म्युनिख– वायर्न म्युनिखले जर्मन बुन्डेस लिगाको उपाधि लगातार छैटौं पटक जितेको छ।
शनिबार राति भएको खेलमा अग्सवर्गलाई ४–१ ले हराउँदै म्युनिखले ५ खेल बाँकी छदै उपाधि हात पारेको हो। पछिल्ला १२ सिजन मध्ये म्युनिखले ११ उपाधि जितेको छ।
लिगमा म्युनिखले २९ खेलबाट ७२ अंक जोडेको छ। दोस्रो स्थानको साल्केको ५२ अंक छ भने एक खेल कम खेलेको बोरुसिया डर्टमुन्डको ४८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।