• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

७६ करोड कर नतिर्न ७ वर्षदेखि सर्वोच्च धाउँदै डिप्रोक्स नेपाल

एक वर्षको तिरेर १२ वर्षको छुट माग
64x64
दुर्गा दुलाल मंगलबार, चैत ४, २०७६  १४:४१
1140x725

काठमाडौं- डिप्रोक्स नेपालले  १२ वर्षसम्मको आयकर नतिर्न ७ वर्षदेखि सर्वोच्च अदालत धाइरहेको पाइएको छ। गैरसरकारी संस्थाका रुपमा दर्ता भई लघुवित्तको कारोबार गरिरहेको डिप्रोक्सले आर्थिक वर्ष २०५६/०५७ देखि २०६७/६८ सम्मको आयकर तिर्न नपर्ने दाबी गर्दै सर्वोच्च धाउँदै आएको पाइएको हो।  हाल नाडेप लघुवित्तकाे रुपमा काम गरिरहेकाे यसले कर विवादमा  बाहिर निस्कन पटक पटक सर्वाेच्च धाएकाे हाे ।

डिप्रोक्सले १४ वर्षसम्मको कर नतिर्न दाबी गर्दै तीनपटक सर्वोच्चमा मुद्दा हालेको छ। दुई पटक मुद्दाकाे फैसला भइसकेकाे छ भने डिप्रोक्सले तेस्रो पटक २०७६ मंसिर १५ मा सर्वोच्चमा मुद्दा हालेको हो। लघुवित्तमार्फत् जनतासँग १९ प्रतिशत ब्याज असुल गर्ने डिप्रोक्सले ७६ करोड ९४ लाख ५५ हजार ७ सय ६६ रुपैयाँ राज्यलाई बुझाउनुपर्ने कर तिर्न अस्वीकार गर्दै आएको हो। 

डिप्रोक्सले सार्वजनिक हित तथा परोपकारी कार्य गर्ने उद्देश्यले स्थापित भई मुनाफारहित गैरसरकारी संस्था सञ्चालन गर्दै आएकाले आयकर ऐन २०३१ अनुसार स्वतः कर छुट पाउनुपर्ने दाबी गर्दै आएको छ।  २०६१ भदौ १ मा आफ्नो कम्पनीले आयकर छुटको प्रमाणपत्रसमेत पाएको दाबी डिप्रोक्सको छ। 

यसरी भयो कर विवादको सुरुवात 
आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर प्राप्त नभएको भन्दै राजस्व कार्यालय क्षेत्र नम्बर २ ले मिति २०६९ माघ १४ गते पत्र लेखेको थियो। यसपछि पछिल्लो कर विवाद सुरु भएको हो। 

राजस्व कार्यालयले सरकारलाई बुझाउनुपर्ने राजस्व लामो समयसम्म प्राप्त नभएको भन्दै ०५६/०५७ देखि ०६७/६८ सम्मको २१ करोड  ६६ लाख ९ हजार २९ रुपैया निर्धारण गर्‍यो। डिप्रोक्सको खुद आय कायम गर्दै १२ वर्षको आयकर, ब्याज तथा शुल्कसमेत बुझाउन राजस्व विभागले पत्र लेख्यो।

Ncell 2
Ncell 2
nimb
nimb

१२ वर्षसम्म आयकर उठाउन मौन रहेको विभागले एक्कासी पत्र लेखेपछि डिप्रोक्स २०६९ माघ २५ गते रिट निवेदन लिएर सर्वोच्च अदालत पुग्यो। उक्त रिटमा २०७० पुस ३ मा न्यायाधीशद्वय दामोदर शर्मा र प्रकाश वस्तीको इजलासले फैसला सुनाएको थियो। फैसलाअनुसार डिप्रोक्सका तर्फबाट १२ वटा निवेदन दायर भएका थिए भने अर्थ मन्त्रालय र आन्तरिक राजस्व कार्यालयले पनि भ्याकेटको निवेदन दिएका थिए। दुवैको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले २०६९ माघ १४ गते निर्धारण भएको कर बदर गर्दै ३ महिनाभित्र पुनः निर्णय गर्न भन्यो। सर्वोच्चले आफ्नो फैसलामा डिप्रोक्ससँग कर असुल नगर्नू नभनेकाले यो विवाद जीवितै रह्यो। 

सर्वोच्चको पूर्णपाठपछि आन्तरिक राजस्व कार्यालयले २०७१ कात्तिक २७ गते पुनः १२ आर्थिक वर्षको कर तिर्न पत्र पठायो। 

एक आर्थिक वर्षको तिरेर १२ वर्षको छुट खोज्दै 
यही विवाद चलिरहेको समयमा डिप्रोक्सले एक आर्थिक वर्षको आयकर तिर्‍यो। आर्थिक वर्ष ०७४/७५को १३ लाख १० हजार ५ सय रुपैयाँ डिप्रोक्सले २०७५ मंसिर १ गते बुझायो। २०७५ मा आर्थिक ऐनमा दफा २३ मा एउटा व्यवस्था गरियो। उक्त ऐनमा २०७४/०७४ को आय विवरण र कर तिरेमा छुट पाउने व्यवस्था गरियो। सोही व्यवस्थाका कारण आफूहरूले १२ वर्षकै कर मिनाहा पाउनुपर्ने दाबी डिप्रोक्सले गर्‍यो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आर्थिक वर्ष २०७४/०७५ को कर बुझाएर चुक्ता प्रमाणपत्र लिएको भन्दै २०७५ मंसिर २६ गते सर्वोच्चले डिप्रोक्सको दोस्रो रिट खारेज हुने फैसला सुनाएको थियो। प्रधानन्यायाधीशसहित ५ न्यायाधीशको इजलासले डिप्रोक्सको निवेदन खारेज गर्ने फैसला सुनाएको थियो।

उक्त मुद्दामा कर कार्यालयले व्यावसायिक कारोबार र लगानीबाट प्राप्त आयमा कर छुट दिने नभई उसले प्राप्त गर्ने चन्दा, उपहार र अन्यमा मात्र कर नलाग्ने भनेकाले उसको दाबी गलत भएकाले कर निर्धारण गरेको जवाफ सर्वोच्चमा दिँदै आएको छ। 

के हो डिप्रोक्स नेपाल ?
डिप्रोक्स शुरुमा गैरसरकारी संस्थाको  रुपमा दर्ता भएकाे थियाे ।२०७२ वैशाख देखि यसले नाडेप लघुवित्तकाे रुपमा काम गर्दै आएकाे छ । नाडेप लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ। संस्थाले हाल ८६ वटा शाखा तथा उपशाखाबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ। संस्थाले एक अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन तथा दुई अर्ब ३० करोड रुपैयाँ बरोइङ गरि तीन अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरिरहेको छ।

नाेट   यसअघि याे समाचारमा डिप्राेक्स लघुवित्त भएकाेमा सच्चाइएकाे छ । डिप्राेक्स नेपाल अन्तर्तगतकाे कर विवादकाे पहिलाे  समाचारमा भुलवस डिप्राेक्स लघुवित्त पर्न गएकाेमा क्षमा याचना गर्दछाै ।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १४:४१
  • #deprosc

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सम्मेलनमा सहभागी हुने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई भ्रमण भत्ता, विभिन्न सामग्री, कर्जा सहायता तथा सम्... सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ आउँदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो आइतबार सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्