• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विगत चियाउने ‘कोटेश्वरको केटो’

64x64
प्रजु पन्त शनिबार, चैत १५, २०७६  १५:४०
1140x725

आफ्नै आँगनको डिलमा उभिएर आँखा नटटिउन्जेल बाग्मती नदी हेर्नु, फाँटमा लहरै झुलेका धान खेत हेर्नु, साँझपख पशुपति मन्दिरमा आरतिको बेला गुञ्जने शंखघण्टको आवाज सुन्दाको बखत कस्तो होला? कल्पनामा डुब्नुभयो? पक्कै पनि प्रकृति र संस्कृृतिसँगको साक्षात्कारले मन पुलकित हुँदो हो। तर, विडम्बना यो सम्झिँदै ती अतीत अक्षरमा कुदाउँदाको क्षण नि? कल्पना गर्नुभएको छ?

आफू जन्मेको भूमि विकासको नाममा थोरै मुआब्जामा सरकारलाई बुझाउनुपर्दा कस्तो हुन्छ? गोठालो जाँदा होस् वा खेल्दा नै किन नहोस्, प्याकप्याक तिर्खाउँदा, गर्मीले उखरमाउलो हुँदा पौडिएको सफा स्वच्छ बाग्मती नदी आँखैअघि ‘ढलमतिमा’ परिणत भएको देख्दा कस्तो हुन्छ? करिब तीन दशकमा नै प्रकृति र संस्कृति गुमाउँदा त्यहीँका रैथानेले के सोच्दा हुन्?

यिनै प्रश्नहरू र आफ्नो जीवनको उत्तरचढावलाई संगालेर साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीले संस्मराणात्मक कृति ‘कोटेश्वरको केटो’ पाठकमाझ पस्केका छन्।

अहिले हामी कोरोना भाइरसका कारण 'सेल्फ क्वारेन्टाइन'मा छौं। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले आग्रह गरिरहेको छ। कतिपय वैज्ञानिकहरूले भनेका छन्- यस्ता भाइरस  वा ब्याक्टेरियालाई धान्न सक्ने हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता गिर्दै गएका कारण हामी बिरामी परिरहेका छौं। 

पृथ्वीलाई मानिसले अति उपभोग गर्दै र  मिच्दै गएको कारण पनि प्राकृतिक प्रकोप तथा रोग तथा भाइरसहरू फैलिने बताइरहेका छन्। राजधानी काठमाडौं कुनै बेलाको सुन्दर साँस्कृतिक सम्पदा, प्राकृतिक सम्पदाले धनी थियो। तर, अव्यवस्थित बसाइ र अत्यधिक जनसंख्या वृद्धिले यो शहरले आफ्नोपन त गुमाएको छ नै, विश्वको अन्य सहरजस्तै प्रदुषित सहर भनेर पनि चिनिन्छ। अर्थात्  कुनैबेलाको रमणीय यो सहर आज हाम्रै अदूरदर्शिताले बस्न लायक रहेको छैन। 

०००

पराजुलीले संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’लाई चार अध्यायमा भाग लगाएका छन् भने २५ उपशीर्षकमा आफ्नो लेखनशिल्प प्रस्तुत गरेका छन्। 

पहिलो अध्याय ‘कोटेश्वर’मा लेखक पराजुलीले ८ वटा उपशीर्षकमा पराजुली जन्मँदाको कोटेश्वर र काठमाडौंको अवस्था, उनकी आमासँगको सामिप्यता र  बाबु गुमाउँदा अभावले भरिएको उनको बाल्यकालबारे सुन्दर ढंगले उनेका छन्। यो अध्याय पुस्तकको मेरुदण्ड पनि हो।

Ncell 2
Ncell 2

पढ्दै जाँर्दा थाहा हुन्छ, गरिबी सिंहदरबारमा मात्र थिएन। त्यहाँबाहेक अन्यत्र देशैभरको अवस्था उस्तै थियो। 

