• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारको चिन्ता : कोरोना जोखिम बढ्दै गए खर्च कहाँबाट ल्याउने?

64x64
सविन मिश्र शुक्रबार, चैत ७, २०७६  १०:२०
1140x725

काठमाडौं- कोरोना भाइरसकाे जोखिम बढ्दै जाँदा मुलुकभित्र तथा बाहिरका आर्थिक कृयाकलाप ठप्प हुँदा सरकारमाथि चिन्ता थपिएको छ, जोखिम बढ्दै गए खर्च कहाँबाट ल्याउने? आर्थिक कृयाकलाप ठप्प हुँदा राजस्व संकलन प्रभावित हुने तर सरकारमाथि अनिवार्य दायित्व बढ्दै जान सक्ने भएकाले अर्थ मन्त्रालयमाथि स्रोतको दबाब बढ्दै गएको हो। 

कोरोनाको जोखिम बढ्दै जाँदा उपभोक्ताले भविष्यमा उपभोगका लागि सञ्चित गर्न वस्तु खरिद बढाउँदा फागुनमा आन्तरिकतर्फको राजस्वमा निकै सुधार देखिएको छ। आन्तरिकतर्फ मूल्य अभिवृद्धि कर ३८ प्रतिशतले बढेको छ भने आयकर पनि उल्लेख्य सुधार भएको छ। माघसम्म ८ प्रतिशत हाराहारीमा बढेको अन्त:शुल्क फागुनमा १० प्रतिशतले बढेको छ।

तर चैत लागेसँगै कोरोनाको संक्रमणको जोखिम बढेपछि सरकारले नै २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन दिइसकेको छ। अत्यावश्यकबाहेक घर बाहिर नजान पनि सरकारले आग्रह गरिसकेको छ। यसका कारण मुलुकभित्रको आर्थिक गतिविधि थप संकुचन हुनेछन्। 

यसैगरी नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार रेमिट्यान्स ०.५ प्रतिशतले घटेको छ। रेमिट्यान्स घटेसँगै त्यसको प्रत्यक्ष असर उपभोगमा देखिन्छ भने अन्य कारोबार पनि कम हुन थाल्छन्। कोरोनाको जोखिमका कारण सवारी साधनको व्यापारमा प्रत्यक्ष प्रभाव परिसकेको छ भने घरजग्गा कारोबार शून्य जस्तै बनेको छ। कोरोनाकै प्रभावका कारण सेवा क्षेत्रमा सबैभन्दा ठूलो संकट देखिएको छ। 

'कोरोनाले अर्थतन्त्रमा कति प्रभाव पर्छ भन्ने कुरा त अध्ययनमै छ, तर सरकारमाथि स्वाभाविक दबाब बढाएको छ,' अर्थचसिव शिशिरकुमार ढुंगानाले भने, 'कति अवधिमा यो समस्या समाधान हुन्छ भन्न सकिँदैन, हामीले विभिन्न रणनीति बनाएर अघि बढ्नुपर्ने हुन्छ, त्यसतर्फ सचेत छौँ।'

Ncell 2
Ncell 2
nimb
nimb

कोरोनाको दबाब बढ्दै गए सरकारमाथि खर्चको स्वाभाविक दबाब बढ्नेछ। कोरोना नियन्त्रणका लागि खर्च जुटाउनुपर्नेदेखि अनिवार्य दायित्व भुक्तानीसम्मका लागि पनि सरकारले खर्च गर्नुपर्छ। यसैगरी कोरोनाको संक्रमण फैलिए त्यसको नियन्त्रण तथा उपचारका लागि पनि राज्यले ठूलो रकम खर्च गर्नुपर्छ। 'अहिलेको चुनौति भनेकै खर्च व्यवस्थापन हो,' सचिव ढुंगानाले भने। 

अर्थतन्त्रमा दबाब बढेसँगै कोरोनाको नियन्त्रणपछि अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन पनि नयाँ रणनीति बनाएर अघि बढ्नुपर्ने उनले बताए। कोरोनाले अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेका छन्। सरकारले अध्ययन सकेपछि अर्थतन्त्रमा कति प्रभाव पर्‍यो भन्ने यकिन तथ्यांक आउनेछ। 

भन्सार विभागका अनुसार बिहीबारसम्म वैदेशिक व्यापारमा कोरोनाको प्रभाव देखिएको छैन। सामान आयात निर्यात यसअघि जस्तै सामान्यरुपमा भए पनि कोरोनाको जोखिमका कारण मानिसहरुले व्यापारिक कृयाकलाप घटाउँदै जाँदा भविष्यमा सामान आयात प्रभावित हुन्छ। 'अहिलेसम्म वैदेशिक व्यापारमा प्रभाव परेको छैन, अब भविष्यमा कसरी बढ्छ अध्ययनकै क्रममा छौँ,' कायममुकायम राजस्व सचिव रामशरण पुडासैनीले भने। 

Xtrem
Xtrem

कोरोनाको जोखिम बढेसँगै नेपाल आउने सामानलाई भारतको कलकत्ता बन्दरगाह व्यवस्थापनले १४ दिन समुन्द्रमा नै राख्न थालेको छ। समुन्द्रमा १४ दिन राखेपछि मात्रै सामान नेपाल पठाउने प्रक्रिया सुरु हुनेछ। भारतले कोरोना प्रभावित मुलुकहरुबाट आयात हुने सामानमा यो नियम लगाएको छ। 

'अहिलेसम्म सामान्य रहेको वैदेशिक व्यापारमा यस्ता निर्णयले प्रभाव पर्न सक्नेछन्,' भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, 'खाद्यवस्तु आयातमा रोक लगाइसकिएको छ, अहिले एलसी खुलेनन् भने भविष्यमा सामान नआउने हुन सक्छ।'

राजस्व संकलन प्रभावकारी नभए सरकारमाथि स्रोतको थप दबाब बढ्नेछ। कोरोनाकै प्रभावका कारण ठूला आयोजनाको काम अघि बढेको छैन। जसका कारण सरकारले छुट्याएको पुँजीगत खर्च झनै कमजोर हुनेछ। पुँजीगत खर्च कमजोर हुँदा निर्माण सामग्रीको खपत हुने छैन भने त्यसले राजस्व संकलन झन् कमजोर बनाउनेछ। 

'कोरोनाले स्रोतमा दबाब बढाउने निश्चित छ, यसबारे कसरी अघि बढ्ने हामी छलफलमै छौँ,' पुडासैनीले भने। 

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १०:२०
  • #काेराेना
  • #अर्थतन्त्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्