कोलकता– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले रोयल च्यालेञ्जर्स बैंग्लोरलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा कोलकताले बैंग्लोरलाई ४ विकेटले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन जोड्यो। उसका लागि ब्रेन्डन म्याकुलमले ४३, विराट कोहलीले ३१, एबिडि भिलियर्सले ४४ र मन्दिप सिंहले ३७ रन बटुले। बलिङतर्फ कोलकताका नितिश कुमार र विनय कुमारले २–२ विकेट लिए।
१ सय ७७ रनको लक्ष्य कोलकताले ७ बल बाँकी छदा ६ विकेट गुमाएर पार गर्यो। कोलकताका लागि ओपनर सुनील नारिनले १९ बलमा ५० रन प्रहार गरे। नारिन आउट हुँदा कोलकताले ५.२ ओभरमा २ विकेट गुमाएर ६५ रन जोडिसकेको थियो। कोलकताका लागि नितिश रानाले ३४ र कप्तान दिनेश कार्तिकले नटआउट ३५ रन बटुले। बलिङतर्फ बैंग्लोरका क्रिस ओएक्सले ३ र उमेश यादवले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।