• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

काठमाडौंमा छाक टार्न मुस्किल भएपछि मजदुरको हिँडेरै नेपालगञ्ज यात्रा

64x64
निर्मला घिमिरे मंगलबार, चैत १८, २०७६  १५:२९
1140x725

काठमााडौं- दिउँसो १ बजे तिर टन्टलापुर घाम छिचोल्दै स्वयम्भु हुँदै ३० जनाभन्दा बढी संख्यामा एक हुल कलंकी चोक आइपुग्छ।

बनेपाबाट उपत्यकाको धुलो, घाम, पानी छिचोल्दै ४ दिन हिडेर कलंकी आइपुगेको त्यो हुलबाट एउटा आवाज सुनिन्छ, ‘हामीलाई सय/पचास रुपैयाँ भए पनि दिनुस् न। बच्चा भोकै छ। दिदी दिनुस् न।’

थकित अनुहारमा साइकल सडकको पेटीमा बिसाउँदै नेपालगन्जका गोविन्द कुमार हात लम्काउँछन् र फेरि पनि भन्छन्, ‘खाने सामान केही छैन।बच्चा भोकै छ। थोरै सहयोग गर्नुस् न।’ 

साइकलभरी लुगाफाटो, भाडाकुडाको पोको राखिएको छ। गोविन्द कुमारले एउटा ३ वर्षको बच्चा साइकलको अगाडि राखेका छन्। अर्को बच्चा उनको पछिपछि दौडिरहेको छ। छोरी छेउमै हिडिरहेकी छन्। 

‘सबैभन्दा सानु काखको नानी श्रीमतीले बोकेर पछाडि आउँदैछिन्। के गर्नु हामी जसरी पनि नेपालगन्ज जानुपर्नेछ। बाटैमा मरिए पनि मरियोस्।’ गोविन्द कुमार सुनाउँछन्। 

यसअघि उनी दिनभरी सहर डुलेर प्लास्टिकका भाँडाहरुको व्यापार गर्थे । व्यापार गरेबापतको फाइदाबाट बिहान बेलुकाको छाक टार्थे। भाँडा बेचेको पैसाले श्रीमती र छोराछोरीलाई छाक टार्न बडो मुस्किल हुन्थ्यो। 

‘यो के भाइरस आएको भन्छन्, त्यसपछि प्लाष्टिकको भाँडा पनि बिक्री भएन। के खाने? कसरी बस्ने? समस्या हुन थाल्यो’ गोविन्द कुमार सुनाउँछन्। 
खान बस्न समस्या भएपछि उनीहरु सहयोग माग्दै सहरतिर भौँतारिए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘खुल्ला ठाउँमा रात बिताए। खुल्ला ठाउँमा बस्दा पनि पुलिसले लखेट्छ। हामी बोलेको कोही सुन्दैन। आफू त त्यस्तै हो। साना केटाकेटीको बिजोग भयो‚’ गोविन्द कुमार साइकल गुडाउँदै लम्किए।  

हातमा पानीको बोत्तल। केहीका हातमा चाउचाउको पोको। टाउकामा लत्ताकपडाका पोकाहरु र प्लास्टिकका बाटाहरु। हिँडेरै भए पनि नेपालगन्ज पुग्ने हिम्मत गरेर निस्किएको हुलमा भर्खर जन्मिएका केटाकेटीदेखि बुढाबुढीसम्म छन्।

छेवैबाट पृष्ठभूमिमा फेरि अर्को आवाज थपिन्छ, ‘दिदी पैसा दिनुन भोक लागेको छ।’ सानी बालिका हात लम्काउँछिन्।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘खान पनि पाइएन, हाम्रो घर छैन। खुल्ला ठाउँमा बसौँ भन्दा बस्न दिँदैन। हामी कहाँ जाने के गर्ने? मर्नुभन्दा माग्दै खाँदै हिँडेको। बरु बाटोमा हिँड्दा हिँड्दै मरियोस्’ हुलबाटै नेपालगन्जका सकिन्दर ठाकुरले सुनाए। 

सकिन्दर सडकको छेउतिर सिलौटा खोपेर गुजारा गर्थे। ‘हामी मजदूरी गर्ने मान्छे। बाटैमा बस्थ्यौँ बाटैमा खान्थ्यौँ। अब के गरी खाने‚ काम गर्न पनि दिएन’ उनका आँखा टिलपिलाउँछन्। 

उनले दिनभरी काम गरेर बिहान–बेलुकाको छाक टार्न पुर्‍याउँथे। श्रीमती र ६ जना छोराछोरी मुस्किलले पालेका थिए। 

दैनिक काममा खटेर बिहान-बेलुका हातमुख जोर्न मुस्किलले पुर्‍याउँदै आएका सकिन्दरको हातमुख जोर्ने बाटो कोरोना भाइरस संक्रमणका कारण खोसियो। 

 

‘काठमाडौंमा बसेर भोकै मर्नुभन्दा बाटोमा हिँड्दाहिँड्दै मरियोस् बरु। कोही बाटोमा जन्मिन्छन् कोही मर्छन् के गर्नु?’ चेतनारायण हिँड्दाहिँड्दै बाटैबाट प्रश्न गर्छन्। 

कोभिड १९ (कोरोना भाइरस) रोकथामका लागि सरकारले लकडाउन लगाएसँगै दैनिक ज्यालादारी गरेर गुजारा टार्ने अर्थात हुँदाखाने वर्ग सबैभन्दा बढी मारमा परेको छ। 

दैनिक ज्यालादारी गर्ने मजदूरका लागि सरकारले राहत प्याकेज ल्याएको छ। 

आइतबारको मन्त्रीपरिषदको बैठकले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई लकडाउन अवधिभरका लागि खाद्य सामग्रीको व्यवस्थापन गर्ने निर्णय गरेको छ। 
तर‚ त्यसका लागि श्रमिकहरुले सम्बन्धित स्थानीय तहमा सम्पर्क गर्नुपर्ने हुन्छ। सरकारले श्रमजीविका लागि ल्याएको प्याकेज सहज नहुँदा उपत्यकामा दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउनेहरु समस्यामा परेका छन्। 

उपत्यकामा खान बस्नसमेत समस्या भएपछि लकडाउनकाबीच पनि कोही हिँडेरै त कोही मालबाहक सवारी चढेर घर फर्किन थालेका छन्।

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्