‘एक गिलास चिया’मा उनले २८ सालतिरको कोटेश्वरमा गाई चराएको फाँट, गुच्चा र टालोको बल खेलेको खुल्ला मैदान, गाउँले भेला भएर आफ्नो गाईभैंसीले कति दूध दिन्छ भनेर धाक लगाएको, कसले जग्गा बेच्यो (त्यतिबेला जग्गा बेचिनु नराम्रो मानिन्थ्यो)‚ कसले खाद्यान्न किनेर खान्छ (खाद्यान्न किनेर खानु पनि राम्रो मानिदैनथ्यो), चिसो छेक्न बाक्ला कपडा नहुनुको अभाव, अनि ४ कक्षा नपुगी खुट्टामा चप्पल नपरेको जस्ता कुराहरु उल्लेख गरेका छन्। 

गाउँबाट सहर आउने हामी कतिपयलाई लाग्न सक्छ, काठमाडौंमा बस्नेले त सानैदेखि अवसर पाए होलान्, यिनको खुट्टामा माटो परेन होला। यिनलाई खेती कसरी हुन्छ के थाहा? तर यहीँ बसेका रैथानेको व्यथा अर्कै रहेछ, पुस्तक पढ्दै जाँदा हुने अनुभूति हो यो। पढ्दै जाँर्दा थाहा हुन्छ, गरिबी सिंहदरबारमा मात्र थिएन। त्यहाँबाहेक अन्यत्र देशैभरको अवस्था उस्तै थियो। 

दोस्रो उपशीर्षक छ ‘म उभिएको ठाउँ’। लेखकले यो अध्यायमा वर्षाैंपछि आफू बाल्यकाल हुँदा कोटेश्वर कस्तो थियो, अहिले ५५ वर्षको हुँदा कस्तो भयो सम्झना गरेका छन्। बाल्यकालको कोटेश्वर सम्झिएर लेखक पराजुलीलाई ऐठन भएको छ।

‘......त्यो साँझ कोटेश्वर चोकमा उभिएर सवारीसाधन गन्नु मेरो उद्देश्य थिएन। एक घण्टा चोकमा उभिँदा कति स्थानीय भेटिएलान् भनी खोज्नु‚ कस्तो उद्देश्य हो यो? किन यो उद्देश्यले मेरो दिमागमा केही महिनादेखि चाटिरहेको छ? म दिमागलाई आनन्द दिन मध्यचैतको एउटा कलिलो साँझमा कोटेश्वर चोकमा उभिएँ। र, आँखा नचाउन थालें, कोही स्थानीय त कसो नभेटिएलान् भन्दै।...’ करिब एक घण्टा कोटेश्वर चोकमा उभिएका पराजुलीले चिनेको मान्छे एउटै भेट्दैनन्। त्यही टोलमा बस्दा अ‍ैँचोपैँचो र परिवारको तीनपुस्ते जानकारी राख्ने गाउँलेमाझ हुर्केका पराजुली एउटै चिनेको व्यक्ति पनि नभेट्दा निराश हुन्छन्।

लेखकले कालो मसीले होइन, नुनिलो आँसुले लेखेका हुन्। अथवा ल्यापटपमा लेख्दा पनि तपतपी आँसु चुहिएर भिजेको किबोर्डलाई धेरैपटक पुछे होलान् उनले।

चिनेका कोही नभेटिएपछि रन्थनिएर कोटेश्वरको ५६ खुट्किला चढेका उनी स्मृतिमा आमाको धोतीको फेरो समाउँदै खुट्किलो चढेको सम्झना स्मृतिमा ल्याउँछन्। बाल्यकालको कोटेश्वर सम्झेर लेखक नोस्टाल्जिक हुन्छन्। बाल्यकालको स्मृतिमा हराएका पराजुली जसै अहिलेको रुखबिनाको कोटेश्वर, चराचुरुङगीको आवाज, पशुपतिको घण्टको आवाज होइन, मोटरगाडीको ट्याँटटुटु आवाज सुन्छन् फेरि भक्कानिन्छन्। यी हरफहरु पढिरहँदा यस्तो लाग्छ, लेखकले कालो मसीले होइन, नुनिलो आँसुले लेखेका हुन्। अथवा ल्यापटपमा लेख्दा पनि तपतपी आँसु चुहिएर भिजेको किबोर्डलाई धेरैपटक पुछे होलान् उनले। 

