• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरियन एयरले उडान अनुमति नपाउँदा कोरियामा संकलित स्वास्थ्य सामग्री पठाउन समस्या

64x64
शिव भुसाल आइतबार, चैत १६, २०७६  १०:३७
1140x725

सोल- नेपालमा कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्न कोरियाका नेपालीले साढे १४ करोड कोरियन वन (करिब डेढ करोड नेपाली रुपैयाँ) संकलन गरेका छन्। गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नेतृत्व र अन्य स्वतन्त्र अभियन्ताको सक्रियतामा चार दिनसम्म अर्थ संकलन अभियान सञ्चालन गरी यो रकम संकलन गरिएको हो। 

शनिबार साँझसम्ममा १४ करोड २६ लाख ३७ हजार ७ सय ७९ कोरियन वन (करिब १ करोड ४१ लाख रुपैयाँ) संकलन भएको एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए। हाल अर्थ संकलन अभियान बन्द भए पनि कतिपय जिल्ला समितिले रकम जम्मा गरिरहेकाले यो रकम १४ करोड ७५ लाख वन पुग्ने अनुमान गरिएको संघका महासचिव विमल सुवेदीले जानकारी दिए। संकलित रकमको व्यवस्थापन एनआरएनए कोरियाले गर्नेछ। 

संकलित रकमबाट संस्थाले आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि सुझाव दिन डा देवीबहादुर बस्नेतको नेतृत्वमा सल्लाहकार समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाएको जानकारी समेत दिएको छ। रकम संकलन अभियान सुरु गर्दा किट मात्र सहयोग गर्ने भनिए पनि सहयोग रकम बढेकाले थप सामग्री पनि पठाउने तयारी गरिएको महासचिव सुवेदीले नेपाल लाइभलाई बताए। 

किट खरिदका लागि करिब ४ करोड कोरियन वन खर्च भएको र बाँकी रकमबाट थप सामग्री खरिदका लागि छलफल भइरहेको उनको भनाइ छ। किटका साथै पिपिई, मास्क, स्यानिटाइजर र बिरामीलाई दोस्रो चरणमा परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण खरिद गर्ने विषयमा छलफल जारी रहेको संस्थाले जनाएको छ। 

स्वास्थ्य सामग्री खरिद गरी नेपाल पठाउने विषयमा भने समस्या परिरहेको संस्थाको भनाइ छ। किटलाई न्यून तापक्रममा २४ घण्टाभित्र भण्डारण गर्नुपर्ने भएकाले चीनको बाटो हुँदै पठाउन नसकिने महासचिव सुवेदी बताउँछन्। अप्रिल ३ तारिखका दिन नेपालमा रहेका कोरियाली नागरिक लिन कोरिया सरकारले नेपालसँग अनुमति मागेको भएपनि नेपाल सरकारले अनुमति दिइसकेको छैन। कोरियन एयरलाई नेपाल सरकारले अनुमति नदिएका कारण एनआरएन कोरियाले खरिद सम्झौता गरी उत्पादन भइरहेका किट नेपाल पठाउने विषयमा अन्योल बढेको संस्थाको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालका सम्बन्धित निकायले कोरियामा उत्पादन भइरहेका सामग्री प्रयोगयोग्य भएको सिफारिस गरी नसकेकाले पनि थि अन्योल सिर्जना भएको संस्थाका पदाधिकारी बताउँछन्। ‘नेपालबाट सामग्री पठाउनुस् भन्नेमात्र जवाफ आउँछ। यस्तो सामग्री प्रयोगयोग्य छ, नेपालमा यस्तो नपठाउनुस् भन्ने प्रतिक्रिया नै आउँदैन,’ एनआरएनए कोरियाका एक पदाधिकारीले भने।  

पहिलो चरणमा किट पठाइसकेपछि अन्य सामग्री विज्ञको सल्लाहका आधारमा खरिद गरी पठाउने प्रक्रिया थालिने संस्थाले जनाएको छ। अन्य सामग्री पठाउनका लागि पनि कोरियाबाट चीन जाने जहाज नियमित उडानमा नरहेकाले समस्या परिरहेको सुवेदीको भनाइ छ। 

कोरियाबाट सहयोगस्वरुप पठाउन लागिएका स्वास्थ्य सामग्रीको नेपालमा दुरुपयोग नहोस् भन्ने उद्देश्यले ती सामग्रीमा नै एनआरएनए कोरियाको लोगो प्रिन्ट देखिने गरी तयार गरिने संस्थाका सचिव मनोज गौतमले बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘नेपालमा पनि हामीले अरु कसैलाई जिम्मा दिनुपर्ने हुन्छ। त्यसको कहीँ कतैबाट दुरुपयोग नहोस् भन्नका लागि 'नट फर सेल' लेखेर एनआरएनए कोरियाको लोगो प्रिन्ट गरी सामग्री पठाउने विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने। 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १०:३७
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्