• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ६, २०८२ Thu, Oct 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

लकडाउन, सभ्यता र समाचार

64x64
किशोर नेपाल आइतबार, चैत २३, २०७६  १२:००
1140x725

कोरोना महामारीसँग ‘जुध्न’ सरकारले चैत ११ मंगलबारदेखि चलाएको ‘लकडाउन’ अभियानको पहिलो साता सकिएको छ। लकडाउनको दोस्रो साता चैत २५ गते समाप्त हुनेछ। कोरोना महामारी यथास्थितिमा रहने सम्भावना बढी भएकोले पनि चैत २६ गतेपछि तेस्रो साताको लकडाउन निरन्तर रहने अनुमान गर्न कठिन छैन।
 
खास गरेर, खुला आवत–जावतको सुबिधा भएको भारतले तीन साताको लकडाउन घोषणा गरिसकेकाले पनि नेपालका लागि समान अवस्था उत्पन्न भएको हो।
 
कोरोना महामारीसँगको लडाइँमा दक्षिण एशियाली क्षेत्रीय संगठनका सदस्य राष्ट्रबीच आपसी सहयोगको प्रतिबद्धताको सम्मानका लागि पनि यति त गर्नैपर्‍यो। आखिर महामारीको समयमा सार्क कोमाबाट बिउँझेको त छ।

लकडाउनका दोस्रो साता पहिलोभन्दा रोचक यस निम्ति पनि भयो कि नेपाल सरकारले बडो कीर्तिमानी काम गर्‍यो। सरकारले कोरोना भाइरस महामारीका बिरुद्ध बिना टेण्डर झिकाएका औषधि उपकरणहरु बजार मूल्यभन्दा तीन गुना महंगो मूल्यमा खरिद गरिएको भण्डाफोर यही बेला भयो। ती सामान प्रयोग गर्न सकिने थिएनन् भने नेपालका वरिष्ठ चिकित्सकहरुले।

यसपटकको लकडाउन राजनीतिक कर्फ्यूभन्दा निकै कडा देखियो। यस्तो कडाइ माओवादी विद्रोहीले सशस्त्र बन्दको आह्वान गरेको बेलामा देखिने गरेको थियो। 

नेपाल कम्युनिस्ट पार्टीको वर्तमान सरकार एकमा किनेर तीन वा त्यो भन्दा बढी असूल गर्ने काममा सुपरिचित छ। त्यसैले महामारीका बिरुद्ध खरिद गरेको औषधिमा अधिक बिजकीकरण त्यति आश्चर्यजनक भएन। सरकारका रक्षामन्त्री तथा कोरोना बिरुद्ध सरकारी समितिका नेता ईश्वर पोखरेलले औषधि खरीदको जिम्मेवारी स्वास्थ्य सेवा विभागका महानिर्देशकको थाप्लोमा चढाइ दिए। फाइल अख्तियार पठाइयो। प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई यसबारे जानकारी नदिएको बताइयो। औषधि खरिदको जिम्मा सेनालाई दिने तयारी गरियो। सेनाले तीन गुना होइन दस गुना बढी मूल्यमा ओखति खरिद गरे पनि कसैले प्रश्न उठाउन नसक्ने हुनाले सरकारका नेता र सैनिक अधिकारीले कमिशनमा कमाएको पैसा सहज बाँडफाँड गर्न पाउने भए।
 
कम्युनिष्ट सरकारले नागरिक सरोकारका बिषयमा लगातार सेनाको भूमिकालाई प्रमुखता दिँदै आएको छ। यसमा पनि खासै अचम्म मान्नुपर्ने केही रहेन।

यसपटकको लकडाउन राजनीतिक कर्फ्यूभन्दा निकै कडा देखियो। यस्तो कडाइ माओवादी विद्रोहीले सशस्त्र बन्दको आह्वान गरेको बेलामा देखिने गरेको थियो। संसारभर कोरोना महामारीको प्रभाव बढदै गएकोले पहिलो साता कोरोनालाई खिस्याउँदै हिँडेका जनता डराएका थिए।

