• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

काठमाडौंमा छाक टार्न मुस्किल भएपछि मजदुरको हिँडेरै नेपालगञ्ज यात्रा

64x64
निर्मला घिमिरे मंगलबार, चैत १८, २०७६  १५:२९
1140x725

काठमााडौं- दिउँसो १ बजे तिर टन्टलापुर घाम छिचोल्दै स्वयम्भु हुँदै ३० जनाभन्दा बढी संख्यामा एक हुल कलंकी चोक आइपुग्छ।

बनेपाबाट उपत्यकाको धुलो, घाम, पानी छिचोल्दै ४ दिन हिडेर कलंकी आइपुगेको त्यो हुलबाट एउटा आवाज सुनिन्छ, ‘हामीलाई सय/पचास रुपैयाँ भए पनि दिनुस् न। बच्चा भोकै छ। दिदी दिनुस् न।’

थकित अनुहारमा साइकल सडकको पेटीमा बिसाउँदै नेपालगन्जका गोविन्द कुमार हात लम्काउँछन् र फेरि पनि भन्छन्, ‘खाने सामान केही छैन।बच्चा भोकै छ। थोरै सहयोग गर्नुस् न।’ 

साइकलभरी लुगाफाटो, भाडाकुडाको पोको राखिएको छ। गोविन्द कुमारले एउटा ३ वर्षको बच्चा साइकलको अगाडि राखेका छन्। अर्को बच्चा उनको पछिपछि दौडिरहेको छ। छोरी छेउमै हिडिरहेकी छन्। 

‘सबैभन्दा सानु काखको नानी श्रीमतीले बोकेर पछाडि आउँदैछिन्। के गर्नु हामी जसरी पनि नेपालगन्ज जानुपर्नेछ। बाटैमा मरिए पनि मरियोस्।’ गोविन्द कुमार सुनाउँछन्। 

यसअघि उनी दिनभरी सहर डुलेर प्लास्टिकका भाँडाहरुको व्यापार गर्थे । व्यापार गरेबापतको फाइदाबाट बिहान बेलुकाको छाक टार्थे। भाँडा बेचेको पैसाले श्रीमती र छोराछोरीलाई छाक टार्न बडो मुस्किल हुन्थ्यो। 

‘यो के भाइरस आएको भन्छन्, त्यसपछि प्लाष्टिकको भाँडा पनि बिक्री भएन। के खाने? कसरी बस्ने? समस्या हुन थाल्यो’ गोविन्द कुमार सुनाउँछन्। 
खान बस्न समस्या भएपछि उनीहरु सहयोग माग्दै सहरतिर भौँतारिए। 

Ncell 2
Ncell 2

‘खुल्ला ठाउँमा रात बिताए। खुल्ला ठाउँमा बस्दा पनि पुलिसले लखेट्छ। हामी बोलेको कोही सुन्दैन। आफू त त्यस्तै हो। साना केटाकेटीको बिजोग भयो‚’ गोविन्द कुमार साइकल गुडाउँदै लम्किए।  

हातमा पानीको बोत्तल। केहीका हातमा चाउचाउको पोको। टाउकामा लत्ताकपडाका पोकाहरु र प्लास्टिकका बाटाहरु। हिँडेरै भए पनि नेपालगन्ज पुग्ने हिम्मत गरेर निस्किएको हुलमा भर्खर जन्मिएका केटाकेटीदेखि बुढाबुढीसम्म छन्।

छेवैबाट पृष्ठभूमिमा फेरि अर्को आवाज थपिन्छ, ‘दिदी पैसा दिनुन भोक लागेको छ।’ सानी बालिका हात लम्काउँछिन्।  

‘खान पनि पाइएन, हाम्रो घर छैन। खुल्ला ठाउँमा बसौँ भन्दा बस्न दिँदैन। हामी कहाँ जाने के गर्ने? मर्नुभन्दा माग्दै खाँदै हिँडेको। बरु बाटोमा हिँड्दा हिँड्दै मरियोस्’ हुलबाटै नेपालगन्जका सकिन्दर ठाकुरले सुनाए। 

सकिन्दर सडकको छेउतिर सिलौटा खोपेर गुजारा गर्थे। ‘हामी मजदूरी गर्ने मान्छे। बाटैमा बस्थ्यौँ बाटैमा खान्थ्यौँ। अब के गरी खाने‚ काम गर्न पनि दिएन’ उनका आँखा टिलपिलाउँछन्। 

उनले दिनभरी काम गरेर बिहान–बेलुकाको छाक टार्न पुर्‍याउँथे। श्रीमती र ६ जना छोराछोरी मुस्किलले पालेका थिए। 

दैनिक काममा खटेर बिहान-बेलुका हातमुख जोर्न मुस्किलले पुर्‍याउँदै आएका सकिन्दरको हातमुख जोर्ने बाटो कोरोना भाइरस संक्रमणका कारण खोसियो। 

 

‘काठमाडौंमा बसेर भोकै मर्नुभन्दा बाटोमा हिँड्दाहिँड्दै मरियोस् बरु। कोही बाटोमा जन्मिन्छन् कोही मर्छन् के गर्नु?’ चेतनारायण हिँड्दाहिँड्दै बाटैबाट प्रश्न गर्छन्। 

कोभिड १९ (कोरोना भाइरस) रोकथामका लागि सरकारले लकडाउन लगाएसँगै दैनिक ज्यालादारी गरेर गुजारा टार्ने अर्थात हुँदाखाने वर्ग सबैभन्दा बढी मारमा परेको छ। 

दैनिक ज्यालादारी गर्ने मजदूरका लागि सरकारले राहत प्याकेज ल्याएको छ। 

आइतबारको मन्त्रीपरिषदको बैठकले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई लकडाउन अवधिभरका लागि खाद्य सामग्रीको व्यवस्थापन गर्ने निर्णय गरेको छ। 
तर‚ त्यसका लागि श्रमिकहरुले सम्बन्धित स्थानीय तहमा सम्पर्क गर्नुपर्ने हुन्छ। सरकारले श्रमजीविका लागि ल्याएको प्याकेज सहज नहुँदा उपत्यकामा दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउनेहरु समस्यामा परेका छन्। 

उपत्यकामा खान बस्नसमेत समस्या भएपछि लकडाउनकाबीच पनि कोही हिँडेरै त कोही मालबाहक सवारी चढेर घर फर्किन थालेका छन्।

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी बुधबार, माघ १४, २०८२
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्