काठमाडौं– आइपिएल क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालका युवा स्पिनर सन्दीप लामिछानेले डेब्यू गर्न कुर्नु पर्ने भएको छ। आइपिएलअन्तर्गत दिल्ली डेयरडेभिल्सले आइतबार किंग्स इलावेन पञ्जावसँग खेल्दैछ। खेलका लागि पहिलो रोजाइको टिममा सन्दीप समावेश छैनन्।
दिल्लीको टिममा गौतम गाम्भिर, कोलिन मुनरो, रिशव पटेल, श्रेयास इयर, क्रिस मोरिस, विजय शंकर, ड्यानियल क्रिस्टयन, अमित मिश्रा, राहुल टेवाटिया, ट्रेन्ट बाउल्ट र मोहमद सामी छन्।
४ जना विदेशी खेलाडीको रुपमा मुनरो, मोरिस, क्रिस्टियन र बाउन्ट समावेश छन्। स्पिनरको रुपमा अमित मिश्रा र राहुल टेवाटिया छन्।
अनुभवी भारतीय बलर अमित मिश्रा टिममा रहनुले सन्दीपले दिल्लीको जर्सीमा मैदान उत्रर्न अझै कठिन छ। तर केहि दिनअघि मात्र दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले सन्दीप एक प्रतिभावान युवा खेलाडी भएको बताएका थिए।
क्रिकेट सम्बन्धि चर्चित मिडियामा पनि सन्दीप पहिलो रोजाइमा नपर्ने विश्लेषण गरेको हुँदा अझै केहि खेल कुर्नु पर्ने देखिएको छ। त्यसो त फर्ममा रहेका सहवाज नदिम, अमित मिश्रा र राहुल टेवाटियालाई पछि पार्नु पनि सन्दीपको चुनौती छ।
दिल्लीको टिममा स्पिनरका रुपमा अमित मिश्रा, राहुल टेवाइटा, साहवाज नदिम, जयन्त यादव, अभिषेक शर्मा र सन्दीप लामिछाने छन्। स्पिनरमा पनि अमित मिश्रा, राहुल टेवाइटा र सन्दीप लामिछानेको बलिङ स्टाइल एउटै छ। जसले गर्दा सन्दीपलाई प्लेइङ ११ पर्न मुस्किल हुने पक्का छ। यी ६ मध्ये २ जना मात्र स्पिनरले मौका पाउने विश्लेषण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।