काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने ३ टिमको टुंग्गो लागेको छ। लगातार ४ खेलमा विजयी भएको काठमाडौं गोल्डेन्सले क्वालिफायरमा स्थान पक्का गरेको छ। यस्तै टिम चौराहा धनगढी र महेन्द्रनगर युनाइटेडले पनि प्लेअफमा स्थान पक्का गरेका छन्। अब विराटनगर किंग्स र सिवाइसी अत्तरिया मध्ये एक टिम प्लेअफमा पुग्नेछ।
आइतबार हुने विराटनगर र अत्तरियाबीचको खेल निर्णायक हुने भएको छ। दिउँसो एक बजे हुने समूह चरणको यो अन्तिम खेलबाट प्लेअफमा पुग्ने अन्तिम टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम प्लेअफमा पुग्नेछ भने हार्ने टिम बाहिरनेछ। वर्षाले खेल रद्द भएमा अत्तरिया बाहिरिनेछ।

यता आइतबार नै हुने काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको खेलले क्वालिफायर र एलिमिनेटरको टुंगो लाग्नेछ। हार ब्यहोरेपनि काठमाडौंले क्वालिफायरमा स्थान बनाइसकेको छ। महेन्द्रनगरका लागि जितले क्वालिफाइनरमा स्थान बन्नेछ। महेन्द्रनगरले हार ब्याहोरेको खण्डमा धनगढीले क्वालिफायरमा स्थान बनाउनेछ।
शीर्ष २ मा रहँदै क्वालिफायरमा पुग्ने टिम जित हात पारे फाइनलमा पुग्नेछ। हार ब्याहोरेपनि दोस्रो पटक फाइनलका लागि खेल्न पाउनेछ। तेस्रो र चौथो टिम भने इलिमिनेटरमा पुग्नेछन्। एलिमिनेटरमा जित हात परे दोस्रो क्वालिफाइरमा पुग्नेछ भने हार बेहोरे बाहिरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।