• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'सरकार! गरिखाने वर्गका लागि राहत प्याकेज घोषणा गर्ने कि?' 

64x64
दुर्गा दुलाल बिहीबार, चैत १३, २०७६  १७:१५
1140x725

काठमाडौं– विश्वभर फैलिएको कोरोना भाइरसको जोखिमबाट नेपाल पनि अछुतो छैन। विश्वभरका ४ लाख ८० हजार मानिसमा कोरोनाको संक्रमण भइसको छ भने २१ हजार ५ सय मानिसले यही महामारीका कारण ज्यान गुमाएका छन्। 

नेपालमा ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। एक जना उपचारपछि घर फर्किए पनि दुई जना आइसोलेसनमा उपचारत छन्। हालसम्म संक्रमित पाइएका सबै व्यक्ति विदेशबाट नेपाल आएका हुन्। उनीहरू नेपाल आएर धेरै मानिससँग सम्पर्कमा बसेकाले यो संख्या वृद्धि नहोला भन्ने अवस्था देखिँदैन। 

सरकारले संक्रमण वृद्धि हुने कुरालाई ख्याल गर्दै मंगलबारदेखि एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ। आन्तरिक हवाई आगमन र सार्वजनिक यातायात बन्द छन्। यी सबै निर्णयको प्रत्यक्ष असर काम गरिखाने वर्गमा परेको छ।

दैनिक कमाएर गुजारा गर्ने वर्गमा यसको असर धेरै परेको छ। लगातार बन्दले अर्थतन्त्रमा असर पारेको छ। सबैभन्दा मार दैनिक कमाएर गुजारा गर्नेलाई परेको छ।  उनीहरु सबै घरभित्र बन्द भएका छन्। दैनिकी कसरी चलाउने भन्ने चिन्ता उनीहरुको प्रमुख छ। दैनिकी नखुलेसम्म काम नपाइने भएकाले यस्ता वर्गका साथै मध्यम र निम्न वर्गका मानिसमा कोरोना भाइरसका कारण ठूलो असर पर्ने निश्चित देखिएको छ। 

यही विषयलाई मध्यनजर गर्दै विभिन्न देशले राहतको प्याकेज घोषणा गर्न थालेका छन्। भारत, अमेरिका, चीनजस्ता देशले नागरिकका लागि राहत प्याकेज घोषणा गरिसकेका छन्। छिमेकी भारतले गरिब कल्याण योजनाअन्तर्गत दैनिक ज्यालादारी गर्ने र असंगठित मजदुरका लागि साढे २२ अर्ब अमेरिकी डलर (१७ खर्ब भारतीय रुपयाँ) बराबरको प्याकेज घोषणा गरेको छ। 

भारतीय वित्तमन्त्री निर्मला सितारमण बजेट प्रस्तुतिका लागि तयारी अवस्थामा। 

अर्थतन्त्रमा नकारात्मक संकेतका बावजुत मजदुर र गरीबका लागि राहत हुने गरी उक्त प्याकेज आएको हो।

’ग्रामीण गरीब र मजदुरका लागि प्याकेज तयार भएको छ‚’ अर्थमन्त्री सितारमणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’१७ खर्ब भारतीय रुपयाँको प्याकेज आएको छ। कोही भोकै मर्नुपर्ने छैन।’  भारतका गरिबले आगामी ३ महिनासम्म ५ केजी चामल वा पिठो निःशुल्क पाउने प्याकेजमा उल्लेख छ। 

अर्थमन्त्री सितारमणले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको प्रतिव्यक्ति ५० लाख भारूको स्वास्थ्य बिमाको समेत घोषणा गरेकी छन्। स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूका लागि ३ महिना कायम रहने मेडिकल बिमा हुने उनले बताएकी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा पनि गरिब तथा असहायलाई सरकारले सहयोग गर्नुपर्न आवाज ठूलो बन्दै गएको छ। नागरिक अगुवा र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि जनतालाई राहत प्याकेज दिनुपर्ने माग गरेका छन्।

विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प हो। कोरोनाबाट सुरक्षित हुदाहुदै कुनै समुह भोकमारीको सिकार बन्न नपरोस् । म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विषेश राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु।
जय नेपाल ।

