• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक १९, २०८२ Wed, Nov 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विश्वकै लोकप्रिय आइपिएल क्रिकेट शनिबारदेखि, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने

64x64
नेपाल लाइभ शनिबार, चैत २४, २०७४  ०९:१८
1140x725

मुम्बई– इन्डियन प्रिमियर लिग(आइपिएल) क्रिकेटको ११औँ संस्करण आजदेखि सुरु हुँदैछ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले सन् २००७ देखि टि–२० फर्म्याटमा प्रतियोगिताको आयोजना गर्दै आएको छ। 

८ टिमको सहभागिता रहने प्रतियोगितामा कुल ६० खेलहरु हुनेछन्। विश्वभरका चर्चित क्रिकेट खेलाडीहरुको सहभागिता रहने आइपिएलमा लिग चरणका खेलहरु डबल राउन्ड रोविन तथा प्लेअफका खेलहरु भने नकआउटका आधारमा खेलाइनेछ। प्रत्येक टिममा अक्सनबाट भारतीय तथा विदेशी खेलाडीहरुको किनबेच गरिएको थियो। जसमा इंग्ल्यान्डका बेन स्टोक्सलाई प्रतियोगिताकै सर्वाधिक १२ दशमलब ५ करोड भारुमा राजस्थान रोयल्सले खरिद गरेको छ। आइपिएलको अघिल्लो सिजनमा पनि स्टोक्स नै सबैभन्दा महंगो खेलाडी थिए। 

भारतीय खेलाडीको तर्फबाट भने जयदेव उनदकटलाई सर्वाधिक महंगो राशिमा खरिद गरिएको छ। राजस्थान रोयल्सले नै जयदेवलाई आफ्नो टोलीमा पार्न साढे ११ करोड भारु खर्चिएको थियो। 
त्यसपछि भारतका केएल राहुल, मनिष पान्डे तथा अष्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन शिर्ष ५ मंहगा खेलाडी हुन्। गत जनवरी २६ र २७ मा खेलाडीहरुको अक्सन सम्पन्न भएको थियो। 

सहभागी टिमहरुः
प्रतियोगितामा जम्मा ८ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। उनीहरुले लिग चरण अन्तर्गत विपक्षी टोलीसँग ‘होम एन्ड अवे’को आधारमा खेल खेल्नेछन्। 
चेन्नई सुपरकिंग्स
मुम्बई इन्डियन्स
कोलकाता नाइटराइडर्स
दिल्ली डेयरडेभिल्स
सनराइजर्स हैदराबाद
राजस्थान रोयल्स्
रोयल च्यालेन्जर्स बैंग्लोर
किंग्स इलेवन पन्जाब

खेल मैदानहरुः
प्रतियोगिता सञ्चालनका लागि १० वटा खेल मैदानहरु तयार गरिएका छन्। प्रतियोगिताको उद्घाटन खेल भने मुम्बईको वांखेडे स्टेडियममा हुनेछ। मे २७ मा हुने प्रतियोगिताको फाइनल खेलसमेत वांखेडे स्टेडियमा नै हुने तय भएको छ। 

चिन्नास्वामी स्टेडियम, बैंगलोर
फिरोज शाह कोटला खेल मैदान, दिल्ली
राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, हैदराबाद
होल्कार क्रिकेट मैदान, इन्दोर
सवाइ मानसिंह स्टेडियम, जयपुर
इडेन गार्डेन खेल मैदान, कोलकाता
पन्जाव क्रिकेट एसोसियशन आइएस बिन्द्रा स्टेडियम, मोहाली
वांखेडे स्टेडियम, मुम्बई
महाराष्ट्र क्रिकेट एसोसियशन स्टेडियम, पुने
एमए चिदाम्बरम स्टेडियम, चेन्नई

उद्घाटन खेल
प्रतियोगिताको उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले चेन्नई सुपरकिंग्सको सामना गर्नेछ। मुम्बईको वांखेडे स्टेडियममा नेपाली समयअनुसार आज बेलुका सवा ८ बजे खेल सुरु हुनेछ। 

