एजेन्सी- अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण एकै दिन १९ जनाले ज्यान गुमाएका छन्। शनिबार दिउससम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सूचीमा अमेरिका पहिलो नम्वरमा छ।
अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण २ सय ७५ जनाको ज्यान गइसकेको छ । अमेरिकामा कोरोनाको मृत्युदर ६४ प्रतिशतसम्म देखिएको छ।
शनिबार न्युयोर्कमा सबैभन्दा धेरैको ज्यान गयो। न्युयोर्कमा एकै दिन १० जनाको ज्यान गएको छ। सबैभन्दा धेरै केस पनि न्युयोर्कमै देखिएका छन्। अमेरिकामा देखिएका कुल संक्रमितमध्ये ८ हजार ५ सय १५ न्युयोर्कमै छन्। टेक्सस, साउथ क्यारोलिना लगायतका स्थानमा समेत कोरोना भाइरसले ज्यान लिइरहेको छ।
नयाँ संक्रमित पनि अमेरिकामै बढी देखिए शनिबार। शनिबार अमेरिकामा तीन सय ९१ नयाँ संक्रमित देखिए। शनिबारसम्म अमेरिकामा १९ हजार ७ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
संक्रमण देखिएकामध्ये एक सय ४७ जना उपचारपछि घर फर्किएका छन्। रिकभर प्रतिशत ३५ छ अमेरिकामा। कोरोनाको प्रकोप बढ्दै गएपछि अमेरिकाले घरमै बस्न आग्रह गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।