• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपाल एयरलाइन्सको चार्टर उडानमा कसरी छिर्‍यो एजेन्ट?

64x64
नेपाल लाइभ बिहीबार, चैत २०, २०७६  ११:४१
1140x725

काठमाडौं–नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर अस्ट्रेलियन दूतावासले आफ्ना २ सय ५७ नागरिकलाई आफ्नो देश पठाएको छ।

बुधबार साँझ पौने ६ बजे नेपाल एयरलाइन्स २ सय ५७ यात्रु लिएर अस्ट्रेलिया उडेको हो। काठमाडौं–मलेसिया–ब्रिसबन गएको जहाज बिहीबार बेलुका ८ बजे  सोही रुट हुँदै काठमाडौं आइपुग्ने छ। 

नेपाल एयरलाइन्सको कमर्सियल विभागले बोन ट्राभल्ससँग मिलोमतो गर्दै आर्थिक हिनामिना गरेको विषय उजागर भएपछि अस्ट्रेलिया चार्टर उडान विवादित बनेको छ।

यद्यपि निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द, प्रवक्ता अर्चना खड्का र कमर्सियल विभाग प्रमुख टंक दाहालले चार्टर जहाजमा कुनै आर्थिक हिनामिना नभएको दाबी गर्दै आएका छन्। चन्दले यो विषयमा बुझिरहेको जनाएका छन् भने दाहालले अस्ट्रेलियन दूतावासको पत्रअनुसार बोन ट्राभल्ससँग चार्टर सम्झौता गरेका बताएका छन्। 

तर, दूतावासले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट चार्टर अनुमति लिएको छ। प्राधिकरणले जारी गरेको पत्रमा पनि दूतावास नै उल्लेख छ। 

तर, कमर्सियल विभागका दाहाल भने अनुमति दूतावासले लिए पनि उसैको पत्रका आधारमा बोन ट्राभल्ससँग सम्झौता गरेको बताइरहेका छन्। 

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले चार्टर जहाजमा नेपाल एयरलाइन्सले यात्रु खोज्ने काम नगर्ने हुँदा प्रति घन्टा उडानको १८ हजार १ सय डलरका दरले ट्राभल्ससँग सम्झौता भएको बताएकी छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार यो चार्टर उडान २५ घन्टा २५ मिनेटको हो।  सोही आधारमा भन्ने हो भने नेपाल एयरलाइन्सले कुल ४ लाख ५७ हजार २५ डलर पाउने छ। उक्त डलरलाई १ सय २० रुपैयाँका दरले हिसाब गर्दा नेपाल एयरलाइन्सले कुल ५ करोड ४८ लाख ४३ हजार रुपैयाँ आम्दानी गर्छ। ट्राभल्समार्फत् चार्टर सम्झौता गर्दा ट्राभल्सले यसरी भएको आम्दानीको ५ प्रतिशत कमिसन पाउँछ।  ५ प्रतिशत कमिसन रकम २७ लाख ४२ हजार १ सय ५० रुपैयाँ हुन्छ।

उक्त कमिसनका लागि नै नेपाल एयरलाइन्सका कर्मचारीले सेटिङमा दूतावासबाट भएको चार्टरलाई बोन ट्राभल्समार्फत् गराएको भन्दै विरोध भएको छ।
उक्त चार्टर सिधै दूतावासमार्फत् भएको भए नेपाल एयरलाइन्सले आफैंं टिकट बुकिङ खुल्ला गरेर यात्रु म्यानेज गर्नु पर्ने हुन्थ्यो। यसो गर्दा बोन ट्राभल्सलाई दिनु पर्ने ५ प्रतिशत कमिसन वापतको २७ लाख ४२ हजार १ सय ५० रुपैयाँ नेपाल एयरलाइन्सकै हुन्थ्यो।

एयरलाइन्स आफैंले सहज गर्न पनि गार्‍हो भने थिएन। देशका विभिन्न भूभागमा अलपत्र परेका अस्ट्रेलियन नागरिकको उद्धार नेपाल पर्यटन बोर्डले गरेको थियो। टिकट र यात्रुलाई सम्पर्कमा आउन भन्दै नेपाल पर्यटन बोर्डबाट पनि नेपाल एयरलाइन्सले काम गर्न सक्थ्यो। तर, त्यसो गरेन।

Xtrem

Xtrem

बोन ट्राभल्सलाई एक उडानमा साढे ३४ लाख

बोन ट्राभल्सका अनुसार उडानमा २ सय ५२ जनाको टिकट काटिएको छ। जसमा २ सय ३६ जनाको हकमा १ हजार ७ सय ९५ डलर र १६ जनाको हकमा २ हजार ३ सय डलरको टिकट जारी भएको छ।  २ सय ३६ जनासँग ५ करोड ८ लाख ३४ हजार ४ सय रुपैयाँ (प्रतिडलर १२० रुपैयाँका दरले हिसाब गर्दा) लिइएको छ। 

यसैगरी १६ जनाबाट ४४ लाख १६ हजार रुपैयाँ संकलनगरिएको छ। यो दुवै रकम जोड्दा कुल ५ करोड ५५ लाख ५० हजार ४ सय रुपैयाँ हुन्छ। तर, बोन ट्राभल्सले नेपाल एयरलाइन्सलाई मात्रै  कुल  ५ करोड ४८ लाख ४३ हजार रुपैयाँ तिर्नु पर्छ। यसरी तिरेको रकमबाट पनि ५ प्रतिशत कमिसन वापत बोन ट्राभल्सले २७ लाख ४२ हजार १ सय ५० रुपैयाँ नेपाल एयरलाइन्सबाट पाउँछ। यो रकम र टिकटबाट उडाएर नेपाल एयरलाइन्सलाई तिरेर बाँकी रहेको रकम  ७ लाख  ७ हजार ४ सय रुपैयाँ जोड्दा बोनको आम्दानी ३४ लाख ४९ हजार ५ सय ५० हुन आउँछ।

मन्त्रालय अध्ययन गर्दै

नेपाल एयरलाइन्सको जहाज चार्टरको विषय विवादमा आएसँगै मन्त्रालयले अध्ययन  गर्ने भएको छ। मन्त्रालयका सचिव तथा निगम सञ्चालक बोर्ड अध्यक्ष केदारबहादुर अधिकारीले पनि सत्यतथ्य के हो बुझेरमात्रै बोल्ने बताए। यसैगरी मन्त्रालयका सहसचिव तथा निगम सञ्चालक बोर्ड सदस्य बुद्धिसागर लामिछानेले पनि अध्ययन गर्ने बताए।

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ११:४१
  • #Novel Corona Virus
  • #nepalairlines

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्