• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

७६ करोड कर नतिर्न ७ वर्षदेखि सर्वोच्च धाउँदै डिप्रोक्स नेपाल

एक वर्षको तिरेर १२ वर्षको छुट माग
64x64
दुर्गा दुलाल मंगलबार, चैत ४, २०७६  १४:४१
1140x725

काठमाडौं- डिप्रोक्स नेपालले  १२ वर्षसम्मको आयकर नतिर्न ७ वर्षदेखि सर्वोच्च अदालत धाइरहेको पाइएको छ। गैरसरकारी संस्थाका रुपमा दर्ता भई लघुवित्तको कारोबार गरिरहेको डिप्रोक्सले आर्थिक वर्ष २०५६/०५७ देखि २०६७/६८ सम्मको आयकर तिर्न नपर्ने दाबी गर्दै सर्वोच्च धाउँदै आएको पाइएको हो।  हाल नाडेप लघुवित्तकाे रुपमा काम गरिरहेकाे यसले कर विवादमा  बाहिर निस्कन पटक पटक सर्वाेच्च धाएकाे हाे ।

डिप्रोक्सले १४ वर्षसम्मको कर नतिर्न दाबी गर्दै तीनपटक सर्वोच्चमा मुद्दा हालेको छ। दुई पटक मुद्दाकाे फैसला भइसकेकाे छ भने डिप्रोक्सले तेस्रो पटक २०७६ मंसिर १५ मा सर्वोच्चमा मुद्दा हालेको हो। लघुवित्तमार्फत् जनतासँग १९ प्रतिशत ब्याज असुल गर्ने डिप्रोक्सले ७६ करोड ९४ लाख ५५ हजार ७ सय ६६ रुपैयाँ राज्यलाई बुझाउनुपर्ने कर तिर्न अस्वीकार गर्दै आएको हो। 

डिप्रोक्सले सार्वजनिक हित तथा परोपकारी कार्य गर्ने उद्देश्यले स्थापित भई मुनाफारहित गैरसरकारी संस्था सञ्चालन गर्दै आएकाले आयकर ऐन २०३१ अनुसार स्वतः कर छुट पाउनुपर्ने दाबी गर्दै आएको छ।  २०६१ भदौ १ मा आफ्नो कम्पनीले आयकर छुटको प्रमाणपत्रसमेत पाएको दाबी डिप्रोक्सको छ। 

यसरी भयो कर विवादको सुरुवात 
आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर प्राप्त नभएको भन्दै राजस्व कार्यालय क्षेत्र नम्बर २ ले मिति २०६९ माघ १४ गते पत्र लेखेको थियो। यसपछि पछिल्लो कर विवाद सुरु भएको हो। 

राजस्व कार्यालयले सरकारलाई बुझाउनुपर्ने राजस्व लामो समयसम्म प्राप्त नभएको भन्दै ०५६/०५७ देखि ०६७/६८ सम्मको २१ करोड  ६६ लाख ९ हजार २९ रुपैया निर्धारण गर्‍यो। डिप्रोक्सको खुद आय कायम गर्दै १२ वर्षको आयकर, ब्याज तथा शुल्कसमेत बुझाउन राजस्व विभागले पत्र लेख्यो।

nimb
nimb
Ncell 2
Ncell 2

१२ वर्षसम्म आयकर उठाउन मौन रहेको विभागले एक्कासी पत्र लेखेपछि डिप्रोक्स २०६९ माघ २५ गते रिट निवेदन लिएर सर्वोच्च अदालत पुग्यो। उक्त रिटमा २०७० पुस ३ मा न्यायाधीशद्वय दामोदर शर्मा र प्रकाश वस्तीको इजलासले फैसला सुनाएको थियो। फैसलाअनुसार डिप्रोक्सका तर्फबाट १२ वटा निवेदन दायर भएका थिए भने अर्थ मन्त्रालय र आन्तरिक राजस्व कार्यालयले पनि भ्याकेटको निवेदन दिएका थिए। दुवैको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले २०६९ माघ १४ गते निर्धारण भएको कर बदर गर्दै ३ महिनाभित्र पुनः निर्णय गर्न भन्यो। सर्वोच्चले आफ्नो फैसलामा डिप्रोक्ससँग कर असुल नगर्नू नभनेकाले यो विवाद जीवितै रह्यो। 

