• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘खेल पर लगिदिने हो भने हामीसँग के रहला’

64x64
नेपाल लाइभ शुक्रबार, चैत ७, २०७६  १६:३८
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलँदै जाँदा विश्व खेलकुद नराम्ररी प्रभावित भएका छन्। खेलाडी र प्रशिक्षकहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिएका छन्। खेल गतिविधि ठप्प छ। 

अहिलेको अवस्थाले अझै कति पछिसम्म असर देखाउने हो भन्ने डर पनि बढिरहेको छ। खेलाडीको तलब कम हुनेदेखि नयाँ सम्झौताहरुमा पनि समस्या देखिँदै छ। खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा छन्। नियमित अभ्यासमा रहने र खेल गतिविधिमा संलग्न हुने त्यस्ता खेलाडीहरु बन्द घरभित्र खुम्चिनुपर्दा निराश छन्। 

यस्तोमा दक्षिण अफ्रिकाका क्रिकेट खेलाडी डेल स्टेनसँग इएसपिएन क्रिकइन्फोले कोरोना संक्रमण र क्रिकेटसँग सम्बन्धित रहेर कुराकानी गरेको छ। उनी भर्खरै पाकिस्तान सुपर लिगबाट खेल बीचमा नै छाडेर घर फर्किएका हुन्। जहाँ उनी इस्लामाबाद युनाइटेडमा आबद्ध थिए। कोरोना संक्रमणको खतरा बढेपछि नै पाकिस्तान सुपर लिगको सेमिफाइनल खेल हुन नसकेको हो। 

अवस्था कस्तो भइरहेको छ?  
यस्तो अवस्थालाई कसरी बुझाउने मलाई थाहा छैन। तपाईं जहाँसुकै जानुहोस् मानिसहरु कोरोना भाइरस संक्रमणबारे नै कुराकानी गरिरहेका छन्। पसलदेखि प्लेनसम्म त्यही नै मात्र विषय छ, लाग्छ कुराकानीका लागि अब अरु सबै कुरा सकियो। साथीहरु वाट्सएप ग्रुपमा समेत त्यही कुरा गरिरहेका हुन्छन्। त्यसबाट पर हुन नै मुस्किल भइरहेको छ। छुट्टीको समयमा त खोला छेउमा माछा मारेर वा समुन्द्र तटमा खेल्दै बस्नुपर्ने हो तर अवस्था त्यस्तो छैन। 

गएको हप्ता के गरेर बित्यो, बताउन मिल्छ? 
एक हप्ता त यति छिटो बित्यो नि, म पाकिस्तानमा थिएँ। बाहिर पानी परिरहँदा पनि यताउति केही गर्न पाइएन। होटलमा बन्दी जस्तो भएका थियौँ। कतै नहिँड्नु भन्ने आदेश थियो। मलाई नियम मिचेर बाहिर निस्कनु पनि थिएन तर पनि अप्ठ्यारो चाहिँ लाग्ने रहेछ। अझ मैले केही गलत काम गरिदिउँला र पाकिस्तानमा क्रिकेट नै खेल्न नपाउने केही भइदेला भनेर मनमा डर पनि लागिरहेको थियो। 

जसरी दिन बढ्दै गयो उति खराब अवस्था हुँदै गयो। एक दुई दिनसम्म वास्ता नै नभएको कोरोनाबारे अब हरेकले कुराकानी गर्न थालिसकेका थिए। अब त तपाइँसँग ‘स्यानिटाइजर’ अत्यावश्यक भइसकेको थियो।   

पाकिस्तानबाहिरका खेलाडीहरुबीच घर फर्कनेबारे पनि कुराकानी हुन थाल्यो। हामीले कुरा गरिरहँदा अर्को टिमका त नौ जना खेलाडी घर फर्किनै सकेछन्। हामीले पनि बैठक बस्यौँ। त्यसपछि म एकैछिन पौडी खेल्न गएँ। त्यसपछि फेरि अर्को बैठक भयो, जहाँ हामी घर फर्कने भन्ने नै निर्णय भयो। 

