गौरवान्दित महशुस गर्नेछौं।'

तीन वर्षमा जम्माजम्मी एकपल्ट बाटोमा भेटिएका छिमेकी यति आत्मीय र सहयोगी छन् भन्ने महशुस कोभिड १९ को महामारीले गरायो डा श्रेष्ठलाई।

कोरोना भाइरसले सबैभन्दा धेरै चपेटमा पारेको अमेरिकाको कोभेनान्ट मेडिकल सेन्टरमा उनी संक्रामक रोग फिजिसियन, इन्फेक्सन प्रिभेन्सन र  एन्टिमाइक्रोबियल स्टेवार्डसिप मेडिकल डाइरेक्टर छन्। यसैगरी नेप्लिज सोसाइटी अफ लबबकका अध्यक्ष हुन्।

अस्पतालममा बिरामीको उपचार नियमित कर्म भइहाल्यो। संक्रामक रोग विशेषज्ञ र मेडिकल डाइरेक्टर भएकाले कोभिड १९ का बिरामीको उपचारमा पनि सक्रिय हुनुपर्छ। यति मात्रै नभइ अस्पतालको प्रशासनिक काममा पनि सघाउनुपर्छ र कोभिड १९ विरुद्ध लड्न चाहिने सामग्रीको जोहो समेत उनले गरिदिनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसबाट उब्रेको समयमा विभिन्न सञ्चारमाध्यम र फेसबुकमार्फत् कोभिड १९ सम्बन्धी चेतना फैलाउने काममा लगाउँछन्। यसले पछिल्ला दिनमा उनको दैनिकी  व्यस्त बनेको हो।

अमेरिकामा कोभिड १९ फैलिएपछि त्यहाँका नागरिकको व्यवहारमा परिवर्तन आइरहेको उनले अनुभव गरेका छन्। उनी भन्छन्, 'यो मानव  र भाइरसको लडाईं हो। मानव एक हुनुपर्छ भन्ने भावनाको विकास भएको छ।'

भावनालाई पन्छाएर प्रतिस्पर्धालाई आत्मसाथ गरेको अमेरिकी समाज यसपल्ट पूरापूर भावनामा बगिरहेको छ। डा श्रेष्ठलाई चिन्ने अमेरिकीहरु उनको गाह्रोसाह्रो सोधिरहेका छन्। सहयोग गर्ने मनशाय व्यक्त गर्दै भन्छन्, 'डक्टर प्रकाश, हामीले गर्न सक्ने सहयोग केही छ भने भन है।'

डा श्रेष्ठहरुलाई वर्तमान मानव स्वभाव अनौठो लाग्न थालेको छ। फेरिएको मानव स्वभावले कहिलेकाहिँ चकित पार्छ। तर, यतिबेला मानवीयता बाहेक अर्को कुनै धर्मको अर्थ छैन।

अमेरिकाको पनि न्युयोर्क कोरोना भाइरसको आतंक थिलथिलो भएको छ। त्यहाँ स्वयंसेवकका रुपमा सहयोग गर्न अन्य सहरबाट युवाहरु जान तयार भएर बसेका छन्। डा श्रेष्ठ भन्छन्, 'कहिल्यै अपेक्षा नगरिएको माहोल बनिरहेको छ। मानवीयता प्रकट भइरहेको छ।'

चिकित्सकहरुलाई हिरो ठानिरहेको छ समाज। अस्पतालमा आएर पिज्जा बाँड्ने, खाना खुवाउने र मेडिकल सामग्री दान दिनेहरु बढेका छन्। डा श्रेष्ठ भन्छन्, 'त्यसो नगर्नेहरु पनि चिकित्सक देख्दा ताली बजाएर मनोबल बढाउँछन्। गाडीको हर्न बजाएर चिकित्सा क्षेत्रप्रति सम्मान व्यक्त गरिरहेका छन्।'

कुनै समय भगवान ठानिन्थ्यो चिकित्कसलाई। विस्तारै एउटा पेशामा परिणत भएको थियो। फेरि चिकित्सा क्षेत्रलाई हेर्ने दृष्टिकोणमा एकाएक परिवर्तन आएको  छ। यसलाई एउटा पेशा भन्दा उपल्लो नजरले हेरिरहेको छ समाजले। चिकित्सा पेशा मात्रै नभइ, मानवीय सेवा हो भन्ने प्रमाणित गरिरहेका छन्, स्वास्थ्यकर्मीहरुले। उनीहरु आफूलाई आइलाग्ने जोखिमको प्रवाह नगरी अरुको उपचारमा तल्लीन छन्।

त्यसैले अस्पतालअघि आएर सर्वसाधारणहरुले आकर्षक रुपमा लेख्न थालेका छन्, 'यहाँ हिरोहरु काम गर्छन्।' माथिको तस्विर त्यसैको उदाहरण हो। ओरेगनस्थित सेक्रेड हर्ट मेडिकल सेन्टरअघि ठूलो अक्षरमा 'हिरोज वर्क हियर' लेखिएको छ। त्यहाँका सर्वसाधरणले स्वास्थ्यकर्मीलाई हौसला दिन राखिएको त्यहाँ कार्यरत नेपाली डाक्टर सरोज श्रेष्ठ बताउँछन्। उनी भन्छन्, 'त्यसले हामीलाई अस्पताल पस्दा र निस्किदा छुट्टै ऊर्जा प्राप्त भएको महशुस गराउँछ।'

अमेरिकी समाजले अहिले चेतेको छ। स्वास्थ्यकर्मीको महत्व महशुस गरेको छ। किनभने १२ हजार अमेरिकी नागरिकले ज्यान गुमाइसकेका छन् भने ४ लाख भन्दा बढी संक्रमित छन्। कोरोना भाइरसको प्रभाव बढ्दो छ। मेडिकल सामग्री अभाव त्यहाँ पनि छ, तैपनि चिकित्सकहरु खटेका छन्। स्वास्थ्य प्रणाली त्यहाँ पनि ध्वस्त भएको छ। तर, यही 'मौकामा चौका' हान्न खोज्ने सरकार चाहिँ त्यहाँ छैन।

के हामीले चेत्न क्षति नै बेहोर्नु पर्ने हो? विश्वका शक्तिशाली देशको निरीह अवस्था हेरेर हामी लोभ, इर्श्या र प्रतिष्पर्धा त्यागेर मानवीय भावनाको विकास गर्न सक्दैनौं? पढेर जान्ने हो भने अमेरिकाले यतिबेला दिने शिक्षा यही हो। परेरै जान्न खोजियो भने त हामीसँग मृत्यु वा स्वतन्त्रता होइन, मात्र मृत्यु रोज्ने स्वतन्त्रता बाँकी रहनेछ।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्