complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

लकडाउन, सभ्यता र समाचार

64x64
किशोर नेपाल आइतबार, चैत २३, २०७६  १२:००
1140x725

कोरोना महामारीसँग ‘जुध्न’ सरकारले चैत ११ मंगलबारदेखि चलाएको ‘लकडाउन’ अभियानको पहिलो साता सकिएको छ। लकडाउनको दोस्रो साता चैत २५ गते समाप्त हुनेछ। कोरोना महामारी यथास्थितिमा रहने सम्भावना बढी भएकोले पनि चैत २६ गतेपछि तेस्रो साताको लकडाउन निरन्तर रहने अनुमान गर्न कठिन छैन।
 
खास गरेर, खुला आवत–जावतको सुबिधा भएको भारतले तीन साताको लकडाउन घोषणा गरिसकेकाले पनि नेपालका लागि समान अवस्था उत्पन्न भएको हो।
 
कोरोना महामारीसँगको लडाइँमा दक्षिण एशियाली क्षेत्रीय संगठनका सदस्य राष्ट्रबीच आपसी सहयोगको प्रतिबद्धताको सम्मानका लागि पनि यति त गर्नैपर्‍यो। आखिर महामारीको समयमा सार्क कोमाबाट बिउँझेको त छ।

लकडाउनका दोस्रो साता पहिलोभन्दा रोचक यस निम्ति पनि भयो कि नेपाल सरकारले बडो कीर्तिमानी काम गर्‍यो। सरकारले कोरोना भाइरस महामारीका बिरुद्ध बिना टेण्डर झिकाएका औषधि उपकरणहरु बजार मूल्यभन्दा तीन गुना महंगो मूल्यमा खरिद गरिएको भण्डाफोर यही बेला भयो। ती सामान प्रयोग गर्न सकिने थिएनन् भने नेपालका वरिष्ठ चिकित्सकहरुले।

यसपटकको लकडाउन राजनीतिक कर्फ्यूभन्दा निकै कडा देखियो। यस्तो कडाइ माओवादी विद्रोहीले सशस्त्र बन्दको आह्वान गरेको बेलामा देखिने गरेको थियो। 

नेपाल कम्युनिस्ट पार्टीको वर्तमान सरकार एकमा किनेर तीन वा त्यो भन्दा बढी असूल गर्ने काममा सुपरिचित छ। त्यसैले महामारीका बिरुद्ध खरिद गरेको औषधिमा अधिक बिजकीकरण त्यति आश्चर्यजनक भएन। सरकारका रक्षामन्त्री तथा कोरोना बिरुद्ध सरकारी समितिका नेता ईश्वर पोखरेलले औषधि खरीदको जिम्मेवारी स्वास्थ्य सेवा विभागका महानिर्देशकको थाप्लोमा चढाइ दिए। फाइल अख्तियार पठाइयो। प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई यसबारे जानकारी नदिएको बताइयो। औषधि खरिदको जिम्मा सेनालाई दिने तयारी गरियो। सेनाले तीन गुना होइन दस गुना बढी मूल्यमा ओखति खरिद गरे पनि कसैले प्रश्न उठाउन नसक्ने हुनाले सरकारका नेता र सैनिक अधिकारीले कमिशनमा कमाएको पैसा सहज बाँडफाँड गर्न पाउने भए।
 
कम्युनिष्ट सरकारले नागरिक सरोकारका बिषयमा लगातार सेनाको भूमिकालाई प्रमुखता दिँदै आएको छ। यसमा पनि खासै अचम्म मान्नुपर्ने केही रहेन।

यसपटकको लकडाउन राजनीतिक कर्फ्यूभन्दा निकै कडा देखियो। यस्तो कडाइ माओवादी विद्रोहीले सशस्त्र बन्दको आह्वान गरेको बेलामा देखिने गरेको थियो। संसारभर कोरोना महामारीको प्रभाव बढदै गएकोले पहिलो साता कोरोनालाई खिस्याउँदै हिँडेका जनता डराएका थिए।