त्यतिबेला मैले पनि सोचिरहेको थिएँ किन पो अनावश्यक ‘रिस्क’ लिने। घर फर्किंदा नै ठीक हुन्छ। त्यसै रात नै म घर फर्कन प्लेनमा थिएँ। त्यतिबेलासम्म म फर्किंदैछु भनेर घरमा भन्नसम्म भ्याएको थिइनँ। प्लेनमा चढेपछि नै भने- ‘सुन्नु है, म आज घर फर्कंदैछु भोलि भेटौँला।’ 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले तपाईंसँग पर्याप्त ‘स्यानिटाइजर’ र ‘ट्वाइलेट पेपर’ छन् त? 
अहिले म र मेरो प्रेमिका आमासँग नै बसिरहेका छौँ। हामी बस्ने गरेको घर मर्मत भइरहेको छ त्यसैले पनि त्यहाँ बस्न अलि मिलेन। आमा बस्ने घर सहरबाट अलि पर भएकाले पनि यहाँ नै राम्रो छ। केप टाउनबाट नजिकै रहेको यो ठाउँलाई कोमित्जे भनिन्छ। यो मलाई मनपर्ने ठाउँ पनि हो। यहाँ हामीसँग स्यानिटाइजर र ट्वाइलेट पेपर अझै केही हप्तालाई पुग्नेगरी छ। 

यस्तो समयमा धेरै सामान एकैपटक किनेर थुपारेर राख्नु राम्रो पनि होइन। कतिलाई आजकै लागि छैन कसैले वर्ष दिनका लागि जम्मा गर्नु कदापि हुँदैन। दुई हप्ताको लागि किनेर अर्को दिन जाँदा त पसलबाट सब ट्वाइलेट पेपर कसैले उठाइदिसकेछ। 

धेरै मानिसहरुको जीवन हरेक दिनको आवश्यकता पूरा गर्ने र अर्को दिन त्यही दिनका लागि काम गरेर अगाडि बढ्ने बानी हुन्छ। त्यसैले एकै परिवारले अनावश्यक रुपमा सामान थुपार्ने गर्नु हुँदैन। 

Xtrem

Xtrem

यी कुराले परिवारमा कत्तिको हैरानी आउला भन्ने लाग्छ? 
अहिले सबै फुर्सदमा हुँदा पनि मेरो आमा नै व्यस्त भइरहनुभएको छ। उहाँ के के काम गरिनै रहनुहुन्छ। काम गर्ने मान्छेहरुको छोराछोरी हेरेर पनि बसिरहनुहुन्छ। अहिले सबै विद्यालयहरु बन्द रहेकाले पनि गाउँमा रहेका केटाकेटीहरु सम्हाल्न सजिलो छैन। उनीहरुलाई हेर्ने मान्छेको खाँचो छ। त्यसैले मेरो आमा टोल वरपरका केटाकेटीको रेखदेखमा समय दिइरहनुभएको छ। अर्को कुरा हामी समयका बारेमा उति चिन्ता गर्दैनौँ, आरामले बसिरहेका हुन्छौँ। गएको तीन दिनमा जति तनाव भयो अब त्यति तनाव त वर्षभरि नै पनि हुँदैन। अहिले ‘सेल्फ आइसोलेसन’मा बस्न यता घरमा जस्तो ठाउँ कतै होला जस्तो पनि लाग्दैन। 

तपाइँको क्रिकेट अभ्यासमा कस्तो प्रभाव परिरहेको छ? 
सबैलाई थाहै छ, म उति धेरै खेल अभ्यास गर्दै बस्ने मान्छे पनि होइन। म खेल जीवनको यस्तो अवस्थामा छु कि मलाई लाग्छ- अहिले म सोचेकै बेला बाउन्सर, योर्कर, लेन्थ बल सबै फाल्न सक्छु। खेलको दिनमा नै वार्मअप गर्दा म ती कुराहरुमा विचार गर्छु र धेरै हदसम्म सफल पनि हुन्छु। सबैभन्दा ठूलो कुरा त मानसिक रुपमा खेलका लागि तयार हुनु नै रहेछ। 

अर्को विचार गर्नुपर्ने कुरा शरीरको स्फुर्ति कायम रहिरहोस् भन्ने पनि हो। फिटनेसका लागि त अहिले पनि काम गरिरहेको नै हुन्छु। अब मैदानमा खेल्न पाइने कहिले हो भन्ने पनि यकिन छैन। अबको प्रतियोगिता भनेको इन्डियन प्रिमियर लिग (आइपिएल) नै होला। त्यसका लागि म फिट भएर नै बस्नेछु।

