काठमाडौं- लकडाउनले धेरैलाई सास्ती दिएको छ। तर 'नहुनु मामाभन्दा कानो मामा निको' भनेझैं रोग फैलनु भन्दा केही सास्ती नै ठीक भनी नागरिकले साथ दिँदै आएका छन्। अझ यो लकडाउन थप एक साता चैत २५ सम्म लम्बिएको छ।
दिनभर सुनसान हुने काठमाडौं साँझपख चलपलाउन खोज्छ। यहाँ मानिसका आफ्नै बाध्यता छन्। काठमाडौं बाहिरबाट केही समयका लागि उपत्यका छिरेका मानिस अकस्मात् लगाइएको घरबाहिर निस्कन निषेध आदेशका कारण यतै थुनिएका छन्।
यस्तै एक समूह भेटियो तीनकुने क्षेत्रमा। काठमाडौंबाट हिँडेरै सप्तरी जान लागेको। तर प्रहरीले उनीहरूलाई हिँड्न समेत रोक्यो। लकडाउनमा सवारी त चलेनन्, चलेनन् हिँड्न समेत रोकेको र काठमाडौंमा पनि खानबस्न समस्या भएको भन्दै उनीहरुले गुनासो गर्दै थिए।
केही मानिसलाई लकडाउन उल्लंघन गरेको भन्दै घेराबन्दीमा राखिएको देख्न सकिन्थ्यो। उनीहरूलाई प्रहरीले प्रशिक्षण दिएको थियो।
आइतबार लकडाउन साँझमा हामीले राजधानीका केही स्थान पुगेर तस्बिर लिएका छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।