राजविराज– चैत २८ र २९ गते काठमाडौंमा हुने प्रथम अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सप्तरीका ६ जना खेलाडीले सहभागिता जनाउने भएका छन्। सबै खेलाडी राजविराज-७ स्थित खरसाल युथ क्लबका हुन्।
प्रतियोगितामा सिनियरतर्फ २७ वर्षिया सरस्वती चौधरीले ५३ केजी तौल समुह र अन्य ५ खेलाडीले जुनियरतर्फको विभिन्न तौल समुहमा सहभागिता जनाउने सहायक प्रशिक्षक पुनतीलाल यादवले बताए।
जुनियरतर्फ महिलाको ४८ केजी तौल समुहमा १३ वर्षिया पल्लवी चौधरी र ५३ केजी तौल समुहमा १५ वर्षिया काजल यादवले सहभागित जनाउने छन भने पुरुषतर्फ ५२ केजी तौल समुहमा १५ वर्षिय लालवावु पासवान, ५६ केजी तौल समुहमा २० वर्षिय रामकुमार यादव र ६२ केजी तौल समुहमा १९ वर्षिय रमेश झाले सहभागिता जनाउने यादवले जानकारी दिए।
सहभागि मध्ये रामकुमार यादवले १९औं एसियन गेम्समा सहभागिता जनाएका थिए भने राष्ट्रिय प्रतियोगिताको जुनियरतर्फ ५६ केजी तौल समुहमा प्रथम पदक जितेका थिए। यसैगरी, काजल र लालवावु राष्ट्रिय प्रतियोगितामा दोश्रो भएका थिए । उनीहरुले क्रमशः ५३ र ५२ केजी तौल समुहमा पदक जितेको जिल्ला खेलकुद विकास समिति सप्तरीले जनाएको छ।
प्रतियोगितामा इण्डोनेसियाको जाकर्तामा हुने १८औं एसियन गेम्सको लागि प्रारम्भिक खेलाडि छनोट तथा १३औं दक्षिण एसियाली गेम्सको प्रथम चरणको प्रशिक्षणको खेलाडि छनोट गरिने जनाईएको छ ।
यसैबीच प्रतियोगिताको तयारी पूरा भएको छ। प्रथम सुनिलला जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको काठमाडौं जिल्ला भारोत्तोलन संघले ट्यालेन्ट हण्टको रुपमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले पहिलो पटक आयोजना गर्न लागेको हो।
दुई दिन चल्ने प्रतियोगिता ललितपुरस्थित स्पोर्ट्स हाईव, झम्सिखेलमा संचालन हुने आयोजकले जनाएका छन्।
१८औं एशियन गेमको प्रारम्भिक चरणको खेलाडी छनौट तथा १३ औं दक्षिण एशियाली खेलको प्रथम चरणको खेलाडी छनोट समेत रहेको प्रतियोगितामा सिनियर र जुनियरमा पुरुष तर्फ ५६, ६२, ६०, ७७, ८५, ९४, १०५ र १०५ केजी माथी र महिला तर्फ ४८, ५३, ५८, ६३, ६९, ७५, ९० र ९० केजी माथीको तौल समूहमा १०० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगितामा उपत्यकाका ९ क्लब तथा ब्यायामशालाको सहभागिता रहने छ । जसमा नेपालमा पहिलो शारिरीक सुगठनका खेलाडी उत्पादन गर्ने ब्यायामशाला नेपाल ब्यायाम मन्दिर, ज्याठाको पनि सहभागिता रहने भएको छ । यसका साथै उपत्यका बाहिरका विभिन्न जिल्लाबाट १४ क्लब तथा ब्यायामशाला, त्रिभुवन आर्मी क्लब, पुलिस क्लब र एपिएफ क्लबको पनि प्रतियोगितामा सहभागिता रहने अध्यक्ष शाहले बताए ।
प्रतियोगितामा सिनियर तर्फका महिला/पुरुष उत्कृष्ट भारोत्तोलक र स्ट्रङ्गेष्ट खेलाडी तथा जुनियर तर्फ महिला/पुरुष उदियमान र उत्कृष्ट भारोत्तोलक खेलाडीलाई पुरस्कृत गरिने छ। यस्तै नयाँ कीर्तिमान कायम गर्ने खेलाडीलाई नगद पुरस्कारबाट सम्मानित गरिने समेत अध्यक्ष शाहले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।