काठमाडाैं- अमेरिकामा कोरोना भाइरसकाे संक्रमण बढ्दो रुपमा देखिएपछि क्यालिफोर्नियाका मानिसहरूलाई घरबाट बाहिर ननिस्किन अपिल गरिएकाे छ।
क्यालिफोर्नियाका गभर्नर गेविन न्यूजमले नागरिकहरूलाई आवश्यक काम नभए घर नछोड्न आग्रह गरे। यसअघि उनले आउँदो दुई महिनामा ४ करोड जनसंख्या भएको देशमा आधा जनसंख्या कोराेनाकाे सम्पर्कमा आउने सम्भावना रहेकाे बताएका थिए।
अमेरिकामा अहिलेसम्म १४ हजार २२९ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ भने २१७ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।