अहिले घरमा नै बसिरहेका बेला पुरानो खेलको कुनै भिडियो हेर्न मन लाग्यो भने तपाइँको रोजाइमा कुन खेल हुनेछ? 
प्राय त १९९९ अगाडिको खेलहरु नै हुन्छ होला। १९९२, १९९६ र १९९९ का विश्वकपका खेलहरु मलाई धेरै मन पर्छ। त्यसपछि २००३ को विश्वकप पनि राम्रो लाग्छ। किनभने त्यो समयदेखि नै मैले ब्रेट लिलाई राम्ररी नियालेको हो। त्यही बेला जोन्टीका साथै वासिम अक्रमको खेल पनि धेरै राम्ररी हेर्न पाएको थिएँ। त्यो सबै खेलहरु हेर्दा निकै भावुक पनि हुन्छु। मेरो रोजाइँमा कसैले चार सय रन बनाएको खेल हुँदैन, मेरो रोजाइँमा कुनै बलरको बल स्वीङ भएका क्षणहरु पर्छन्। 

विभाजनका बीच पनि एकताको सन्देश दिएको खेलकुदले नै थियो। खेलकुदमा तपाइँको धर्म, जाति के हो? तपाइँको छालाको रंग कस्तो छ भन्ने केही कुराको वास्ता हुँदैन। यदि तपाइँले खेलकुदलाई पर लगिदिनुभयो भने बाँकि के रहन्छ भन्ने त मलाई थाहा छैन। 

समय हुँदा तपाईंलाई माछा मार्न पनि खुब मनपर्छ, अहिले त्यस्तो केही योजना त छैन? 
मलाई माछा मार्न मन पर्ने जमेको पानीमा होइन, बगिरहेको पानीमा नै हो। अहिले मन लाग्यो भने गाडी लिएर एक्लै कतै पर खोलातिर जान पनि सक्छु। तर अहिले पनि सहरदेखि टाढा आरामले नै बसिरहेकाले त्यस्तो केही योजना भने छैन। कहिलेकाहिँ केही नगरी बस्न पनि रमाइलो नै हुन्छ। 

आइसोलेसनमा बस्नुपर्दा अर्को एकजना साथी राख्न मिल्दा तपाइँको रोजाइमा को पर्छ? वा योसँग चाहिँ बस्नै नपरे हुन्थ्यो भन्ने कोही छ? 
क्वारेन्टाइनमा एक जनासँग मिल्छ भने त मलाई क्वान्टन डि ककसँग बस्न मन पर्छ। विश्वमा मलाई मनपर्ने मान्छेमा डि कक हुन्। यदि तपाइँ उसको कोठामा जानुभयो भने कि त माछा पकाइरहेको हुनेछ कि त माछा पकाइरहेको वा माछा पालिरहेको भिडियो हेरिरहेको हुनेछ। मलाई पकाउने भनेसी असाध्यै अल्छी लाग्छ त्यसले ऊ भयो भने त गजव। ऊ निकै राम्रो कुक हो। 

र मलाई कसैसँग बस्नै नपरे हुन्थ्यो भन्ने चाहिँ कोहि छैन। तर धेरै गीत बजाएर सुनिरहनुपर्ने मान्छेसँग चाहिँ बस्नु नपरे हुन्थ्यो भन्ने लाग्छ। 

यस्तो समयमा खेलको महत्व के रहला? 
खेलको महत्व त रहि नै हाल्छ। हाम्रो जस्तो देशमा हरेक मानिसलाई एक ढिक्का बनाउने भनेकै खेलकुदले हो। पहिले त विभाजनका बीच पनि एकताको सन्देश दिएको खेलकुदले नै थियो। खेलकुदमा तपाइँको धर्म, जाति के हो? तपाइँको छालाको रंग कस्तो छ भन्ने केही कुराको वास्ता हुँदैन। यदि तपाइँले खेलकुदलाई पर लगिदिनुभयो भने बाँकि के रहन्छ भन्ने त मलाई थाहा छैन। 

समर्थकहरुका लागि केही सन्देश छ? 
स्वस्थ रहनुहोस्, हात धोइरहने बानि गर्नुहोस्, आफ्नो ख्याल गर्नुहोस्।

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था?
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्