Ncell 2
Ncell 2

मुम्बईले हालसम्म सर्वाधिक ३ पटक प्रतियोगिताको उपाधि हात पारेको छ भने चेन्नई पनि २ पटक आइपिएलको उपाधि हात पार्ने टिम हो। 
आजको खेलमा मुम्बई रोहित शर्मा तथा चेन्नई भने महेन्द्र सिंह ध्वनीको कप्तानीमा मैदानमा उत्रनेछ। उद्घाटन खेलमा जित हात पार्दै दुबै टोली प्रतियोगिताको सुखद सुरुवात गर्न चाहन्छन्। 

हालसम्म यी दुवै टोली बीच २२ खेलहरु भएका छन्। जसमा मुम्बई १२ तथा चेन्नई १० खेलमा विजयी भएको छ। वांखेडे खेल मैदानमा भएका ७ खेलमा मुम्बईले ५ खेलमा विजयको झण्डा गाडेको छ। वांखेडे स्टेडियम मुम्बईको घरेलु मैदान भएकाले उसले दर्शकहरुको भरपुर साथ पाउने देखिन्छ। 

मुम्बईमा रोहित शर्मा, केरोन पोलार्ड, इसान किसान तथा इभिन लेविसजस्ता अनुभवीदेखि विश्व क्रिकेटमा भर्खरै उदाउँदै गरेका युवा ब्याट्सम्यानसम्मको संगोग छ। 
उता आइपिएल क्रिकेटमा भारतको तर्फबाट सबैभन्दा बढी रन बनाउन सफल ब्याट्सम्यान सुरेश रैना, दक्षिण अफ्रिकी ब्याट्सम्यान फाप डु प्लेसिस तथा स्वयम् कप्तान महेन्द्र सिंह ध्वनीको भरमा चेन्नईको ब्याटिङ अडिएको मान्न सन्किन्छ।

आजको खेलमा बलिङतर्फ जस्प्रित बुमराह, मुस्तफिजुर रहमान तथा ड्वेन ब्राभोले वांखेडेमा प्रभाव पार्नसक्ने आंकलन गर्न सकिन्छ। बुमराह र रहमान दुबै बलर डेथ ओभरमा किफायती तथा असरदार बलिङ गर्न माहिर मानिन्छन्। 

उद्घाटन सत्र
मुम्बई र चेन्नईबीचको खेल हुनुपूर्व वांखेडे स्टेडियममा एक भव्य समारोहका बीच आइपिएलको ११औँ संस्करणको उद्घाटन गरिनेछ। नेपाली समयअनुसार साँझ साढे ६ बजेबाट उद्घाटन समारोह सुरु हुनेछ। 

स्टेडियमको एकै छानामुनि विश्वप्रसिद्ध खेलाडीहरु, क्रिकेटको मोहमा फसेका उर्जाशिल दर्शकहरुका बीचमा चर्चित कलाकारहरुको प्रस्तुतिले आइपिएलको उद्घाटन सत्रको महक विश्वभर छरिने आयोजकले विश्वास लिएको छ। 

उद्घाटन समारोहमा बलिउड अभिनेता ह्रितिक रोशन, वरुण धवन तथा प्रभु देवाले आफ्नो जोडदार प्रस्तुती दिनेछन्। त्यस्तै, भारतीय चर्चित गायक मिका सिंहको सांगीतिक प्रस्तुती तथा अभिनेत्रीहरु ज्याकलिन फर्नान्डेज तथा तमन्ना भाटियाको नृत्य पनि वांखेडे स्टेडियममा देख्न मिल्नेछ।

यसका अलावा १ सय भन्दा बढी कलाकारहरुले भारतीय संस्कृति झल्किने नृत्य तथा झाँकी प्रदर्शन गर्नेछन्। 

सन्दिपको सम्भावना र चुनौती


एसोसिएट देशबाट अक्सनका लागि छानिएका नेपालका युवा लेगस्पिनर सन्दिप लामिछाने हुनुले पनि आइपिएलमा नेपालीहरुको बढी ध्यान केन्द्रित हुने पक्का छ। अक्सनको दोस्रो दिन गत जनवरी २७ मा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा खरिद गरेको थियो। 