यही अध्यायमा लेखकले बाग्मतीलाई यसरी सम्झिइएका छन्। ‘..... त्यो साँझ मलाई एकपटक पुनः बाग्मती हेर्न मन लाग्यो। म घरतिर नमोडिई सिधै बाग्मती पुलतर्फ लागेँ। बाग्मती ठसठस कन्दै सकी नसकी बगिरहेको थियो। मानव‚ मलमूत्र र मानवसिर्जित फोहोर बोकेर यात्रा गरिरहेको थियो। सम्झिएँ यही बाग्मतीको पानी मेरो शरीरमा कति लिटर पर्‍यो होला?... लेखक रोष प्रकट गर्दै थप लेख्छन् ...फैलिएको बाग्मती खुम्चिएर कतैकतै त नाघ्न सकिने अवस्थामा थियो। कसले खोसेको होला यो बाग्मती उभिएको ठाउँ? कुनैबेला बाग्मतीले आफू उभिएको जमिन खोज्दै आयो भने मिचाहा मान्छेको हालत के होला?’

अहिले काठमाडौंको प्राकृतिक रंग त मासिएको छ नै, संस्कृति पनि जबरजस्ती घिस्रिरहेको छ। कुनैबेला पवित्र नदी मानेर पिएको त्यो बाग्मती नदीको पानी अहिले वरपर पुग्दा नै नाक थुन्नु परेका कारण लेखकको मन कुडिएको मात्र छैन, सहर कुरुप भएकोमा नीति निर्माताप्रति रोष प्रकट गर्दै दूरदर्शीहीनले यो सहरको आत्मा मारेको लेखकको ठम्याइ छ। 

०००

दोस्रो अध्याय ‘अनुहारहरु’ शीर्षकमा लेखकले उनका पितादेखि केही जिग्री साथीहरुबारे लेखेका छन्। दोस्रो अध्यायको पहिलो उपशिर्षक ‘पिताजीको तस्बिर’ पढ्दा पाठक जो कोहीलाई भावुक बनाउँछ। तीन वर्षको उमेर पुग्दा नपुग्दै आफ्नो बुबा गुमाएका लेखकले श्राद्ध गर्दा पण्डितले बाबुको अनुहार सम्झ भनेको बेलाको पिडा प्रस्तुत गरेका छन्। ‘.....श्राद्ध गर्दै जाँदा एउटा प्रसंग आउँछ, त्यसबेला पुरोहित बाजे पिताजीलाई सम्झने आदेश दिन्छन्‚ ‘ल आँखा चिम्लेर पिताजीको अनुहार सम्झेर उठ,’ उनी भन्छन्, ‘त्यसबखत म आफूलाई सम्हाल्न सक्दिनँ।  भित्र एउटा अनुत्तरित प्रश्न उत्पन्न हुन थाल्छन्। देख्नै नपाएको पिताजीलाई मैले कसरी सम्झिनु?’ यो पढ्दा पाठकलाई भावुक बनाउँछ। यसै अध्यायमा लेखकले पितृलाई चढाउने पिण्ड बाग्मतीमा ढलमा परिणत भएपछि बाग्मतीमा नसेलाएर जमिनमा गाड्दै आएको तर केही वर्षपछि यही जमिन पनि नहोला भनी चिन्ता प्रकट गरेका छन्। 

लेखकले संस्मरणमार्फत् पर्यावरणीय चिन्ता प्रकट गरेका छन्। नीतिनिर्माताले सहर निमार्णमा जबरजस्ती लाद्ने होइन, मौलिकता नमारिकन स्थानीयतालाई प्राथामिकतामा राखेर विकास गर्नुपर्ने जोड दिएका छन्। 

