काठमाडौं- गीतकार समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ गीत सार्वजनिक गरेका छन्। शर्माले रचना गरेको ‘आऊ माया गरौं, मान्छेले मान्छेलाई’ बोल रहेको गीत बजारमा सार्वजनिक गरिएको हो। गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानले स्वर दिएका छन्।
गीतले विपतको बेला आपसी सद्भाव र सहकार्य गर्न प्रेरित गर्ने सन्देश प्रवाह गरेको छ। नयाँ पुस्तामा आशा र उत्प्रेरणा प्राप्त हुने शब्दहरु समेत गीतमा समेटिएको छ।शर्माको गीतको म्युजिक भिडिओको निर्देशन पदम तिमल्सिनाले गरेका छन्। हाइलाइट्स नेपालले गीतलाई बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।