सर्वोच्चको पूर्णपाठपछि आन्तरिक राजस्व कार्यालयले २०७१ कात्तिक २७ गते पुनः १२ आर्थिक वर्षको कर तिर्न पत्र पठायो। 

एक आर्थिक वर्षको तिरेर १२ वर्षको छुट खोज्दै 
यही विवाद चलिरहेको समयमा डिप्रोक्सले एक आर्थिक वर्षको आयकर तिर्‍यो। आर्थिक वर्ष ०७४/७५को १३ लाख १० हजार ५ सय रुपैयाँ डिप्रोक्सले २०७५ मंसिर १ गते बुझायो। २०७५ मा आर्थिक ऐनमा दफा २३ मा एउटा व्यवस्था गरियो। उक्त ऐनमा २०७४/०७४ को आय विवरण र कर तिरेमा छुट पाउने व्यवस्था गरियो। सोही व्यवस्थाका कारण आफूहरूले १२ वर्षकै कर मिनाहा पाउनुपर्ने दाबी डिप्रोक्सले गर्‍यो।

आर्थिक वर्ष २०७४/०७५ को कर बुझाएर चुक्ता प्रमाणपत्र लिएको भन्दै २०७५ मंसिर २६ गते सर्वोच्चले डिप्रोक्सको दोस्रो रिट खारेज हुने फैसला सुनाएको थियो। प्रधानन्यायाधीशसहित ५ न्यायाधीशको इजलासले डिप्रोक्सको निवेदन खारेज गर्ने फैसला सुनाएको थियो।

उक्त मुद्दामा कर कार्यालयले व्यावसायिक कारोबार र लगानीबाट प्राप्त आयमा कर छुट दिने नभई उसले प्राप्त गर्ने चन्दा, उपहार र अन्यमा मात्र कर नलाग्ने भनेकाले उसको दाबी गलत भएकाले कर निर्धारण गरेको जवाफ सर्वोच्चमा दिँदै आएको छ। 

के हो डिप्रोक्स नेपाल ?
डिप्रोक्स शुरुमा गैरसरकारी संस्थाको  रुपमा दर्ता भएकाे थियाे ।२०७२ वैशाख देखि यसले नाडेप लघुवित्तकाे रुपमा काम गर्दै आएकाे छ । नाडेप लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ। संस्थाले हाल ८६ वटा शाखा तथा उपशाखाबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ। संस्थाले एक अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन तथा दुई अर्ब ३० करोड रुपैयाँ बरोइङ गरि तीन अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरिरहेको छ।

नाेट   यसअघि याे समाचारमा डिप्राेक्स लघुवित्त भएकाेमा सच्चाइएकाे छ । डिप्राेक्स नेपाल अन्तर्तगतकाे कर विवादकाे पहिलाे  समाचारमा भुलवस डिप्राेक्स लघुवित्त पर्न गएकाेमा क्षमा याचना गर्दछाै ।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १४:४१
  • #deprosc

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सुनसरी घटनामा रास्वपाले भन्यो  : सरकारले दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ पार्टीका सभापति रवि लामिछानेद्वारा मंगलबार जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्... मंगलबार, साउन १२, २०८३
काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन श्रेष्ठको मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले जानकारी दिएक... मंगलबार, साउन १२, २०८३
कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन चर्कियो, कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड प्रदर्शनकारीले मंगलबार पूर्व–पश्चिम राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। प्रदर्शनका क्रममा कोश... मंगलबार, साउन १२, २०८३
ताजा समाचारसबै
सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिबद्धता, सरकारको भूमिकाप्रति काँग्रेसको प्रश्न बुधबार, साउन १३, २०८३
रास्वपा केन्द्रीय समिति बैठक बस्दै बुधबार, साउन १३, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु बुधबार, साउन १३, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन चर्कियो, कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड मंगलबार, साउन १२, २०८३
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकले किन दिए सामूहिक राजीनामा ? मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्