सरकार कोरोना बिरोधी अभियानको प्रभावकारिता देखेर हौसिएको थियो। कोरोना जाँचका लागि आवश्यक उपकरण र स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्रीको समेत समयमा व्यवस्था मिलाउन नसक्ने सरकार प्रचारको कुरामा हौसिनु पनि स्वाभाविकै मान्नु पर्ला।

कोरोना बिरुद्ध जन–चेतना बढाउने नाममा ‘बीस बीस मिनेटमा साबुन पानीले मिची मिची हात धुनुहोस्’ भन्ने बाहेक अर्को प्रभावकारी सन्देश प्रवाहित गरिएको छैन।

दोस्रो साताको लकडाउनपछि खासगरेर तराई मधेसमा मास्कले मुख छोपेर नहिँडने जनताको पुट्ठोमा लाठी हिर्काउने नयाँ काम पाएका छन्, सुरक्षाकर्मीले। यसबाहेक अरु रचनात्मक सन्देश केही सुनिएका छैनन्।

Ncell 2
Ncell 2

कोरोनाको दबाबमा पशुपतिनाथको साध्याकालीन आरती त रोकिएको थियो नै, सेनाले यसपटक काठमाडौंका जनतालाई घोडेजात्रा पनि देखाएन। लकडाउन अभियानको असर देशका सबै क्षेत्रमा बराबरी पर्‍यो। तर, देशमा दुःखको डटेर सामना गर्नेभन्दा लल्लरी गाउनेकै संख्या बढी थियो। शहरका एकथरि व्यापारीका लागि कोरोना युग ‘अर्थयुग’ नै साबित भयो। बन्द आकाशको मुन्तिर खाद्यान्न, दलहन, तेलहन, सागसब्जी, फलफूल र सबै प्रकारका सामानको भाउ दिन–प्रतिदिन बढेको बढेकै गर्‍यो। जनताले चित्त बुझाउने कुरा यतिमात्रै थियो कि दैनिक उपभोग्य सामानको डेलिभरी घरदैलोमा नै गर्ने प्रचलन सुरु भयो।

सरकारको कोरोना अभियानको मूल लक्ष्य सर्वसाधारण निर्धन र सीमान्तकृत वर्गका शोषित जनतामा चेतना जागृत गर्ने देखिएन। अभियानको मुख्य लक्ष्य हुनेखाने र प्रभावशाली वर्गका सदस्य देखिए। 

सधैँ ‘रायो–फर्सी–गाजर–पालुंगो’ नारा लगाउँदै सहरका टोलटोलमा तरकारी बेच्ने साना व्यापारी घाटामा गए। दोस्रो साताको बन्दमा कतिसम्म कडाइ देखियो भने शहरका टोलमा मात्र होइन, राजमार्गका छेउछाउका खाना–खाजा घर र चिया पसल समेत बन्द भए। यसले गर्दा महंगो काठमाडौंमा जीवन धान्न नसकेर हिँडेरै घर फर्किन बाध्य जनताले अत्यन्त दुःख पाए।

सरकारको कोरोना अभियानको मूल लक्ष्य सर्वसाधारण निर्धन र सीमान्तकृत वर्गका शोषित जनतामा चेतना जागृत गर्ने देखिएन। अभियानको मुख्य लक्ष्य हुनेखाने र प्रभावशाली वर्गका सदस्य देखिए। 

गरीबले बाँच्नु पर्दैन भन्ने मनशाय पो हो कि सरकारको? सन्देह छरियो समाजमा। यो दुखद कुरा थियो। नेपालमा तीन महिनाअघि नै कोरोना महामारी चम्किने लक्षणहरु स्पष्ट भैसकेका थिए। चीनको वुहानमा महामारी फैलिएपछि त्यो नेपालतिर सर्किने अनुमान सामान्य जनताका बीच चलिसकेको थियो।

नेपालको प्रेस जगतले कोरोना महामारी फैलिने सम्भावनाका संकेत दिइसकेको थियो। वुहानमा अध्ययनरत नेपाली विद्यार्थीका अभिभावकहरुको पीडाका अभिव्यक्ति सञ्चार माध्यमले शक्तिशाली शब्दमा प्रस्तुत गरेका थिए।