सरकार कोरोना बिरोधी अभियानको प्रभावकारिता देखेर हौसिएको थियो। कोरोना जाँचका लागि आवश्यक उपकरण र स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्रीको समेत समयमा व्यवस्था मिलाउन नसक्ने सरकार प्रचारको कुरामा हौसिनु पनि स्वाभाविकै मान्नु पर्ला।

कोरोना बिरुद्ध जन–चेतना बढाउने नाममा ‘बीस बीस मिनेटमा साबुन पानीले मिची मिची हात धुनुहोस्’ भन्ने बाहेक अर्को प्रभावकारी सन्देश प्रवाहित गरिएको छैन।

दोस्रो साताको लकडाउनपछि खासगरेर तराई मधेसमा मास्कले मुख छोपेर नहिँडने जनताको पुट्ठोमा लाठी हिर्काउने नयाँ काम पाएका छन्, सुरक्षाकर्मीले। यसबाहेक अरु रचनात्मक सन्देश केही सुनिएका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

कोरोनाको दबाबमा पशुपतिनाथको साध्याकालीन आरती त रोकिएको थियो नै, सेनाले यसपटक काठमाडौंका जनतालाई घोडेजात्रा पनि देखाएन। लकडाउन अभियानको असर देशका सबै क्षेत्रमा बराबरी पर्‍यो। तर, देशमा दुःखको डटेर सामना गर्नेभन्दा लल्लरी गाउनेकै संख्या बढी थियो। शहरका एकथरि व्यापारीका लागि कोरोना युग ‘अर्थयुग’ नै साबित भयो। बन्द आकाशको मुन्तिर खाद्यान्न, दलहन, तेलहन, सागसब्जी, फलफूल र सबै प्रकारका सामानको भाउ दिन–प्रतिदिन बढेको बढेकै गर्‍यो। जनताले चित्त बुझाउने कुरा यतिमात्रै थियो कि दैनिक उपभोग्य सामानको डेलिभरी घरदैलोमा नै गर्ने प्रचलन सुरु भयो।

सरकारको कोरोना अभियानको मूल लक्ष्य सर्वसाधारण निर्धन र सीमान्तकृत वर्गका शोषित जनतामा चेतना जागृत गर्ने देखिएन। अभियानको मुख्य लक्ष्य हुनेखाने र प्रभावशाली वर्गका सदस्य देखिए। 

सधैँ ‘रायो–फर्सी–गाजर–पालुंगो’ नारा लगाउँदै सहरका टोलटोलमा तरकारी बेच्ने साना व्यापारी घाटामा गए। दोस्रो साताको बन्दमा कतिसम्म कडाइ देखियो भने शहरका टोलमा मात्र होइन, राजमार्गका छेउछाउका खाना–खाजा घर र चिया पसल समेत बन्द भए। यसले गर्दा महंगो काठमाडौंमा जीवन धान्न नसकेर हिँडेरै घर फर्किन बाध्य जनताले अत्यन्त दुःख पाए।

सरकारको कोरोना अभियानको मूल लक्ष्य सर्वसाधारण निर्धन र सीमान्तकृत वर्गका शोषित जनतामा चेतना जागृत गर्ने देखिएन। अभियानको मुख्य लक्ष्य हुनेखाने र प्रभावशाली वर्गका सदस्य देखिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गरीबले बाँच्नु पर्दैन भन्ने मनशाय पो हो कि सरकारको? सन्देह छरियो समाजमा। यो दुखद कुरा थियो। नेपालमा तीन महिनाअघि नै कोरोना महामारी चम्किने लक्षणहरु स्पष्ट भैसकेका थिए। चीनको वुहानमा महामारी फैलिएपछि त्यो नेपालतिर सर्किने अनुमान सामान्य जनताका बीच चलिसकेको थियो।

नेपालको प्रेस जगतले कोरोना महामारी फैलिने सम्भावनाका संकेत दिइसकेको थियो। वुहानमा अध्ययनरत नेपाली विद्यार्थीका अभिभावकहरुको पीडाका अभिव्यक्ति सञ्चार माध्यमले शक्तिशाली शब्दमा प्रस्तुत गरेका थिए।

