• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विगत चियाउने ‘कोटेश्वरको केटो’

64x64
प्रजु पन्त शनिबार, चैत १५, २०७६  १५:४०
1140x725

आफ्नै आँगनको डिलमा उभिएर आँखा नटटिउन्जेल बाग्मती नदी हेर्नु, फाँटमा लहरै झुलेका धान खेत हेर्नु, साँझपख पशुपति मन्दिरमा आरतिको बेला गुञ्जने शंखघण्टको आवाज सुन्दाको बखत कस्तो होला? कल्पनामा डुब्नुभयो? पक्कै पनि प्रकृति र संस्कृृतिसँगको साक्षात्कारले मन पुलकित हुँदो हो। तर, विडम्बना यो सम्झिँदै ती अतीत अक्षरमा कुदाउँदाको क्षण नि? कल्पना गर्नुभएको छ?

आफू जन्मेको भूमि विकासको नाममा थोरै मुआब्जामा सरकारलाई बुझाउनुपर्दा कस्तो हुन्छ? गोठालो जाँदा होस् वा खेल्दा नै किन नहोस्, प्याकप्याक तिर्खाउँदा, गर्मीले उखरमाउलो हुँदा पौडिएको सफा स्वच्छ बाग्मती नदी आँखैअघि ‘ढलमतिमा’ परिणत भएको देख्दा कस्तो हुन्छ? करिब तीन दशकमा नै प्रकृति र संस्कृति गुमाउँदा त्यहीँका रैथानेले के सोच्दा हुन्?

यिनै प्रश्नहरू र आफ्नो जीवनको उत्तरचढावलाई संगालेर साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीले संस्मराणात्मक कृति ‘कोटेश्वरको केटो’ पाठकमाझ पस्केका छन्।

अहिले हामी कोरोना भाइरसका कारण 'सेल्फ क्वारेन्टाइन'मा छौं। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले आग्रह गरिरहेको छ। कतिपय वैज्ञानिकहरूले भनेका छन्- यस्ता भाइरस  वा ब्याक्टेरियालाई धान्न सक्ने हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता गिर्दै गएका कारण हामी बिरामी परिरहेका छौं। 

पृथ्वीलाई मानिसले अति उपभोग गर्दै र  मिच्दै गएको कारण पनि प्राकृतिक प्रकोप तथा रोग तथा भाइरसहरू फैलिने बताइरहेका छन्। राजधानी काठमाडौं कुनै बेलाको सुन्दर साँस्कृतिक सम्पदा, प्राकृतिक सम्पदाले धनी थियो। तर, अव्यवस्थित बसाइ र अत्यधिक जनसंख्या वृद्धिले यो शहरले आफ्नोपन त गुमाएको छ नै, विश्वको अन्य सहरजस्तै प्रदुषित सहर भनेर पनि चिनिन्छ। अर्थात्  कुनैबेलाको रमणीय यो सहर आज हाम्रै अदूरदर्शिताले बस्न लायक रहेको छैन। 

०००

पराजुलीले संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’लाई चार अध्यायमा भाग लगाएका छन् भने २५ उपशीर्षकमा आफ्नो लेखनशिल्प प्रस्तुत गरेका छन्। 

पहिलो अध्याय ‘कोटेश्वर’मा लेखक पराजुलीले ८ वटा उपशीर्षकमा पराजुली जन्मँदाको कोटेश्वर र काठमाडौंको अवस्था, उनकी आमासँगको सामिप्यता र  बाबु गुमाउँदा अभावले भरिएको उनको बाल्यकालबारे सुन्दर ढंगले उनेका छन्। यो अध्याय पुस्तकको मेरुदण्ड पनि हो।

Ncell 2
Ncell 2
nimb
nimb

पढ्दै जाँर्दा थाहा हुन्छ, गरिबी सिंहदरबारमा मात्र थिएन। त्यहाँबाहेक अन्यत्र देशैभरको अवस्था उस्तै थियो। 

