• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भाइरसले विकास गरेको भाइचारा : अमेरिकामा अपरिचित पनि भन्छन्, 'के सहयोग गर्न सक्छु?'

64x64
डिबी खड्का बुधबार, चैत २६, २०७६  १४:२०
1140x725

काठमाडौं- ९ वर्षदेखि अमेरिकामा रहेका डा प्रकाश श्रेष्ठ टेक्सास लबबकमा बस्न थालेको तीन वर्ष भयो। तर, छिमेकी को हुन्, के गर्छन् र कस्तो छन्? हालसम्म कुनै जानकारी थिएन। व्यक्तिकेन्द्रित बनिरहेको अमेरिकामा यसअघि छिमेकीको अर्थ र महत्व पनि थिएन। त्यसैले जान्न जरुरी थिएन।

केही दिनअघि बसोबासले छिमेकी तर अपरिचितबाट डा श्रेष्ठलाई एउटा पत्र आयो। उनलाई हरेक दिन आइरहने दर्जनौं पत्रभन्दा त्यो फरक थियो। कम्प्युटरमा टाइप गरेर इमेल पठाउन सकिने शब्दहरु सुन्दर हस्ताक्षरबाट लेखिएका थिए।

परम्परागत हस्तलिखित चिठीको झल्को दिने उक्त पत्रमा शब्द मात्रै थिएनन्, कोभिड- १९ ग्रस्त देशमा एक चिकित्सक दम्पत्ति प्रतिको सम्मान थियो। स्नेह थियो र मनैबाट उत्पन्न भातृत्वभाव थियो। पत्रमा लेखिएका थियो, 'प्रिय छिमेकी कस्तो छ? तपाईंहरु कति खटिरहनुभएको छ, हामी महशुस गर्न सक्छौं। हामी तपाईंको आंगनमा उम्रिएको झार काटिदिएर साधुवाद व्यक्त गर्न चाहन्छौं।'

अमेरिकी समाजअनुसार कठोर बन्दै गइरहेको डा श्रेष्ठको मन पत्र पढ्दै गर्दा पग्लिन थाल्यो। अनपेक्षित प्राप्त त्यो पत्रले एकाएक भावुक बनाएको उनी सम्झिन्छन्। कोभिड १९ विरुद्धको लडाईंमा खटिरहेको डा श्रेष्ठ दम्पत्तिले फुर्सद पाएको समय परिवारलाई देओस् भन्ने चाहना पत्रमा व्यक्त गरिएको थियो।

उनले पत्रमै थाहा पाए, आफ्ना छिमेकी शिक्षक रहेछन्। पत्रमा छिमेकीले आफू त्यहाँको एक विद्यालयले गणित शिक्षक रहेको बताउँदै बच्चाको पढाइमा सघाउने चाहना प्रकट गरेका थिए। उनले सँगै भनेका थिए, 'तपाईंलाई सहयोग गर्न पाउँदा म र मेरो छोरा गौरवान्दित महशुस गर्नेछौं।'

तीन वर्षमा जम्माजम्मी एकपल्ट बाटोमा भेटिएका छिमेकी यति आत्मीय र सहयोगी छन् भन्ने महशुस कोभिड १९ को महामारीले गरायो डा श्रेष्ठलाई।

कोरोना भाइरसले सबैभन्दा धेरै चपेटमा पारेको अमेरिकाको कोभेनान्ट मेडिकल सेन्टरमा उनी संक्रामक रोग फिजिसियन, इन्फेक्सन प्रिभेन्सन र  एन्टिमाइक्रोबियल स्टेवार्डसिप मेडिकल डाइरेक्टर छन्। यसैगरी नेप्लिज सोसाइटी अफ लबबकका अध्यक्ष हुन्।

अस्पतालममा बिरामीको उपचार नियमित कर्म भइहाल्यो। संक्रामक रोग विशेषज्ञ र मेडिकल डाइरेक्टर भएकाले कोभिड १९ का बिरामीको उपचारमा पनि सक्रिय हुनुपर्छ। यति मात्रै नभइ अस्पतालको प्रशासनिक काममा पनि सघाउनुपर्छ र कोभिड १९ विरुद्ध लड्न चाहिने सामग्रीको जोहो समेत उनले गरिदिनुपर्छ।

Ncell 2
Ncell 2

त्यसबाट उब्रेको समयमा विभिन्न सञ्चारमाध्यम र फेसबुकमार्फत् कोभिड १९ सम्बन्धी चेतना फैलाउने काममा लगाउँछन्। यसले पछिल्ला दिनमा उनको दैनिकी  व्यस्त बनेको हो।

अमेरिकामा कोभिड १९ फैलिएपछि त्यहाँका नागरिकको व्यवहारमा परिवर्तन आइरहेको उनले अनुभव गरेका छन्। उनी भन्छन्, 'यो मानव  र भाइरसको लडाईं हो। मानव एक हुनुपर्छ भन्ने भावनाको विकास भएको छ।'

