म्याड्रिड– म्याड्रिड डर्बी बराबरीमा सकिएपछि ला लिगाको उपाधि जित्ने अभियानमा रहेको बार्सिलोनालाई फाइदा पुगेको छ।
आइतबार राति रियल म्याड्रिडको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो। खेलको ५३ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै रियललाई अग्रता दिलाए। रोनाल्डोले योसँगै लगातार १० खेलमा गोल गर्न सफल भए। उनले पछिल्ला १० खेलमा २० गोल गरिसकेका छन्। पछिल्लो १४ खेलमा उनले २६ गोल गरेका छन् । यस्तै यो सिजनमा रियलबाट ३७ खेल खेल्दा रोनाल्डोले ४० गोल गरिसकेका छन्।
रोनाल्डोले अग्रता दिलाएपनि एट्लेटिको म्याड्रिडका लागि ५७ मिनेटमा एन्टोनियो ग्रिजम्यानले बराबरी गोल फर्काएका थिए।
म्याड्रिड डर्बी बराबरीमा सकिएपछि ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले अग्रता ११ मा पुर्याएको छ। शीर्ष स्थानको बार्सिलोनाको ३१ खेलबाट ७९ अंक छ। दोस्रो स्थानको एट्लेटिकोको ६८ र तेस्रो स्थानको भ्यालेन्सियाको ६५ अंक छ। साविक विजेता रियलको ६४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।