• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोना महाव्याधिबाट बच्न धैर्य गरौं

64x64
गौरीबहादुर कार्की शनिबार, चैत १५, २०७६  १७:३९
1140x725

धनीगरिब, ठूलोसानो नभनी कोरोना भाइरस (कोभिड-१९)ले सबैलाई गाँजेको छ। यो महाव्याधिको सन्त्रास विश्वव्यापी भइरहेको छ। नेपालमा पनि पाँच जनामा यो संक्रमण देखिइसकेको छ। दुई महिना अगाडि चीनबाट फर्किएका नेपालमा कोरोनाबाट संक्रमित एक जना भेटिएको थियो। उपचारपछि ठीक भयो। त्यसपछि काठमाडौं, धादिङ तथा धनगढी र बाग्लुङ गरी अन्य चार जनामा पनि संक्रमण पुष्टि भइसकेको छ।

संक्रमण देखिएकासँग सम्पर्कमा रहेकाहरुको खोजी र परीक्षण चलिरहेको छ।

संक्रमणको सन्त्रास
संक्रमित मध्येकी एक काठमाडौंकी युवती, जो फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी थिइन्, सो जहाजमा चालक दल सदस्य बाहेक दुई जर्मन, एक फ्रान्सेली र बाँकी नेपाली गरी १ सय ५८ यात्री रहेछन्। संक्रमित युवती बाहेक १५७ नेपाली कहाँ छन् भन्ने प्रश्न उठेको छ। ती यात्रीहरु धेरै जसो वैदेशिक रोजगारबाट फर्केका विभिन्न जिल्लाका मानिस थिए। धेरै जसो तराईबासी भन्ने सुनिन्छ।

उनीहरुले विमानको भित्री भाग र ओर्लेपछि अध्यागमन, भन्सार हुँदै गाडीमा नचढुञ्जेल विमानभित्रका र बाहिरका विभिन्न व्यक्तिहरुसँग संसर्गमा रहेको बुझ्न सकिन्छ।

संक्रमित नेपाली युवतीले पनि विमानस्थलबाट घर नपुग्दासम्म पक्कै पनि आफन्त, स्वागतार्थी र सवारी साधनमा विभिन्न नयाँ मानिसहरुसँग संसर्ग गर्न पुगिन्। घर पुगेपछि आफ्नै परिवारका सदस्य लगायत साथीभाई र अन्यत्र कसैकहाँ वा बजार गएको भए विभिन्न नयाँ मानिसहरुसँग सम्पर्क र संसर्ग हुनपुग्यो। त्यसपछि टेकु अस्पतालमा नमूना जँचाउन छोड्दा र घर फर्कदा तथा संक्रमित ठहरिएपछि क्वारेन्टाइनमा भर्ना नहुन्जेलसम्म उनको सम्पर्क र संसर्ग कोको र कतिसँग भयो भन्ने यकिन उनलाई पनि नहुन सक्छ। 

संक्रमित यी युवतीमा कोभिड १९ भाइरस सर्ने अवस्थामा थियो थिएन कसैले भन्न सक्ने अवस्था छैन। सर्ने अवस्था थियो भने विमानभित्र, ओर्लँदाको भर्‍याङ, अध्यागमन कक्ष, गाडी, घर अस्पताल सबैतिर फलामे बार डण्डी आदि समेतमा समात्नु, छुनु स्वाभाविक हुन्छ। फलामसँगको संसर्ग धेरै दिनसम्म रहने हुनाले कोरोना संक्रमण बढी फैलिने सम्भावना व्यापक छ। तसर्थ अस्पताल आउँदा जाँदाका संसर्गित व्यक्तिहरुलाई समेत क्वारेन्टाइनमा राखिनुपर्छ।

विमानमा सँगै आएका व्यक्तिहरुको यात्रुसूची, पासपोर्ट र आइसोलेसनमा बस्ने कागज लगायतबाट ठेगाना तुरुन्त पत्ता लगाउनु पर्दछ। जसको लागि उनीहरुको नाम नामेसी ठेगाना खुलाएर स्थानीय निकाय र प्रहरीबाट पत्ता लगाउन सहयोग लिनु पर्दछ। उनीहरुका परिवार र संसर्गका व्यक्तिहरुलाई समेत क्वारेन्टाइनमा राखिनुपर्छ। यो काममा जति ढिलो हुन्छ, संक्रमण फैलिने सम्भावना उति नै हुन्छ। धेरैजसो यात्रुहरु सम्पर्कमा आएर आइसोलेसनमा राखिएको भनिएको छ।

