काठमाडौं– विराट गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ। सोमबार भएको उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई ३–० गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो।
थ्रीस्टारको जितमा अनन्त तामाङले ५६ मिनेटमा गोल गर्दा विमल घर्तीमगरले ७६ र ८९ मिनेटमा गरी दुई गोल गरेका थिए। उपाधिसँगै थ्रीस्टारले १२ लाख ७१ हजार रुपैयाँ जित्दा आर्मीले पाँच लाख ५१ हजार रुपैयाँमै चित्त बुझायो।
चैत १७ देखि भएको प्रतियोगिता साँझ ६ बजेदेखि बेलुकी ८ बजेसम्म संचालन भएको थियो। विराटनगरको शहीद रंगशालाको मैदानलाई प्रकाशमय बनाएर खेल सञ्चालन गरिएको थियो। बाँसका खम्बामा सौर्य ऊर्जा जडान गरिएर कृतिम प्रकासमा खेल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।