• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरियन एयरले उडान अनुमति नपाउँदा कोरियामा संकलित स्वास्थ्य सामग्री पठाउन समस्या

64x64
शिव भुसाल आइतबार, चैत १६, २०७६  १०:३७
1140x725

सोल- नेपालमा कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्न कोरियाका नेपालीले साढे १४ करोड कोरियन वन (करिब डेढ करोड नेपाली रुपैयाँ) संकलन गरेका छन्। गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नेतृत्व र अन्य स्वतन्त्र अभियन्ताको सक्रियतामा चार दिनसम्म अर्थ संकलन अभियान सञ्चालन गरी यो रकम संकलन गरिएको हो। 

शनिबार साँझसम्ममा १४ करोड २६ लाख ३७ हजार ७ सय ७९ कोरियन वन (करिब १ करोड ४१ लाख रुपैयाँ) संकलन भएको एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए। हाल अर्थ संकलन अभियान बन्द भए पनि कतिपय जिल्ला समितिले रकम जम्मा गरिरहेकाले यो रकम १४ करोड ७५ लाख वन पुग्ने अनुमान गरिएको संघका महासचिव विमल सुवेदीले जानकारी दिए। संकलित रकमको व्यवस्थापन एनआरएनए कोरियाले गर्नेछ। 

संकलित रकमबाट संस्थाले आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि सुझाव दिन डा देवीबहादुर बस्नेतको नेतृत्वमा सल्लाहकार समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाएको जानकारी समेत दिएको छ। रकम संकलन अभियान सुरु गर्दा किट मात्र सहयोग गर्ने भनिए पनि सहयोग रकम बढेकाले थप सामग्री पनि पठाउने तयारी गरिएको महासचिव सुवेदीले नेपाल लाइभलाई बताए। 

किट खरिदका लागि करिब ४ करोड कोरियन वन खर्च भएको र बाँकी रकमबाट थप सामग्री खरिदका लागि छलफल भइरहेको उनको भनाइ छ। किटका साथै पिपिई, मास्क, स्यानिटाइजर र बिरामीलाई दोस्रो चरणमा परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण खरिद गर्ने विषयमा छलफल जारी रहेको संस्थाले जनाएको छ। 

स्वास्थ्य सामग्री खरिद गरी नेपाल पठाउने विषयमा भने समस्या परिरहेको संस्थाको भनाइ छ। किटलाई न्यून तापक्रममा २४ घण्टाभित्र भण्डारण गर्नुपर्ने भएकाले चीनको बाटो हुँदै पठाउन नसकिने महासचिव सुवेदी बताउँछन्। अप्रिल ३ तारिखका दिन नेपालमा रहेका कोरियाली नागरिक लिन कोरिया सरकारले नेपालसँग अनुमति मागेको भएपनि नेपाल सरकारले अनुमति दिइसकेको छैन। कोरियन एयरलाई नेपाल सरकारले अनुमति नदिएका कारण एनआरएन कोरियाले खरिद सम्झौता गरी उत्पादन भइरहेका किट नेपाल पठाउने विषयमा अन्योल बढेको संस्थाको भनाइ छ।

Ncell 2
Ncell 2

नेपालका सम्बन्धित निकायले कोरियामा उत्पादन भइरहेका सामग्री प्रयोगयोग्य भएको सिफारिस गरी नसकेकाले पनि थि अन्योल सिर्जना भएको संस्थाका पदाधिकारी बताउँछन्। ‘नेपालबाट सामग्री पठाउनुस् भन्नेमात्र जवाफ आउँछ। यस्तो सामग्री प्रयोगयोग्य छ, नेपालमा यस्तो नपठाउनुस् भन्ने प्रतिक्रिया नै आउँदैन,’ एनआरएनए कोरियाका एक पदाधिकारीले भने।  

पहिलो चरणमा किट पठाइसकेपछि अन्य सामग्री विज्ञको सल्लाहका आधारमा खरिद गरी पठाउने प्रक्रिया थालिने संस्थाले जनाएको छ। अन्य सामग्री पठाउनका लागि पनि कोरियाबाट चीन जाने जहाज नियमित उडानमा नरहेकाले समस्या परिरहेको सुवेदीको भनाइ छ। 

कोरियाबाट सहयोगस्वरुप पठाउन लागिएका स्वास्थ्य सामग्रीको नेपालमा दुरुपयोग नहोस् भन्ने उद्देश्यले ती सामग्रीमा नै एनआरएनए कोरियाको लोगो प्रिन्ट देखिने गरी तयार गरिने संस्थाका सचिव मनोज गौतमले बताए। 

‘नेपालमा पनि हामीले अरु कसैलाई जिम्मा दिनुपर्ने हुन्छ। त्यसको कहीँ कतैबाट दुरुपयोग नहोस् भन्नका लागि 'नट फर सेल' लेखेर एनआरएनए कोरियाको लोगो प्रिन्ट गरी सामग्री पठाउने विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने। 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १०:३७
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता आइतबार, पुस २७, २०८२
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ) आइतबार, पुस २७, २०८२
शेखरको भिडिओ सन्देश- सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु आइतबार, पुस २७, २०८२
१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष भेटियो, खोतल्ने काम सुरु आइतबार, पुस २७, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्