संक्रमित युवतीले मास्क र पन्जा लगाएको भनिएता पनि पूर्णरुपमा सुरक्षित रहेकोमा विश्वस्त हुन सकिदैन। यिनका सम्पर्क र संसर्गमा आएकाहरुलाई सुरक्षित गर्न सकिएन भने अवस्था भयानक र भयावह हुन सक्दछ। मानिसमा कोरोना १४ दिनसम्म सुरक्षित रहन्छ। कोरोना पचाउन सक्ने शक्तिले गर्दा कसैमा कोरोना संक्रमण देखिएन भन्दैमा उसबाट अन्यमा सर्न सक्दैन भन्न नसकिने रहेछ। यस्तो अवस्थामा कोरोनाको संक्रमण बढ्न र फैलिन सक्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

संक्रमण देखिएका अन्य व्यक्तिको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ।

संक्रमणतर्फ सजगता
सम्भावित अवस्थाको लागि सरकारले आइसोलेसन वार्डहरु थपिरहेको छ। विभिन्न अस्पताल, शिक्षण संस्था आदिलाई प्रयोगमा ल्याउन लागेको छ। हजारौं बेडहरु खडा हुँदै छन्। आइसोलेसन र क्वारेन्टाइन बेड र वार्ड थपेर मात्र हुँदैन। 

फ्रान्सबाट फर्केकी युवतीको संक्रमण थाहा भइहाल्यो। अन्य व्यक्तिमा पनि संक्रमण पत्ता लागिसक्यो। नयाँ परिस्थितिमा संक्रमण फैलिएमा के गर्ने भन्ने प्रश्न उठेको छ त्यो अवस्थाको सामना गर्न नेपाल तयार मात्र होइन, सक्षम पनि हुनुपर्छ।

विदेशबाट आएकालाई क्वारेन्टाइनमा नराखेर सेल्फ आइसोलेसन भन्दै हिँडडुल गर्न छोड्दा संक्रमण बढ्ने सम्भावना देखिन्छ। नेपालगन्जमा भारतबाट आएका ५ सय ४० जनालाई विद्यालयमा आइसोलेसनमा राखिएकोमा खान–बस्न असन्तुष्टिले सबै भागेका खबर आएका छन्। अब भागेकाहरुबाट संक्रमण नहुनेमा विश्वस्त हुन सकिँदैन। अन्यत्र सीमानाबाट भित्रिएकाहरु पनि सुरक्षित रुपमा राखिएका छैनन्। आफूखुसी हिँडेका पनि छन्।

परीक्षण किट राजधानीलगायत प्रारम्भिक परीक्षण केन्द्रमा आवश्यक मात्रामा उपलब्ध हुनुपर्छ। प्रत्येक नमूना परीक्षण केन्द्र र उपचारकहरुको छुट्टै टिम खडा गरिनुपर्छ।

महाव्याधिको रुपमा आएको यो कोरोना भाइरसको विरुद्धमा युद्ध घोषणा भए सरह लड्नुपर्ने अवस्था आएको छ। रोकथामको लागि खास औषधि र खोप आविष्कार भइसकेको छैन। तथापि उपचारकर्मीहरुलाई कोरोना भाइरस सम्बन्धी उचित तालिम दिनुपर्छ। एउटा पालमा जरो नापेको भरमा संक्रमण रोक्न सकिँदैन। कोरोना सम्बन्धी प्राथमिक परीक्षणको अवस्थादेखि आइसियूमा काम गर्नेसम्मलाई ‘पर्सोनेल प्रोटेक्टिभ ईक्वीपमेन्ट’ (पीपीई) सुरक्षा कवच र ‘एन ९५ मास्क’ अनिवार्य रुपमा उपलब्ध गराइनु पर्दछ।

सुरक्षित उपकरणको अभावले उच्चस्तरका चिकित्सक नै चिन्तित छन्। आफू सुरक्षित छु भन्नेमा स्वास्थ्यकर्मी ढुक्क नभइकन उपचार हुन सक्दैन। अहिले टेकु अस्पतालमै पर्याप्त मात्रामा यी उपकरण रहेका छैनन्। सुरक्षण उपकरणको अभावमा स्वास्थ्यकर्मी भाग्ने अवस्था आउन दिन नहुनेतर्फ सरकार सचेत हुनुपर्छ। सुरक्षाका उपायहरु विमानस्थलदेखि शंकास्पद संक्रमितलाई बोक्ने सवारी साधन तथा एम्बुलेन्सका चालक र सहयोगी समेतलाई उपलब्ध गराइनुपर्छ। 