अभिभावकहरुले आफ्ना सन्तानको सुरक्षाको चिन्ता प्रकट गर्नु स्वाभाविक थियो। सरकारसँग वुहानमा फैलिएको महामारीको पर्याप्त जानकारी नभएको थिएन।

त्यतिबेला सरकार कोरोना जाँच्ने उपकरण र अन्य सामाग्री आपूर्तिका विभिन्न प्रकारका अलमलमा थियो। प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण भर्खरै भएको थियो। प्रधानमन्त्रीको प्रत्यारोपित मिर्गौला चर्चाको शिखरमा थियो। त्यसबाहेक, प्रधानमन्त्रीको अदम्य आत्म–विश्वासको तिलस्ममा डुबेको थियो, हुनेखाने नेपाली समाज। सबैको चर्चाको उपल्लो बिन्दूमा प्रधानमन्त्रीले आफूलाई मिर्गौला दान दिने दातालाई कति करोड दान प्रतिष्ठा दिए? भन्ने प्रश्न खडा भएको थियो। मानिसहरु प्रधानमन्त्रीको शरीरले नयाँ मिर्गौला ग्रहण गर्ने नगर्नेमा त्यति चिन्तित थिएनन्, जति चिन्ता दान प्रतिष्ठाको थियो।

चीनको वुहान कोरोना महामारीको चपेटमा परिसकेको थियो। त्यहाँबाट नेपाल आउने प्रचुर सम्भावना भएको यो महामारी राष्ट्रिय बहसको बिषय बनिसकेको थिएन। वुहान महामारीका समाचारको ओइरो लाग्दै गर्दा प्रम ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना भए। उनले अस्पतालबाट छुट्टी पाएपछि मात्र महामारीले सरकारको ध्यान खिचेको हो। 

त्यसपछि मात्रै सरकारले कोरोना बिरुद्ध लकडाउन जस्ता कडा विधिको अबलम्बन गर्‍यो। देशका सातै प्रदेशबाट प्रकाशित भैरहेका प्रकाशनहरुले जनताको मर्म र चाहनाको प्रतिनिधित्व गर्दै कलम चलाए। 

कोरोनाका बारेमा अहिलेसम्म कसैसँग पनि पूर्ण जानकारी छैन। चीन लगायत विश्वका वैज्ञानिकहरु यसबारे थप अनुसन्धान गर्दैछन्। 

बिर्तामोड, भद्रपुर, बिराटनगर, इटहरी, जनकपुर, बीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर जस्ता देशका मुख्य मुख्य समाचार केन्द्रबाट कोरोना महामारीका सन्दर्भमा प्रभावकारी समाचार प्रवाहित भइरहेका छन्।

त्यसो त, कोरोनाका बारेमा अहिलेसम्म कसैसँग पनि पूर्ण जानकारी छैन। चीन लगायत विश्वका वैज्ञानिकहरु यसबारे थप अनुसन्धान गर्दैछन्। बिश्व प्रसिद्ध पत्रिका नेसनल ज्योग्राफिकका अनुसार, कोरोनामात्रै होइन, चीनबाटै सन् १९१८ मा फ्लूको बिश्वव्यापी महामारी सुरु भएको थियो, जसले संसारका ५ करोड मानिसको ज्यान लिएको थियो।

कोरोना महामारी मात्रै नभएर एक प्रकारको प्रवृत्ति हो। यसको अनुसन्धानमा सबैले दिमाग खपाइरहेका छन्। यत्तिले मात्र पनि केही हुँदैन। यसको अनुसन्धान त्यसबेला सफल हुन्छ, जब यसमा बनेका राजनीतिक छिद्र टाल्न सकिन्छ। महामारीका विरुध्द औषधि बन्न थाल्दछन्।

अहिले डिजिटल प्रविधिको जमाना छ। संसारको एउटा कुनाबाट अर्को कुनामा निमेषभरमा समाचार पुर्‍याउन सकिन्छ। डिजिटल माध्यमको प्रभाव निरन्तर बढेको छ। छापिएको अखबारको प्रतिष्ठा पनि उत्तिकै बढेको छ। सूचनाहरु विभिन्न प्रविधिका माध्यमबाट लिन सकिन्छ।