भावनालाई पन्छाएर प्रतिस्पर्धालाई आत्मसाथ गरेको अमेरिकी समाज यसपल्ट पूरापूर भावनामा बगिरहेको छ। डा श्रेष्ठलाई चिन्ने अमेरिकीहरु उनको गाह्रोसाह्रो सोधिरहेका छन्। सहयोग गर्ने मनशाय व्यक्त गर्दै भन्छन्, 'डक्टर प्रकाश, हामीले गर्न सक्ने सहयोग केही छ भने भन है।'

डा श्रेष्ठहरुलाई वर्तमान मानव स्वभाव अनौठो लाग्न थालेको छ। फेरिएको मानव स्वभावले कहिलेकाहिँ चकित पार्छ। तर, यतिबेला मानवीयता बाहेक अर्को कुनै धर्मको अर्थ छैन।

अमेरिकाको पनि न्युयोर्क कोरोना भाइरसको आतंक थिलथिलो भएको छ। त्यहाँ स्वयंसेवकका रुपमा सहयोग गर्न अन्य सहरबाट युवाहरु जान तयार भएर बसेका छन्। डा श्रेष्ठ भन्छन्, 'कहिल्यै अपेक्षा नगरिएको माहोल बनिरहेको छ। मानवीयता प्रकट भइरहेको छ।'

चिकित्सकहरुलाई हिरो ठानिरहेको छ समाज। अस्पतालमा आएर पिज्जा बाँड्ने, खाना खुवाउने र मेडिकल सामग्री दान दिनेहरु बढेका छन्। डा श्रेष्ठ भन्छन्, 'त्यसो नगर्नेहरु पनि चिकित्सक देख्दा ताली बजाएर मनोबल बढाउँछन्। गाडीको हर्न बजाएर चिकित्सा क्षेत्रप्रति सम्मान व्यक्त गरिरहेका छन्।'

कुनै समय भगवान ठानिन्थ्यो चिकित्कसलाई। विस्तारै एउटा पेशामा परिणत भएको थियो। फेरि चिकित्सा क्षेत्रलाई हेर्ने दृष्टिकोणमा एकाएक परिवर्तन आएको  छ। यसलाई एउटा पेशा भन्दा उपल्लो नजरले हेरिरहेको छ समाजले। चिकित्सा पेशा मात्रै नभइ, मानवीय सेवा हो भन्ने प्रमाणित गरिरहेका छन्, स्वास्थ्यकर्मीहरुले। उनीहरु आफूलाई आइलाग्ने जोखिमको प्रवाह नगरी अरुको उपचारमा तल्लीन छन्।

त्यसैले अस्पतालअघि आएर सर्वसाधारणहरुले आकर्षक रुपमा लेख्न थालेका छन्, 'यहाँ हिरोहरु काम गर्छन्।' माथिको तस्विर त्यसैको उदाहरण हो। ओरेगनस्थित सेक्रेड हर्ट मेडिकल सेन्टरअघि ठूलो अक्षरमा 'हिरोज वर्क हियर' लेखिएको छ। त्यहाँका सर्वसाधरणले स्वास्थ्यकर्मीलाई हौसला दिन राखिएको त्यहाँ कार्यरत नेपाली डाक्टर सरोज श्रेष्ठ बताउँछन्। उनी भन्छन्, 'त्यसले हामीलाई अस्पताल पस्दा र निस्किदा छुट्टै ऊर्जा प्राप्त भएको महशुस गराउँछ।'

अमेरिकी समाजले अहिले चेतेको छ। स्वास्थ्यकर्मीको महत्व महशुस गरेको छ। किनभने १२ हजार अमेरिकी नागरिकले ज्यान गुमाइसकेका छन् भने ४ लाख भन्दा बढी संक्रमित छन्। कोरोना भाइरसको प्रभाव बढ्दो छ। मेडिकल सामग्री अभाव त्यहाँ पनि छ, तैपनि चिकित्सकहरु खटेका छन्। स्वास्थ्य प्रणाली त्यहाँ पनि ध्वस्त भएको छ। तर, यही 'मौकामा चौका' हान्न खोज्ने सरकार चाहिँ त्यहाँ छैन।

के हामीले चेत्न क्षति नै बेहोर्नु पर्ने हो? विश्वका शक्तिशाली देशको निरीह अवस्था हेरेर हामी लोभ, इर्श्या र प्रतिष्पर्धा त्यागेर मानवीय भावनाको विकास गर्न सक्दैनौं? पढेर जान्ने हो भने अमेरिकाले यतिबेला दिने शिक्षा यही हो। परेरै जान्न खोजियो भने त हामीसँग मृत्यु वा स्वतन्त्रता होइन, मात्र मृत्यु रोज्ने स्वतन्त्रता बाँकी रहनेछ।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्