परीक्षण किट राजधानीलगायत प्रारम्भिक परीक्षण केन्द्रमा आवश्यक मात्रामा उपलब्ध हुनुपर्छ। प्रत्येक नमूना परीक्षण केन्द्र र उपचारकहरुको छुट्टै टिम खडा गरिनुपर्छ। उपचारकर्मीहरुलाई समेत निश्चित अवधिसम्म परिवारबाट समेत आइसोलेसनमा राखिनुपर्छ। चीनको बुहान र इटलीमा उपचारकर्मीहरु संक्रमित भएका घटनाबाट पाठ सिक्नुपर्छ। संक्रमित तथा उपचारकर्मी सबैको ज्यान बचाउनेतिर लाग्नुपर्छ। जोखिम व्यहोर्ने उपचारकर्मी र सहयोगीहरुको लागि ५० लाखदेखि १ करोड रुपैयाँको बिमा गरिनुपर्छ।

कोरोना भाइरस सम्बन्धी प्रारम्भिक जाँचदेखि उपचारको क्रममा आवश्यक पर्ने उपकरणहरुको शीघ्र आपूर्तिको प्रबन्ध हुनुपर्छ। पीपीई, एन ९५ मास्क, प्रोर्टेवल भेन्टिलेटर, मोनिटर, एबीजी मेसिन, भाइरल डिटेक्टिङ पीसीआार मेसिन, रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन, पीसीआर किट्स, थर्मल थर्मोमिटर, थर्मल स्क्यानर लगायत सामानहरु मित्र राष्ट्र चीनबाट मगाइएका छन्। नेपालको आवश्यकतानुसार चीन सहयोग पुराउन तयार रहेको खबर आएको छ। चीन र भारत लगायत अन्य मित्रराष्ट्रबाट सहयोग मिल्ने भएमा हाम्रो आवश्यकताका उपकरण तुरुन्त मगाउने र नपुगमा तुरुन्त खरिद गर्नेतिर सरकार लाग्नुपर्छ। मन्त्रिपरिषद्ले नीतिगत निर्णय गर्ने भनेकै यस्तै राष्ट्रिय संकट र आपतकालको अवस्थामा हो। यस्तो काममा हुने खर्चमा खरिद बिक्री कानुनको प्रकृया पूरा गराउन पर्दैन। जीटुजी दुई सरकार बीच खरिद हुने पनि यस्तै अवस्थामा हो।    

जोखिम व्यहोर्ने उपचारकर्मी र सहयोगीहरुको लागि ५० लाखदेखि १ करोड रुपैयाँको बिमा गरिनुपर्छ।

सम्भव भएसम्म कोरोना संक्रमित र आइसोलेसनका लागि प्रत्येक प्रदेश र ठूला सहरमा छुट्टै अस्पतालको व्यवस्था गरिनुपर्छ। संक्रमित र शंकाका व्यक्तिलाई भीडभाडमा लैजानु र राखिनुहुँदैन। मेडिकल कलेजका अलग वार्डहरु समेत संक्रमित र आइसोलेसनका लागि प्रयोगमा ल्याइनुपर्छ। शंकास्पदको परीक्षण समेत गर्न ग्राण्डी र अल्का जस्ता ठूला अस्पतालले नमानेको खबर आयो। ठूला अस्पतालमा सम्पूर्ण बेडको चौथाई बेडको वार्ड खाली गराएर संक्रमित र आइसोलेसनका लागि तयारी हालतमा राख्न सरकारले ढिलो गर्न हुँदैन।

आपूर्तिमा सहजता हुनुपर्ने 
खाद्यान्न, ग्याँस लगायत अत्यावश्यक सामान, औषधिको अभाव हुन दिनु हुँदैन। खाद्यान्न, औषधि लगायत अत्यावश्यक वस्तुहरुको प्रत्येक दिनको सञ्चयको अभिलेख सरकारमा हुनु पर्दछ । जसरी सीमाको भन्सारबाट सामान छुटेपछिको ढुवानी साधनको लोकेसन सरकारलाई थाहा हुने प्रणाली विकास गरिएको छ। व्यापारीको प्रत्येक गोदाम र कारखानाको उत्पादन र सञ्चयको अभिलेख पनि सरकारसँग रहनुपर्छ। त्यसो भएमा आपूर्ति सहज बनाउन सजिलो हुन्छ। 

