बार्सिलोना– लिओनल मेसीले खेल जीवनको ४५ औं ह्याट्रियक गरेको खेलमा बार्सिलोनाले स्पेनिस ला लिगाको खेलमा लेगानेसलाई ३–१ गोलले पराजित गरेको छ।
खेलमा मेसीले २७, ३२ र ८७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। लेगानेसका इल झारले ६८ मिनेटमा गोल गरेपनि सान्त्वनामै सीमित बन्यो।
मेसीले बार्सिलोनाका लागि भने ४० औं ह्याट्रिक गरेका हन्। उनले बाँकी ५ ह्याट्रिक देशका लागि गरेका छन्।
मेसीले जारी सिजनमा २९ गोल गरिसकेका छन्।
मेसीको ह्याट्रिकसँगै बार्सिलोनाले अपराजित खेल संख्या ३८ पुर्याउँदै रेकर्ड बनाएको छ। बार्सिलोनाले स्पेनमा बढी खेलमा पराजित हुने रियल सोसिडाडको रेकर्डसँग बराबरी गरेको हो। सोसिडाड सन् १९७८ देखि १९८० सम्म ३८ खेलसम्म अपराजित रहेको थियो।
जितसँगै बार्सिलोना ला लिगाको उपाधितर्फ बाढेको छ। शीर्ष स्थानको बार्सिलोनाले ३१ खेलबाट ७९ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ६७ र तेस्रो स्थानको रियल म्याड्रिडको ६३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।