काठमाडौं– सरकारले आगामी ९ गतेदेखि सवै सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै अनिवार्य सेवा दिनुपर्ने कार्यालयबाहेक बन्द गरिएको जनाएका हुन्।
अत्यावश्यक सेवामा विमानस्थल, सञ्चार, पर्यटक, सुरक्षा, स्वास्थ्य, पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु, फोहोरमैला व्यवस्थापन र बैंक बिमा क्षेत्र अनिवार्य सेवा अन्तर्गत पर्छन्।
कार्यालय ९ देखि २१ सम्म बन्द गरिएको उनले आफ्नो सम्बोधनमा बताए। यसैगरी चैत १० गतेदेखि लामो दूरीका यात्रुबाहक बस बन्द गरिनेछन्।
नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान ९ गतेदेखि बन्द गरिएको उनले बताएका छन्। यसैगरी सीमाबाट हुने आवागमनमा कडाइ हुनेछ। सवै यात्रुलाई अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।