काठमाडौं- बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकले औपचारिक रूपमा सेवा सुरु गरेको छ। सुरुवातका अवसरमा विभिन्न स्वास्थ्य प्याकेजहरुमा ५० प्रतिशतसम्म छुट तथा अन्य सेवामा २५ प्रतिशत छुटको व्यवस्था सुरु गरेको टेस्लाले जानकारी दिएको छ। बुधबार टेस्लाले औपचारिक रुपमा सेवा सुरु गरेको हो।
स्वास्थ्य सेवासम्बन्धी अनुभवी समूहले डायाग्नोस्टिक, अनुसन्धान तथा वेलनेश क्लिनिक स्थापना गरी सेवा सुरु गरेको बताइएको छ। किफायती दरमा नयाँ प्रविधिका साथमा उच्चमत गुणस्तरको मेडिकल सेवा प्रदान गर्नु आफूहरूको उद्देश्य भएको टेस्लाले दाबी गरेको छ।
क्लिनिकले रेडियोलोजीसम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गर्ने बताएको छ।
एमआरई ६४ स्लाइस सिटीस्क्यान, डिजिटल एक्सरे, डिजीटल म्यामोग्राफी, डेन्टर ओबिजी सिबीसिटी, अल्ट्रासाउण्ड र कलर डप्लरका साथ प्याथोलोजी ल्याबका आधारभूत जाचँसम्बन्धी सेवा पनि उपलब्ध छन्। इको कार्डियोलोजी, एबीपी, होल्टर, इसिजी, पिएफटी, युरिया ब्रेथ टेस्ट र बिएमडीलगायत अन्य डाइग्नोष्टिक सेवा पनि प्रदान गरिने टेस्लाको भनाइ छ।
टेस्लाले बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सेवा प्रवाह गर्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।