अभिभावकहरुले आफ्ना सन्तानको सुरक्षाको चिन्ता प्रकट गर्नु स्वाभाविक थियो। सरकारसँग वुहानमा फैलिएको महामारीको पर्याप्त जानकारी नभएको थिएन।

त्यतिबेला सरकार कोरोना जाँच्ने उपकरण र अन्य सामाग्री आपूर्तिका विभिन्न प्रकारका अलमलमा थियो। प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण भर्खरै भएको थियो। प्रधानमन्त्रीको प्रत्यारोपित मिर्गौला चर्चाको शिखरमा थियो। त्यसबाहेक, प्रधानमन्त्रीको अदम्य आत्म–विश्वासको तिलस्ममा डुबेको थियो, हुनेखाने नेपाली समाज। सबैको चर्चाको उपल्लो बिन्दूमा प्रधानमन्त्रीले आफूलाई मिर्गौला दान दिने दातालाई कति करोड दान प्रतिष्ठा दिए? भन्ने प्रश्न खडा भएको थियो। मानिसहरु प्रधानमन्त्रीको शरीरले नयाँ मिर्गौला ग्रहण गर्ने नगर्नेमा त्यति चिन्तित थिएनन्, जति चिन्ता दान प्रतिष्ठाको थियो।

चीनको वुहान कोरोना महामारीको चपेटमा परिसकेको थियो। त्यहाँबाट नेपाल आउने प्रचुर सम्भावना भएको यो महामारी राष्ट्रिय बहसको बिषय बनिसकेको थिएन। वुहान महामारीका समाचारको ओइरो लाग्दै गर्दा प्रम ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना भए। उनले अस्पतालबाट छुट्टी पाएपछि मात्र महामारीले सरकारको ध्यान खिचेको हो। 

त्यसपछि मात्रै सरकारले कोरोना बिरुद्ध लकडाउन जस्ता कडा विधिको अबलम्बन गर्‍यो। देशका सातै प्रदेशबाट प्रकाशित भैरहेका प्रकाशनहरुले जनताको मर्म र चाहनाको प्रतिनिधित्व गर्दै कलम चलाए। 

कोरोनाका बारेमा अहिलेसम्म कसैसँग पनि पूर्ण जानकारी छैन। चीन लगायत विश्वका वैज्ञानिकहरु यसबारे थप अनुसन्धान गर्दैछन्। 

बिर्तामोड, भद्रपुर, बिराटनगर, इटहरी, जनकपुर, बीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर जस्ता देशका मुख्य मुख्य समाचार केन्द्रबाट कोरोना महामारीका सन्दर्भमा प्रभावकारी समाचार प्रवाहित भइरहेका छन्।

त्यसो त, कोरोनाका बारेमा अहिलेसम्म कसैसँग पनि पूर्ण जानकारी छैन। चीन लगायत विश्वका वैज्ञानिकहरु यसबारे थप अनुसन्धान गर्दैछन्। बिश्व प्रसिद्ध पत्रिका नेसनल ज्योग्राफिकका अनुसार, कोरोनामात्रै होइन, चीनबाटै सन् १९१८ मा फ्लूको बिश्वव्यापी महामारी सुरु भएको थियो, जसले संसारका ५ करोड मानिसको ज्यान लिएको थियो।

कोरोना महामारी मात्रै नभएर एक प्रकारको प्रवृत्ति हो। यसको अनुसन्धानमा सबैले दिमाग खपाइरहेका छन्। यत्तिले मात्र पनि केही हुँदैन। यसको अनुसन्धान त्यसबेला सफल हुन्छ, जब यसमा बनेका राजनीतिक छिद्र टाल्न सकिन्छ। महामारीका विरुध्द औषधि बन्न थाल्दछन्।

अहिले डिजिटल प्रविधिको जमाना छ। संसारको एउटा कुनाबाट अर्को कुनामा निमेषभरमा समाचार पुर्‍याउन सकिन्छ। डिजिटल माध्यमको प्रभाव निरन्तर बढेको छ। छापिएको अखबारको प्रतिष्ठा पनि उत्तिकै बढेको छ। सूचनाहरु विभिन्न प्रविधिका माध्यमबाट लिन सकिन्छ।

