काठमाडौं– विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेहरुको संख्या अमेरिकामा चीनको भन्दा पनि बढी पुगेको छ। पछिल्लो विवरणअनुसार कोरोना संक्रमित अमेरिकामा ८५ हजार ५ सय ९४ पुगेका छन् भने १ हजार ३ सय को मृत्यु भएको छ।
कोरोना संक्रमणको सुरुवाती केन्द्र चीनमा भने ८१ हजार ३ सय ४० जनालाई यसको संक्रमण भएको छ। अमेरिका र चीनपछि इटालीमा सबैभन्दा धेरै संक्रमति रहेका छन्, जहाँ संक्रमित हुनेको संख्या ८० हजार ५ सय ८९ रहेको छ। इटालीमा ८ हजार २ सय १५ को मृत्यु भएको छ।
कोरोना संक्रमण एसियाबाट फैलिएको भएपनि पछिल्लो समय युरोपेली मुलुक र अमेरिकामा तीव्रगतिमा संक्रमण फैलिएकाे छ। इटालीपछि युरोपेली देशहरु स्पेन, जर्मनी, फ्रान्स, स्वीट्जरल्याण्डमा धेरै संक्रमण फैलिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।