‘एक गिलास चिया’मा उनले २८ सालतिरको कोटेश्वरमा गाई चराएको फाँट, गुच्चा र टालोको बल खेलेको खुल्ला मैदान, गाउँले भेला भएर आफ्नो गाईभैंसीले कति दूध दिन्छ भनेर धाक लगाएको, कसले जग्गा बेच्यो (त्यतिबेला जग्गा बेचिनु नराम्रो मानिन्थ्यो)‚ कसले खाद्यान्न किनेर खान्छ (खाद्यान्न किनेर खानु पनि राम्रो मानिदैनथ्यो), चिसो छेक्न बाक्ला कपडा नहुनुको अभाव, अनि ४ कक्षा नपुगी खुट्टामा चप्पल नपरेको जस्ता कुराहरु उल्लेख गरेका छन्। 

गाउँबाट सहर आउने हामी कतिपयलाई लाग्न सक्छ, काठमाडौंमा बस्नेले त सानैदेखि अवसर पाए होलान्, यिनको खुट्टामा माटो परेन होला। यिनलाई खेती कसरी हुन्छ के थाहा? तर यहीँ बसेका रैथानेको व्यथा अर्कै रहेछ, पुस्तक पढ्दै जाँदा हुने अनुभूति हो यो। पढ्दै जाँर्दा थाहा हुन्छ, गरिबी सिंहदरबारमा मात्र थिएन। त्यहाँबाहेक अन्यत्र देशैभरको अवस्था उस्तै थियो। 

दोस्रो उपशीर्षक छ ‘म उभिएको ठाउँ’। लेखकले यो अध्यायमा वर्षाैंपछि आफू बाल्यकाल हुँदा कोटेश्वर कस्तो थियो, अहिले ५५ वर्षको हुँदा कस्तो भयो सम्झना गरेका छन्। बाल्यकालको कोटेश्वर सम्झिएर लेखक पराजुलीलाई ऐठन भएको छ।

Xtrem

Xtrem

‘......त्यो साँझ कोटेश्वर चोकमा उभिएर सवारीसाधन गन्नु मेरो उद्देश्य थिएन। एक घण्टा चोकमा उभिँदा कति स्थानीय भेटिएलान् भनी खोज्नु‚ कस्तो उद्देश्य हो यो? किन यो उद्देश्यले मेरो दिमागमा केही महिनादेखि चाटिरहेको छ? म दिमागलाई आनन्द दिन मध्यचैतको एउटा कलिलो साँझमा कोटेश्वर चोकमा उभिएँ। र, आँखा नचाउन थालें, कोही स्थानीय त कसो नभेटिएलान् भन्दै।...’ करिब एक घण्टा कोटेश्वर चोकमा उभिएका पराजुलीले चिनेको मान्छे एउटै भेट्दैनन्। त्यही टोलमा बस्दा अ‍ैँचोपैँचो र परिवारको तीनपुस्ते जानकारी राख्ने गाउँलेमाझ हुर्केका पराजुली एउटै चिनेको व्यक्ति पनि नभेट्दा निराश हुन्छन्।

लेखकले कालो मसीले होइन, नुनिलो आँसुले लेखेका हुन्। अथवा ल्यापटपमा लेख्दा पनि तपतपी आँसु चुहिएर भिजेको किबोर्डलाई धेरैपटक पुछे होलान् उनले।

चिनेका कोही नभेटिएपछि रन्थनिएर कोटेश्वरको ५६ खुट्किला चढेका उनी स्मृतिमा आमाको धोतीको फेरो समाउँदै खुट्किलो चढेको सम्झना स्मृतिमा ल्याउँछन्। बाल्यकालको कोटेश्वर सम्झेर लेखक नोस्टाल्जिक हुन्छन्। बाल्यकालको स्मृतिमा हराएका पराजुली जसै अहिलेको रुखबिनाको कोटेश्वर, चराचुरुङगीको आवाज, पशुपतिको घण्टको आवाज होइन, मोटरगाडीको ट्याँटटुटु आवाज सुन्छन् फेरि भक्कानिन्छन्। यी हरफहरु पढिरहँदा यस्तो लाग्छ, लेखकले कालो मसीले होइन, नुनिलो आँसुले लेखेका हुन्। अथवा ल्यापटपमा लेख्दा पनि तपतपी आँसु चुहिएर भिजेको किबोर्डलाई धेरैपटक पुछे होलान् उनले। 