— Sher Bahadur Deuba (@DeubaSherbdr) March 26, 2020

त्यस्तै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले पनि यस्तो अवस्थामा सरकारले जनतालाई राहत प्याकेज दिनुपर्ने माग गरेका छन्। देउवाले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग अनुरोध गरेका हुन्।

ज्यालादारी र न्यून आय भएकाहरूको दैनिक गुजारा चलाउने प्रबन्ध पनि गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल मार्फत सरकारसँग अनुरोध गरेका हुन्। कोरोनाबाट सुरक्षित हुदाहुँदै कोही कसै पनि भोकमरीको शिकार बन्न नपर्ने अवस्था सिर्जना गर्न सरकारसँग उनको अनुरोध छ। त्यस्तै पूर्व प्रधानमन्त्री भट्टराईले देशको लकडाउन सात दिनभन्दा बढी लम्बिनसक्ने भन्दै कोरोनाभाइरस सँगसँगै भोक भाइरसको बन्दोबस्ती गर्न ढिला नगर्न सरकारलाई सुझाव दिएका छन्। 

Xtrem

Xtrem

देशको लकडाउन७ दिनभन्दा बढी लम्बिनसक्छ!अत: कोरोनाभाइरस संगसंगै भोकभाइरसको बन्दोबस्ती गर्न ढिला नगरौं।ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूकोनिम्ति तुरून्त आर्थिक प्याकेज हुनुपर्यो!संघको वित्तीय दायित्व,प्रदेशको अनुगमन,स्थानीयको कार्यान्वयन र डिजिटल प्रविधिको प्रयोगको मोडेल हुनसक्छ!

— नियमित हात धोऔं / Wash your hands ! (@brb1954) March 25, 2020

‘ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूकोनिम्ति तुरून्त आर्थिक प्याकेज हुनुपर्‍यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संघको वित्तीय दायित्व, प्रदेशको अनुगमन, स्थानीयको कार्यान्वयन र डिजिटल प्रविधिको प्रयोगको मोडेल हुनसक्छ।’ त्यस्तै बिहीबार नै पूर्व प्रधानन्यायाधीशसहितका नागरिक समाजका व्यक्तिहरुले सरकारलाई आर्थिक प्याकेज घोषणा गर्न सुझाव दिएका छन्। श्रमिक वर्गका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न ढिलाई नर्गन उनीहरुको माग छ। 

पूर्व प्रधानन्याधीशद्वय कल्याण श्रेष्ठ, सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र पूर्वराजनीतिकर्मी दुर्गा सुवेदीले संयुक्त रुपमा विज्ञप्ति  जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।  

उनीहरुले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण लाग्ने रोग कोभिड-१९ नियन्त्रणका लागि नेपाल सरकार चालेको कदमलाई स्वागत गरेका छन्। 

‘दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गरौं,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा दिनदिनै कमाएर जीवन गुजारा गर्नु पर्नेहरूको संख्या ठूलो छ। संक्रमण या बन्दाबन्दीको अवस्था लम्बिएको खण्डमा दैनिक ज्यालादारीमा गुजारा गर्नेहरूका लागि भयावहपूर्ण स्थिति सिर्जना हुन सक्छ।’ उनीहरूले रोगबाट बच्न खोज्दा भोक स्विकार्नुपर्ने बाध्यता नहोस् भनी सरकारालाई सुझाएका छन्। 

ज्यालादारी गरिखानेहरूका लागि विशेष आर्थिक प्याकेजमा निशुल्क रासन, बेतनसहितको बिदा, बालबच्चाको स्कुलमा फी मिनाहा, निशुल्क उपचार उपलब्ध गराउन माग गरिएको छ। कार्यान्वयनका लागि स्थानीय तहलाई परिचालन गर्न सकिने सुझाव समेत दिइएको छ।

महामारीको संकटबाट पार पाउन राजनीतिक आरोपप्रत्यारोपभन्दा माथि उठेर सम्पूर्ण ध्यान नियन्त्रणमा केन्द्रित गर्न सुझाव दिइएको छ।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १७:१५
  • #coronaupdate
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्