विचारको खेलमा भने डिजिटल पत्रकारिता चाहिने जति स्थीर हुन सकेको छैन। प्रिन्ट जर्नालिज्म निकै पुरानो प्रविधि हो। तर, यसले नयाँ प्रभावको सिर्जना गरिरहेको छ। अलिकति गम्भीर किसिमको खोजमूलक पत्रकारिता गर्न चाहने व्यक्ति छापा पत्रकारितातिर लस्किनु स्वाभाविक अस्वाभाविकता हो। 

अहिलेको डिजिटल माध्यमले मानिसको उत्साहलाई चुलीमा पुर्‍याएको कुरा सत्य हो। तैपनि, किन छापा पत्रकारितामा मानिसले आफनो अस्तित्व र विचारको ज्यूँदो प्रतिबिम्ब देख्न पाउँछ? यसको जवाफ अहिलेसम्म आएको छैन। छापाको आकर्षणमा पत्रकार पनि फँसेको हुन्छ। डिजिटलमा यो कुरा सम्भव हुँदैन। कुनै पनि घटना मानिसको आँखामा निमेषभर अडिदैन। यसो भनौं, डिजिटल पत्रिका मानिसका लागि निर्देशिका हो। छापा, अहिलेसम्मको मूल्यांकनमा, प्राप्ती हो।

विश्व बजारमा छापा पत्रकारिताको ‘स्पेस’ संकुचित हुँदै गएको सत्य हो। यो पनि उत्तिकै सत्य हो, डिजिटल पत्रकारिताको व्यापकताका प्रत्यूत, छापा पत्रकारिताले आफनो स्पेस खुम्चिएको स्कोप फेरि बढाउँदै लगेको छ। 

एसियामा डिजिटलको प्रभाव बढदो छ। तर, सम्पूर्णमा हेर्ने हो भने, एसिया महादेशका दुई अजंगका शक्ति चीन र भारतमा छापा पत्रकारिताको मौसम पनि सदावहार रहेको छ। त्यही अवस्था बंगलादेश र श्रीलंकाको छ। भारतका समाचारपत्रहरुले लामो समयसम्म देश बिदेशका मुद्दा लडे। 

नेपालका बुध्दिजीवी दि टाइम्स अफ इण्डिया हेरेर भारतको नीति थाहा पाउँथे। अंग्रेजी सिक्न दि स्टेट्सम्यान पढ्ने सुझाव दिन्थे गुरुहरु। भारतीय राजनीतिमा विरोधको प्रस्तुति र शैलीको जानकारी दिन्थ्यो, दि इण्डियन एक्सप्रेसले। यसका अध्यक्ष रामनाथ गोयन्का प्रेस स्वतन्त्रताका योध्दा थिए।

चीन र भारतको मात्रै कुरा होइन, संसारका धेरै देशमा डिजिटल पत्रकारिता व्यापारको भाषाका लागि सुगम मानिएको छ भने विचार विमर्शका लागि छापा पत्रकारिता नै प्रभावकारी देखिएको छ।

छाप्ने सीपको विकास चीनबाट नै भएकोले त्यहाँ छापा प्रभुत्वशाली हुनु स्वाभाविक नै हो। आर्थिक विकासमा चीनले ठूलठूला छलांग मार्न थालेदेखि त्यहाँ पनि छापा पत्रकारिता फस्टायो। 

देश–विदेशको आर्थिक अवस्था र ब्यापार स्थितिको बारेमा जानकारी पाउन चिनियाहरु पनि छापालाई नै सजिलो मान्दछन्। चीन र भारतको मात्रै कुरा होइन, संसारका धेरै देशमा डिजिटल पत्रकारिता व्यापारको भाषाका लागि सुगम मानिएको छ भने विचार विमर्शका लागि छापा पत्रकारिता नै प्रभावकारी देखिएको छ।