लकडाउन थप्दै लगेमा ग्याँसको सिलिण्डर सेनाको रेखदेखमा गाडिबाट वितरण गरिनुपर्छ। जुनसुकै कम्पनीको खाली सिलिण्डर लिएर भरिएको सिलिण्डर दिलाइदिनुपर्छ। नयाँ सिलिण्डर बिक्री गर्ने होइन। २५ वा ३० केजीका चामलका बोरा, ५ र १० किलोका आलुका पोका बनाएर बिक्री गर्ने प्रवन्ध गर्नु पर्दछ। मुटु, रक्तचाप, मधुमेह आदि निरन्तर सेवन गर्नुपर्ने औषधि पनि फोन गरेपछि सेना वा स्थानीय प्रशासनले मोल लिएर होम डेलिभरी गराईदिने प्रबन्ध गरिनुपर्छ। त्यस्तै, खानेपानीको जार वा कार्टुनमा बसोबास क्षेत्रमै उपलब्ध गराई दिने प्रबन्ध स्थानीय सरकार समेतले गरिनुपर्छ। साबुन लगायत दैनिक उपभोग र प्रयोगका अन्य सामानको पनि आवश्यकतानुसार बसोबास क्षेत्रमा उपलब्ध गराउने प्रबन्ध गरिनुपर्छ, अभाव हुन दिनुहुँदैन।

लकडाउनको बेला एम्बुलेन्स चाहिएमा वा स्वास्थ्य समस्या आईपरेमा प्रहरीको १०० नम्बर र अन्य सम्पर्क नम्बर नागरिकलाई उपलब्ध गराइनुपर्छ।

बन्दाबन्दी (लकडाउन) घोषणा
कोरोना संक्रमणबाट सुरक्षित हुन नेपाल सरकारले यही चैत ११ गते देखि १८ गतेसम्म देशनै लकडाउन अर्थात् बन्दाबन्दी गरेको छ। अमेरिकाको बढी प्रभावित न्यूयोर्क सहर चैत ५ गते देखि शहर नै क्वारेन्टाइनमा छ। भारतले ११ चैत राति देखि २१ दिन लकडाउन गरेको छ। भारत समेत गरी विश्वमा झण्डै ३ अर्ब जनता आ–आफ्नै घरमा लकडाउनमा रहेका छन्। यो विश्वको जनसंख्याको ४० प्रतिशत हो। लकडाउन गर्ने देशको संख्या बढी रहेको छ। विभिन्न देशका विभिन्न सहरहरु लकडाउन र आइसोलेसनमा राखिएका छन्। कतार दुबई लगायत विभिन्न देशले पनि लकडाउन गर्न थालेका छन्। बेलायतले तीन हप्ताको लागि लकडाउन गरेको छ। 

विश्व र छिमेकी भारतमा फैलिरहेको भयावह स्थिति, आफ्नै देशमा आइपरेको संक्रमणको अवस्थालाई समेत हेर्दा लकडाउनको अवधि एकएक हप्ता गर्दै आवश्यकतानुसार थप्दै लैजानुपर्ने परिस्थिति आएको छ।

लकडाउनले आम जनजीवनमा अवश्य नै असर पारेको छ। जनजीवन कष्टकर हुँदै गएको छ। अहिले मनोरञ्जन र भोजभतेर गर्ने बेला होइन। कोरना संक्रमणबाट देशलाई बचाउने बेला हो। मर्नुभन्दा बहुलाउनु निको भने जस्तै रोगबाट बच्नको लागि आवश्यक परेमा केही महिना दुःखकष्ट सहन हामी सबै तयार हुनुपर्छ। हामी नेपाली जनतालाई संक्रमणबाट बचाउनकै लागि सरकारले देश नै बन्द गरेको हो।

बेलायतका ७१ वर्षीय युवराज चार्ल्समा पनि कोरोनाको मध्यम खाले लक्षण देखिएको छ। जर्मनीमा दुई जना बढी जम्मा हुन नपाउने गरिएको छ। चान्सलर मार्केल नै क्वारेन्टाइनमा हुनुहुन्छ। तर नेपालमा लकडाउनमा पनि जथाभावी निस्कने, डुल्ने क्रम चलिरहेको छ। कर्फ्यु होइन भनेर लकडाउनलाई गिज्याउने काम भएको छ। कडाई नगर्नु सरकारको कमजोरी हो।