दिल्लीको प्लेइङ ११ मा पर्नु नै सन्दिपको पहिलो चुनौती हुने खेल विश्लेषकहरुले बताउँदै आएका छन्। अनुभवी भारतीय बलर अमित मिश्रा टोलीमा रहनुले सन्दिपले दिल्लीको जर्सीमा मैदान उत्रिने सम्भावनालाई कम गरिदिएको छ। तर केहि दिनअघि मात्र दिल्लीका कोच रिकी पोन्टिङले सन्दिप एक प्रतिभावान युवा खेलाडी भएको र उनको प्रदर्शनले नै प्लेइङ इलेवेनमा पर्ने सम्भावनालाई बढाइदिने बताएका थिए। 

आइपिएल सुरु हुनुअघि क्रिकेट सम्बन्धि चर्चित मिडियाको पहिलो रोजाइको टिममा सन्दीप छैनन्। क्रिक इन्फोको पहिलो रोजाइको टिममा २ जना स्पिनरले खेल्न सक्ने विश्लेषण छ। जसमा सहबाज नदिम, अमित मिश्रा र राहुल टेवाटिया छन्। यी तीन जना मध्ये २ जनाले मात्र पहिलो रोजाइमा स्थान पाउने 'क्रिकइन्फो'को विश्लेषण छ।

यस्तै क्रिकेट बजका लागि हर्ष भोग्लेले गरेको विश्लेषण पनि सन्दीप पहिलो रोजाइमा छैनन्। भोग्लेले अमित मिश्रा आइपिएलका बढि विकेट लिने खेलाडी भएकाले पहिलो रोजाइमा पर्ने बताएका छन्। यस्तै सहबाज नदिमले रणजी ट्रफीमा राम्रो प्रदर्शन गरेकाले उनी टिममा पर्ने बताए। राहुल टेवाटिया र जयन्त यादवको पनि सम्भावना रहेको उनको दाबी छ। यद्यपी उनले विस्तारै आफ्नो नाम बनाइरहेका सन्दीप लामिछानेको पनि सम्भावना रहेको बताए। भोग्ले समग्रमा स्पिनरको रुपमा अमित मिश्रा र साहवाज नदिम उत्तम विकल्प रहेको बताएका छन्। 

यता अर्का विश्लेषक आकाश चोपडाका अनुसार २ जना स्पिनरले मौका पाउँदा अमित मिश्रा र साहवाज नदिम पहिलो रोजाइमा पर्ने बताएका छन्। उनले दिल्लीको स्पिन बलिङमा सवैभन्दा बढी विकल्प रहेको समेत बताए। 

दिल्लीको टिममा स्पिनरका रुपमा अमित मिश्रा, राहुल टेवाइटा, साहवाज नदिम, जयन्त यादव, अभिषेक शर्मा र  सन्दीप लामिछाने छन्। यी ६ मध्ये २ जना मात्र स्पिनरले मौका पाउनेछन्। 

सबै खेलमा सन्दीपको उपस्थिति नरहेपनि केहि खेलहरुमा भने उनले बलिङ गर्न पाउने सम्भावनालाई नकार्न सकिँदैन। यदि पाएका अवसरहरुमा सन्दिपले आफुलाई प्रमाणित गर्नसक्ने हो भने आगामि सिजनमा उनले आफ्नो तथा नेपाली खेलाडीका लागि आइपिएलको ढोका अवश्य खुल्नेछ। तर अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ तथा विश्वस्तरिय अभ्यास गर्न सन्दिपका लागि आइपिएल साँच्चै नै महत्वपूर्ण रहनेछ भन्नेमा दुविधा छैन।
 

प्रकाशित मिति: शनिबार, चैत २४, २०७४  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली
सम्बन्धित सामग्री
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो। बुधबार, कात्तिक १९, २०८२
निकोलस भुसाल पक्राउ उनी अहिले जिल्ला प्रहरी कार्यालय गोरखामा छन्। उनी प्रहरीको खोजी सूचीमा थिए। उनीसँग केही बुझ्नुपर्ने देखिएकाले पक्राउ गरिएको जिल्ला प... मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ नगरपालिका–२, भेडिया नजिक गाईघाट–कदमाहा सडकखण्डमा प्रहरीले आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता बुधबार, कात्तिक १९, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बुधबार, कात्तिक १९, २०८२
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली बुधबार, कात्तिक १९, २०८२
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको आपत्ति बुधबार, कात्तिक १९, २०८२
आजको ऐतिहासिक दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने मंगलबार, कात्तिक १८, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्