यही अध्यायको अर्काे उपशिर्षक ‘एक भुलक्कड यारको सम्झनामा’ लेखकले नयनराज पाण्डेले पाण्डेको संस्मरणात्मक कृतिमा पराजुलीको स्मरण गरेर लेखेको एक अध्यायको संस्मरणकै कारण भाउन्न भएको र त्यो पुस्तक घरमै राख्न नसकेर अरुलाई नै उपहार दिएको लेखेका छन्। सायद घरमै राख्न नसकेको कारण हुन सक्छ लेखकले के थियो भनेर त लेखेका छैनन् नै पाठकले थाहा पाउन पाण्डेकै यार पढ्नुपर्ने हुन्छ। 

०००

तेस्रो अध्याय ‘अनुभुती सुफियाना’मा भारत र नेपाल घुम्दाको क्षणको बेलिविस्तार लगाएका छन्। रारा जाँदाको कष्ट अनि भारतको दोहा जाँदाको रोमाञ्चक क्षण पनि पुस्तकमा अटाएका छन्। दोहाको सामुन्द्रिक किनारामा सारी-चोली र पूरै शरीर छोप्ने गरी कपडा लगाएका भारतीय महिला र बिकिनी लगाएका अन्य महिलाको तुलना गरेका छन्। यो अध्याय पढ्दा पाठकलाई रमाइलो लाग्छ। 

नीतिनिर्माताले सहर निमार्णमा जबरजस्ती लाद्ने होइन, मौलिकता नमारिकन स्थानीयतालाई प्राथामिकतामा राखेर विकास गर्नुपर्ने जोड दिएका छन्। 

तर, अचम्म अति नजिकको पात्रलाई सम्झिएर लेखेको यो संस्मरणमा लेखकले आफ्नी सहयात्रीबारे लेखेका छैनन्। एक ठाउँमा मित्र एवं सहयात्री सारदा ढकाल भनेर लेखेपनि वर्षाैं सँगै बिताएको जीवन संगीनीबारे नलेख्नुको कारण पाठकले खोजिरहन्छन्। 

०००

चौथो तथा अन्तिम अध्याय ‘अक्षरहरुसँग’मा पत्रकारिताको लामो अनुभव उल्लेख गरेका छन्। रेडियो, पत्रिका हुँदै अनलाइनमा आबद्ध पराजुलीले समाचार कसरी मर्छ? कसरी प्रकाशकद्वारा समाचारसँग विज्ञापन साटिन्छ भन्ने कुरा उल्लेख गरेका छन्। 

यो अध्यायमा लेखकले ‘ब्रेकिङ’को होडबाजीको विरोध गरेका छन्। ‘समाचार अचेल चाउचाउभन्दा पनि चाँडो पाक्न थालेका छन्। ब्रेकिङको होडबाजीले र अनलाइन समाचारले जिउँदा मान्छेलाई मारिदिन थालेका छन्।’ लेखक आफैं अनलाइनमा काम गरेपनि ब्रेकिङ गर्न होडबाजी रहेकोमा भने विमति राखेका छन्। ‘प्रायः समाचारमा सूचना छ। तर त्यसभित्र कुनै स्टोरी छैन।’ यो अहिले पत्रकारिता गरेकाहरुको लागि सुझावसँगै आरोप पनि हो। 

आत्मसंस्मरण तथा आत्मकथा लेख्नु कठिन कार्य हो। गैरआख्यानमा भन्दा आख्यानमा लेखक सत्य बोल्छन्  भनिन्छ। गैरआख्यान लेख्दा कुन मितिमा के भयो लेख्नैपर्ने हो। तर, लेखकले मिति स्पष्ट लेखेका छैनन्। पाठकले कुन मितिमा के भयो भनेर एकैछिन घोरिनुपर्छ। 

लेखक : राजेन्द्र पराजुली 
प्रकाशक : फिनिक्स बुक्स
मुल्य : रु. ३५०

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १५:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार बुधबार, माघ १४, २०८२
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ बुधबार, माघ १४, २०८२
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार, माघ १४, २०८२
राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस बुधबार, माघ १४, २०८२
राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्