विचारको खेलमा भने डिजिटल पत्रकारिता चाहिने जति स्थीर हुन सकेको छैन। प्रिन्ट जर्नालिज्म निकै पुरानो प्रविधि हो। तर, यसले नयाँ प्रभावको सिर्जना गरिरहेको छ। अलिकति गम्भीर किसिमको खोजमूलक पत्रकारिता गर्न चाहने व्यक्ति छापा पत्रकारितातिर लस्किनु स्वाभाविक अस्वाभाविकता हो। 

अहिलेको डिजिटल माध्यमले मानिसको उत्साहलाई चुलीमा पुर्‍याएको कुरा सत्य हो। तैपनि, किन छापा पत्रकारितामा मानिसले आफनो अस्तित्व र विचारको ज्यूँदो प्रतिबिम्ब देख्न पाउँछ? यसको जवाफ अहिलेसम्म आएको छैन। छापाको आकर्षणमा पत्रकार पनि फँसेको हुन्छ। डिजिटलमा यो कुरा सम्भव हुँदैन। कुनै पनि घटना मानिसको आँखामा निमेषभर अडिदैन। यसो भनौं, डिजिटल पत्रिका मानिसका लागि निर्देशिका हो। छापा, अहिलेसम्मको मूल्यांकनमा, प्राप्ती हो।

विश्व बजारमा छापा पत्रकारिताको ‘स्पेस’ संकुचित हुँदै गएको सत्य हो। यो पनि उत्तिकै सत्य हो, डिजिटल पत्रकारिताको व्यापकताका प्रत्यूत, छापा पत्रकारिताले आफनो स्पेस खुम्चिएको स्कोप फेरि बढाउँदै लगेको छ। 

एसियामा डिजिटलको प्रभाव बढदो छ। तर, सम्पूर्णमा हेर्ने हो भने, एसिया महादेशका दुई अजंगका शक्ति चीन र भारतमा छापा पत्रकारिताको मौसम पनि सदावहार रहेको छ। त्यही अवस्था बंगलादेश र श्रीलंकाको छ। भारतका समाचारपत्रहरुले लामो समयसम्म देश बिदेशका मुद्दा लडे। 

नेपालका बुध्दिजीवी दि टाइम्स अफ इण्डिया हेरेर भारतको नीति थाहा पाउँथे। अंग्रेजी सिक्न दि स्टेट्सम्यान पढ्ने सुझाव दिन्थे गुरुहरु। भारतीय राजनीतिमा विरोधको प्रस्तुति र शैलीको जानकारी दिन्थ्यो, दि इण्डियन एक्सप्रेसले। यसका अध्यक्ष रामनाथ गोयन्का प्रेस स्वतन्त्रताका योध्दा थिए।

चीन र भारतको मात्रै कुरा होइन, संसारका धेरै देशमा डिजिटल पत्रकारिता व्यापारको भाषाका लागि सुगम मानिएको छ भने विचार विमर्शका लागि छापा पत्रकारिता नै प्रभावकारी देखिएको छ।

छाप्ने सीपको विकास चीनबाट नै भएकोले त्यहाँ छापा प्रभुत्वशाली हुनु स्वाभाविक नै हो। आर्थिक विकासमा चीनले ठूलठूला छलांग मार्न थालेदेखि त्यहाँ पनि छापा पत्रकारिता फस्टायो। 

देश–विदेशको आर्थिक अवस्था र ब्यापार स्थितिको बारेमा जानकारी पाउन चिनियाहरु पनि छापालाई नै सजिलो मान्दछन्। चीन र भारतको मात्रै कुरा होइन, संसारका धेरै देशमा डिजिटल पत्रकारिता व्यापारको भाषाका लागि सुगम मानिएको छ भने विचार विमर्शका लागि छापा पत्रकारिता नै प्रभावकारी देखिएको छ।