हामीकहाँ अखबार पढ्ने जनसंख्या बढदो क्रममा छ। छापिएका जुनसुकै कागजलाई गोरखापत्र भन्ने चलन कम हुँदै गएको छ। हाम्रो देशका मानिसहरु कुनै पनि घटना अखबारमा नछापिएसम्म पत्याउँदैनन्। देशका रेडियो र टेलिभिजनबाट प्रसारित भएका समाचारको पुष्टि अखबारबाट गर्न खोज्दछन्। 

कोरोना साँच्चै मानवीय विनाशको महामारी हो भने यस्तो समयमा सबै सञ्चार माध्यमको शक्ति र ध्यान जनतालाई सचेत गराउनमा लगाइनु पर्दछ। विश्वका दशौं हजार व्यक्तिको ज्यान लिइसकेको कोरोना भाइरसलाई, विगत केही साता यता, राजनीतिक महामारीका रुपमा पनि हेर्न थालिएको छ। 

हाम्रो छिमेकी चीनमा कोरोनाको कारण कतिको ज्यान गयो? त्यहाँ अहिलेको स्थिति के छ? त्यस्तै, छिमेकी भारतमा यसको प्रभाव कति बढदो छ? त्यहाँ अहिलेसम्म कोरोनाका कारण कतिले ज्यान गुमाइ रहेका छन्? यसको जानकारी राख्नु उत्तिकै जरुरी छ। 

महामारीभन्दा ठूलो उपचारको हल्ला चलेका देश नेपाल नै होला, जहाँ कोरोनाको नाममा छुट्याइएको रकममा भ्रष्टाचार हुन पनि भ्याइसकेका छन् मन्त्री र अधिकारीहरुले। देशमाथि बेइमानहरुले कब्जा जमाएका छन्। सामान्य मानिससँग ज्वरोको ओखती सिटामोल किन्ने पैसो छैन, कोरोना महामारी स्याहार्नु पर्‍यो भने उसको के हाल होला?

सरकारले बजाएको कोरोना महामारीको बाजा र देशको वास्तविक अवस्थाका बीच कुनै तादात्म्य र समन्वयका बारे सोच्न पनि सकिँदैन। देशमा अस्पताल र स्वास्थ्यचौकी नाम मात्रका छन्। 

अखबारहरुले लेखिसकेका छन– देशमा स्थापित शिक्षण अस्पतालको भर पर्न सकिँदैन। अनि के के, के के। यस्तोमा अखबारहरु, ती प्रिन्ट हुन् वा डिजिटल, जानकारीका पुञ्ज हुन्। अखबारमा जे छापिएको हुन्छ, त्यो भोलिको लागि प्रमाण हुन्छ। यही कारण हो, राजनीतिक नेतृत्व जतिसुकै चुतिया भए पनि लोकतन्त्रको जीवन हुन् अखवारहरु। 

अखबार कुनै पनि वहानामा बन्द हुनुहुँदैन। कोरोना महामारीबाट जोगिन सरकारले चीनबाट खरीद गरेको सामग्रीमा भएको करोडौं घोटालाको डिजिटल र प्रिन्ट दुवैथरि अखवारले खुलासा गरे। त्यो नै यसको मजबूत उदाहरण हो।

जुनसुकै आकार प्रकारमा होस्, अखबारहरु निस्किनु पर्दछ। अखबारहरु छापिएका वा चम्किएका अक्षरमात्रै होइनन्। यी चेतनाका प्रशारक हुन्। लोकतान्त्रिक समाजमा सत्य र निष्ठाका ताडपत्र हुन् समाचारपत्रहरु। इतिहासका लागि अत्यन्त सारगर्भित सामाग्री। वर्तमान र पछिल्लो युगका लागि कोरोना महामारीको अति महत्वपूर्ण सामाग्री।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १२:००
  • #देशकाल
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर नेपाल
वरिष्ठ पत्रकार नेपाल nepallive का नियमित स्तम्भकार हुन्।
लेखकबाट थप
नेकपामा चिनियाँ व्यवस्थापन
अध्यादेशमा अल्झिएका ओली
सरकारको हाउगुजी हो कोरोना?
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै बुधबार, कात्तिक ५, २०८२
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला? बुधबार, कात्तिक ५, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्