यही अध्यायमा लेखकले बाग्मतीलाई यसरी सम्झिइएका छन्। ‘..... त्यो साँझ मलाई एकपटक पुनः बाग्मती हेर्न मन लाग्यो। म घरतिर नमोडिई सिधै बाग्मती पुलतर्फ लागेँ। बाग्मती ठसठस कन्दै सकी नसकी बगिरहेको थियो। मानव‚ मलमूत्र र मानवसिर्जित फोहोर बोकेर यात्रा गरिरहेको थियो। सम्झिएँ यही बाग्मतीको पानी मेरो शरीरमा कति लिटर पर्‍यो होला?... लेखक रोष प्रकट गर्दै थप लेख्छन् ...फैलिएको बाग्मती खुम्चिएर कतैकतै त नाघ्न सकिने अवस्थामा थियो। कसले खोसेको होला यो बाग्मती उभिएको ठाउँ? कुनैबेला बाग्मतीले आफू उभिएको जमिन खोज्दै आयो भने मिचाहा मान्छेको हालत के होला?’

अहिले काठमाडौंको प्राकृतिक रंग त मासिएको छ नै, संस्कृति पनि जबरजस्ती घिस्रिरहेको छ। कुनैबेला पवित्र नदी मानेर पिएको त्यो बाग्मती नदीको पानी अहिले वरपर पुग्दा नै नाक थुन्नु परेका कारण लेखकको मन कुडिएको मात्र छैन, सहर कुरुप भएकोमा नीति निर्माताप्रति रोष प्रकट गर्दै दूरदर्शीहीनले यो सहरको आत्मा मारेको लेखकको ठम्याइ छ। 

०००

दोस्रो अध्याय ‘अनुहारहरु’ शीर्षकमा लेखकले उनका पितादेखि केही जिग्री साथीहरुबारे लेखेका छन्। दोस्रो अध्यायको पहिलो उपशिर्षक ‘पिताजीको तस्बिर’ पढ्दा पाठक जो कोहीलाई भावुक बनाउँछ। तीन वर्षको उमेर पुग्दा नपुग्दै आफ्नो बुबा गुमाएका लेखकले श्राद्ध गर्दा पण्डितले बाबुको अनुहार सम्झ भनेको बेलाको पिडा प्रस्तुत गरेका छन्। ‘.....श्राद्ध गर्दै जाँदा एउटा प्रसंग आउँछ, त्यसबेला पुरोहित बाजे पिताजीलाई सम्झने आदेश दिन्छन्‚ ‘ल आँखा चिम्लेर पिताजीको अनुहार सम्झेर उठ,’ उनी भन्छन्, ‘त्यसबखत म आफूलाई सम्हाल्न सक्दिनँ।  भित्र एउटा अनुत्तरित प्रश्न उत्पन्न हुन थाल्छन्। देख्नै नपाएको पिताजीलाई मैले कसरी सम्झिनु?’ यो पढ्दा पाठकलाई भावुक बनाउँछ। यसै अध्यायमा लेखकले पितृलाई चढाउने पिण्ड बाग्मतीमा ढलमा परिणत भएपछि बाग्मतीमा नसेलाएर जमिनमा गाड्दै आएको तर केही वर्षपछि यही जमिन पनि नहोला भनी चिन्ता प्रकट गरेका छन्। 

लेखकले संस्मरणमार्फत् पर्यावरणीय चिन्ता प्रकट गरेका छन्। नीतिनिर्माताले सहर निमार्णमा जबरजस्ती लाद्ने होइन, मौलिकता नमारिकन स्थानीयतालाई प्राथामिकतामा राखेर विकास गर्नुपर्ने जोड दिएका छन्। 