हामीकहाँ अखबार पढ्ने जनसंख्या बढदो क्रममा छ। छापिएका जुनसुकै कागजलाई गोरखापत्र भन्ने चलन कम हुँदै गएको छ। हाम्रो देशका मानिसहरु कुनै पनि घटना अखबारमा नछापिएसम्म पत्याउँदैनन्। देशका रेडियो र टेलिभिजनबाट प्रसारित भएका समाचारको पुष्टि अखबारबाट गर्न खोज्दछन्। 

कोरोना साँच्चै मानवीय विनाशको महामारी हो भने यस्तो समयमा सबै सञ्चार माध्यमको शक्ति र ध्यान जनतालाई सचेत गराउनमा लगाइनु पर्दछ। विश्वका दशौं हजार व्यक्तिको ज्यान लिइसकेको कोरोना भाइरसलाई, विगत केही साता यता, राजनीतिक महामारीका रुपमा पनि हेर्न थालिएको छ। 

हाम्रो छिमेकी चीनमा कोरोनाको कारण कतिको ज्यान गयो? त्यहाँ अहिलेको स्थिति के छ? त्यस्तै, छिमेकी भारतमा यसको प्रभाव कति बढदो छ? त्यहाँ अहिलेसम्म कोरोनाका कारण कतिले ज्यान गुमाइ रहेका छन्? यसको जानकारी राख्नु उत्तिकै जरुरी छ। 

महामारीभन्दा ठूलो उपचारको हल्ला चलेका देश नेपाल नै होला, जहाँ कोरोनाको नाममा छुट्याइएको रकममा भ्रष्टाचार हुन पनि भ्याइसकेका छन् मन्त्री र अधिकारीहरुले। देशमाथि बेइमानहरुले कब्जा जमाएका छन्। सामान्य मानिससँग ज्वरोको ओखती सिटामोल किन्ने पैसो छैन, कोरोना महामारी स्याहार्नु पर्‍यो भने उसको के हाल होला?

सरकारले बजाएको कोरोना महामारीको बाजा र देशको वास्तविक अवस्थाका बीच कुनै तादात्म्य र समन्वयका बारे सोच्न पनि सकिँदैन। देशमा अस्पताल र स्वास्थ्यचौकी नाम मात्रका छन्। 

अखबारहरुले लेखिसकेका छन– देशमा स्थापित शिक्षण अस्पतालको भर पर्न सकिँदैन। अनि के के, के के। यस्तोमा अखबारहरु, ती प्रिन्ट हुन् वा डिजिटल, जानकारीका पुञ्ज हुन्। अखबारमा जे छापिएको हुन्छ, त्यो भोलिको लागि प्रमाण हुन्छ। यही कारण हो, राजनीतिक नेतृत्व जतिसुकै चुतिया भए पनि लोकतन्त्रको जीवन हुन् अखवारहरु। 

अखबार कुनै पनि वहानामा बन्द हुनुहुँदैन। कोरोना महामारीबाट जोगिन सरकारले चीनबाट खरीद गरेको सामग्रीमा भएको करोडौं घोटालाको डिजिटल र प्रिन्ट दुवैथरि अखवारले खुलासा गरे। त्यो नै यसको मजबूत उदाहरण हो।

जुनसुकै आकार प्रकारमा होस्, अखबारहरु निस्किनु पर्दछ। अखबारहरु छापिएका वा चम्किएका अक्षरमात्रै होइनन्। यी चेतनाका प्रशारक हुन्। लोकतान्त्रिक समाजमा सत्य र निष्ठाका ताडपत्र हुन् समाचारपत्रहरु। इतिहासका लागि अत्यन्त सारगर्भित सामाग्री। वर्तमान र पछिल्लो युगका लागि कोरोना महामारीको अति महत्वपूर्ण सामाग्री।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १२:००
  • #देशकाल
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर नेपाल
वरिष्ठ पत्रकार नेपाल nepallive का नियमित स्तम्भकार हुन्।
लेखकबाट थप
नेकपामा चिनियाँ व्यवस्थापन
अध्यादेशमा अल्झिएका ओली
सरकारको हाउगुजी हो कोरोना?
सम्बन्धित सामग्री
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्