काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) सँग जुध्न बागमती प्रदेशले आपतकालीन कोष स्थापना गरेको छ। यसको तयारी र प्रतिकार्यका लागि सो प्रदेशले १० करोडको आपतकालीन कोष स्थापना गरेको हो।
मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा चैत ११ मा बसेको बैठकले कोभिड-१९ कोष स्थापना गर्ने निर्णय गरेको हो।
मुख्यमन्त्रीसहित मन्त्रीहरूले कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन्। प्रदेश सरकारले कोषमा रकम जम्माको लागि सर्वसाधारणलाई समेत आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।