यही अध्यायको अर्काे उपशिर्षक ‘एक भुलक्कड यारको सम्झनामा’ लेखकले नयनराज पाण्डेले पाण्डेको संस्मरणात्मक कृतिमा पराजुलीको स्मरण गरेर लेखेको एक अध्यायको संस्मरणकै कारण भाउन्न भएको र त्यो पुस्तक घरमै राख्न नसकेर अरुलाई नै उपहार दिएको लेखेका छन्। सायद घरमै राख्न नसकेको कारण हुन सक्छ लेखकले के थियो भनेर त लेखेका छैनन् नै पाठकले थाहा पाउन पाण्डेकै यार पढ्नुपर्ने हुन्छ। 

०००

तेस्रो अध्याय ‘अनुभुती सुफियाना’मा भारत र नेपाल घुम्दाको क्षणको बेलिविस्तार लगाएका छन्। रारा जाँदाको कष्ट अनि भारतको दोहा जाँदाको रोमाञ्चक क्षण पनि पुस्तकमा अटाएका छन्। दोहाको सामुन्द्रिक किनारामा सारी-चोली र पूरै शरीर छोप्ने गरी कपडा लगाएका भारतीय महिला र बिकिनी लगाएका अन्य महिलाको तुलना गरेका छन्। यो अध्याय पढ्दा पाठकलाई रमाइलो लाग्छ। 

नीतिनिर्माताले सहर निमार्णमा जबरजस्ती लाद्ने होइन, मौलिकता नमारिकन स्थानीयतालाई प्राथामिकतामा राखेर विकास गर्नुपर्ने जोड दिएका छन्। 

तर, अचम्म अति नजिकको पात्रलाई सम्झिएर लेखेको यो संस्मरणमा लेखकले आफ्नी सहयात्रीबारे लेखेका छैनन्। एक ठाउँमा मित्र एवं सहयात्री सारदा ढकाल भनेर लेखेपनि वर्षाैं सँगै बिताएको जीवन संगीनीबारे नलेख्नुको कारण पाठकले खोजिरहन्छन्। 

०००

चौथो तथा अन्तिम अध्याय ‘अक्षरहरुसँग’मा पत्रकारिताको लामो अनुभव उल्लेख गरेका छन्। रेडियो, पत्रिका हुँदै अनलाइनमा आबद्ध पराजुलीले समाचार कसरी मर्छ? कसरी प्रकाशकद्वारा समाचारसँग विज्ञापन साटिन्छ भन्ने कुरा उल्लेख गरेका छन्। 

यो अध्यायमा लेखकले ‘ब्रेकिङ’को होडबाजीको विरोध गरेका छन्। ‘समाचार अचेल चाउचाउभन्दा पनि चाँडो पाक्न थालेका छन्। ब्रेकिङको होडबाजीले र अनलाइन समाचारले जिउँदा मान्छेलाई मारिदिन थालेका छन्।’ लेखक आफैं अनलाइनमा काम गरेपनि ब्रेकिङ गर्न होडबाजी रहेकोमा भने विमति राखेका छन्। ‘प्रायः समाचारमा सूचना छ। तर त्यसभित्र कुनै स्टोरी छैन।’ यो अहिले पत्रकारिता गरेकाहरुको लागि सुझावसँगै आरोप पनि हो। 

आत्मसंस्मरण तथा आत्मकथा लेख्नु कठिन कार्य हो। गैरआख्यानमा भन्दा आख्यानमा लेखक सत्य बोल्छन्  भनिन्छ। गैरआख्यान लेख्दा कुन मितिमा के भयो लेख्नैपर्ने हो। तर, लेखकले मिति स्पष्ट लेखेका छैनन्। पाठकले कुन मितिमा के भयो भनेर एकैछिन घोरिनुपर्छ। 

लेखक : राजेन्द्र पराजुली 
प्रकाशक : फिनिक्स बुक्स
मुल्य : रु. ३५०

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १५:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्