एजेन्सी– दिल्ली डेयरडेभिल्स्विरुद्धको खेलमा किंग्स एलभेन पञ्जाबका खेलाडी लोकेस राहुलले नयाँ रेकर्ड बनाएका छन्। आईपिएसमा सबैभन्दा छिटो अर्धसतकको रेकर्ड उनले आफ्नो नाममा लेखाएका छन्।
आइतबारको खेलमा राहुलले १४ बलमा अर्धशतक बनाएका हुन्। ६ चौका र ४ छक्का हानेर १४ बलमा उनले ५१ रन बनाए।
खेलको तेस्रो ओभरमै मात्र उनले अर्धशतक पुरा गरेका हुन्। तेस्रो ओभरमा अमित मिश्रालाई २४ रन हानेका थिए।
यसअघि सुनिल नरिन र युसुफ पठानले १५ बलमा अर्धसतह हानेर रेकर्ड बनाएका थिए। उक्त रेकर्ड राहुलले तोडेका हुन्।
रेकर्ड बनाएका राहुललाई ४.५ ओभरमा ट्रेन्ट बोल्टले आउट गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।