लन्डन- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरस संक्रमण भएको छ।
शुक्रबार उनलाई कोरोना भाइरसको आशंकामा परीक्षण गरिएको र सो परीक्षणमा पोजेटिभ भएको पाइएको हो।
विगत २४ घन्टायता मलाई केही लक्षण देखा परेका थिए। त्यसपछि गरिएको कोरोना भाइरसको परीक्षणमा पोजेटिभभ भएको छ,' ट्विट गर्दै उनले लेखेका छन्, 'म अहिले सेल्फ आइसोलेसनमा छु। तर म सरकारको नेतृत्व गरिरहने छु। यो भाइरस विरुद्ध लड्नका लागि भिडियो कन्फ्रेन्समार्फत् म सरकारको नेतृत्व गरिरहने छु।'
नम्बर १० एनएचएचका स्टाफहरुले परीक्षण गरेका थिए। यसको रिपोर्ट पोजेटिभ आएको छ,' सरकारका प्रवक्ताले थपे, 'प्रधानमन्त्री डाउनिङ स्ट्रिटमा सेल्फ आइसोलेसनमा हुनुहुन्छ।'
कन्जरभेटिभ पार्टीका ५४ वर्षीय नेता जोन्सन गत वर्षको चुनावपछि बेलायती प्रधानमन्त्री भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।