अहिले मनोरञ्जन र भोजभतेर गर्ने बेला होइन। कोरना संक्रमणबाट देशलाई बचाउने बेला हो। मर्नुभन्दा बहुलाउनु निको भने जस्तै रोगबाट बच्नको लागि आवश्यक परेमा केही महिना दुःखकष्ट सहन हामी सबै तयार हुनुपर्छ।

अहिले संक्रमण विदेशबाट फर्केकाहरुबाट भित्रिएको छ। ती संक्रमितबाट संक्रमण फैलिएमा भने स्थिति भयावह र नियन्त्रण बाहिर पुग्न सक्दछ। सरकारले संक्रमण फैलिनबाट रोक्न बन्दाबन्दी गरेको छ। तर संक्रमितको संसर्ग र सम्पर्कमा आएकाहरु क्वारेन्टाइनमा बसेर सुरक्षित नभएसम्म हामी ढुक्क हुन सक्ने स्थिति छैन।

कोरोना भाइरसको खोप पत्ता लागिसकेको छैन। संक्रमण कम गराउन हाम्रो व्यवहार नै प्रभावकारी उपाय हो। राष्ट्रिय संकटको बेलामा केही दुःख सहन हामी तयार हुनुपर्छ। यो संकटबाट बच्न घरमै बस्नुपर्छ। अन्यको सम्पर्कबाट टाढा बस्नुपर्छ। रुघा तथा जरोबाट सुरु हुने कोरोनाको कहरबाट बच्न केही समय धैर्य गर्नुपर्छ। अन्यको छिउँ र खोकीबाट टाढा हुनुपर्छ। हातले नाक आँखा र मुहारमा छुनु हुँदैन। मास्क लगाएमा केही सुरक्षित हुन सकिन्छ।

कोरोना भाइरस तामामा ४ घण्टासम्म, कार्डबोर्ड टेबलमा २४ घण्टासम्म,  नोट वा प्लाष्टिक, खिया नलाग्ने स्टिलको सतहमा २ देखि ३ दिनसम्म बाँचिरहन सक्छ भन्ने भनाई पाइन्छ। त्यसैले पनि भीडभाडबाट टाढा आफ्नै घर निवास भित्रै रहनु नै सुरक्षित रहने उपाय मानिन्छ।

बाहिरबाट घर आउँदा साबुनले हात धुनुपर्छ। कसैसँग हात मिलाउनु र छुनु हुँदैन। टाढैबाट नमस्कार गर्नु पर्दछ। संक्रमणबाट बच्न हल्लाको पछि नलागी स्वास्थ्यकर्मी र विज्ञका भनाई मान्नुपर्छ। 

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १७:३९
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गौरीबहादुर कार्की
लेखकबाट थप
निर्वाचन आचारसंहिता देखाउनका लागि मात्र हो?
सुपारी, मरिच र केराउ तस्करीलाई कहिलेसम्म 'राष्ट्रिय उद्योग' बनाउने?
उड्ने सिंह राखिने मन्दिर तयार, तर धारामा गाडिएका मूर्ति झिक्न किन विवाद?
सम्बन्धित सामग्री
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? युवाहरूको त्यो असन्तुष्टि आन्दोलनमा बदलियो। सडकमा नाराबाजी भयो, प्रदर्शन भए, तनाव सिर्जना भयो र राज्य संयन्त्रमाथि नै गम्भीर प्रश्न... मंगलबार, भदौ २३, २०८३
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो। देशका नागरिक विपत्तिको पीडामा छन्। कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका... शनिबार, भदौ २०, २०८३
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो अन्ततः, विपद्को समयमा मानवीय संवेदना सबैभन्दा ठूलो शक्ति हो । उद्धारमा राज्य, सुरक्षा निकाय र समुदायको सहकार्य आवश्यक छ । राहतमा सबै... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
नेेपालका बाढीपहिरो मृतकप्रति श्रद्धाञ्जली दिँदै च्याम्पियन्स लिगका खेलमा मौनधारण गरिने मंगलबार, भदौ २३, २०८३
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? मंगलबार, भदौ २३, २०८३
‘बर्तमान सरकारलाई जेनजी सरकार भन्न सक्दिन, शुभकामना मात्र भन्छु’ मंगलबार, भदौ २३, २०८३
मकवानपुरमा १६२ किलो ७९४ ग्राम गाँजासहित दुई चालक पक्राउ मंगलबार, भदौ २३, २०८३
अवैध लागूऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्