• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विश्वकै लोकप्रिय आइपिएल क्रिकेट शनिबारदेखि, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने

64x64
नेपाल लाइभ शनिबार, चैत २४, २०७४  ०९:१८
1140x725

मुम्बई– इन्डियन प्रिमियर लिग(आइपिएल) क्रिकेटको ११औँ संस्करण आजदेखि सुरु हुँदैछ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले सन् २००७ देखि टि–२० फर्म्याटमा प्रतियोगिताको आयोजना गर्दै आएको छ। 

८ टिमको सहभागिता रहने प्रतियोगितामा कुल ६० खेलहरु हुनेछन्। विश्वभरका चर्चित क्रिकेट खेलाडीहरुको सहभागिता रहने आइपिएलमा लिग चरणका खेलहरु डबल राउन्ड रोविन तथा प्लेअफका खेलहरु भने नकआउटका आधारमा खेलाइनेछ। प्रत्येक टिममा अक्सनबाट भारतीय तथा विदेशी खेलाडीहरुको किनबेच गरिएको थियो। जसमा इंग्ल्यान्डका बेन स्टोक्सलाई प्रतियोगिताकै सर्वाधिक १२ दशमलब ५ करोड भारुमा राजस्थान रोयल्सले खरिद गरेको छ। आइपिएलको अघिल्लो सिजनमा पनि स्टोक्स नै सबैभन्दा महंगो खेलाडी थिए। 

भारतीय खेलाडीको तर्फबाट भने जयदेव उनदकटलाई सर्वाधिक महंगो राशिमा खरिद गरिएको छ। राजस्थान रोयल्सले नै जयदेवलाई आफ्नो टोलीमा पार्न साढे ११ करोड भारु खर्चिएको थियो। 
त्यसपछि भारतका केएल राहुल, मनिष पान्डे तथा अष्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन शिर्ष ५ मंहगा खेलाडी हुन्। गत जनवरी २६ र २७ मा खेलाडीहरुको अक्सन सम्पन्न भएको थियो। 

सहभागी टिमहरुः
प्रतियोगितामा जम्मा ८ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। उनीहरुले लिग चरण अन्तर्गत विपक्षी टोलीसँग ‘होम एन्ड अवे’को आधारमा खेल खेल्नेछन्। 
चेन्नई सुपरकिंग्स
मुम्बई इन्डियन्स
कोलकाता नाइटराइडर्स
दिल्ली डेयरडेभिल्स
सनराइजर्स हैदराबाद
राजस्थान रोयल्स्
रोयल च्यालेन्जर्स बैंग्लोर
किंग्स इलेवन पन्जाब

खेल मैदानहरुः
प्रतियोगिता सञ्चालनका लागि १० वटा खेल मैदानहरु तयार गरिएका छन्। प्रतियोगिताको उद्घाटन खेल भने मुम्बईको वांखेडे स्टेडियममा हुनेछ। मे २७ मा हुने प्रतियोगिताको फाइनल खेलसमेत वांखेडे स्टेडियमा नै हुने तय भएको छ। 

चिन्नास्वामी स्टेडियम, बैंगलोर
फिरोज शाह कोटला खेल मैदान, दिल्ली
राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, हैदराबाद
होल्कार क्रिकेट मैदान, इन्दोर
सवाइ मानसिंह स्टेडियम, जयपुर
इडेन गार्डेन खेल मैदान, कोलकाता
पन्जाव क्रिकेट एसोसियशन आइएस बिन्द्रा स्टेडियम, मोहाली
वांखेडे स्टेडियम, मुम्बई
महाराष्ट्र क्रिकेट एसोसियशन स्टेडियम, पुने
एमए चिदाम्बरम स्टेडियम, चेन्नई

उद्घाटन खेल
प्रतियोगिताको उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले चेन्नई सुपरकिंग्सको सामना गर्नेछ। मुम्बईको वांखेडे स्टेडियममा नेपाली समयअनुसार आज बेलुका सवा ८ बजे खेल सुरु हुनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

मुम्बईले हालसम्म सर्वाधिक ३ पटक प्रतियोगिताको उपाधि हात पारेको छ भने चेन्नई पनि २ पटक आइपिएलको उपाधि हात पार्ने टिम हो। 
आजको खेलमा मुम्बई रोहित शर्मा तथा चेन्नई भने महेन्द्र सिंह ध्वनीको कप्तानीमा मैदानमा उत्रनेछ। उद्घाटन खेलमा जित हात पार्दै दुबै टोली प्रतियोगिताको सुखद सुरुवात गर्न चाहन्छन्। 

हालसम्म यी दुवै टोली बीच २२ खेलहरु भएका छन्। जसमा मुम्बई १२ तथा चेन्नई १० खेलमा विजयी भएको छ। वांखेडे खेल मैदानमा भएका ७ खेलमा मुम्बईले ५ खेलमा विजयको झण्डा गाडेको छ। वांखेडे स्टेडियम मुम्बईको घरेलु मैदान भएकाले उसले दर्शकहरुको भरपुर साथ पाउने देखिन्छ। 

मुम्बईमा रोहित शर्मा, केरोन पोलार्ड, इसान किसान तथा इभिन लेविसजस्ता अनुभवीदेखि विश्व क्रिकेटमा भर्खरै उदाउँदै गरेका युवा ब्याट्सम्यानसम्मको संगोग छ। 
उता आइपिएल क्रिकेटमा भारतको तर्फबाट सबैभन्दा बढी रन बनाउन सफल ब्याट्सम्यान सुरेश रैना, दक्षिण अफ्रिकी ब्याट्सम्यान फाप डु प्लेसिस तथा स्वयम् कप्तान महेन्द्र सिंह ध्वनीको भरमा चेन्नईको ब्याटिङ अडिएको मान्न सन्किन्छ।

Xtrem

Xtrem

आजको खेलमा बलिङतर्फ जस्प्रित बुमराह, मुस्तफिजुर रहमान तथा ड्वेन ब्राभोले वांखेडेमा प्रभाव पार्नसक्ने आंकलन गर्न सकिन्छ। बुमराह र रहमान दुबै बलर डेथ ओभरमा किफायती तथा असरदार बलिङ गर्न माहिर मानिन्छन्। 

उद्घाटन सत्र
मुम्बई र चेन्नईबीचको खेल हुनुपूर्व वांखेडे स्टेडियममा एक भव्य समारोहका बीच आइपिएलको ११औँ संस्करणको उद्घाटन गरिनेछ। नेपाली समयअनुसार साँझ साढे ६ बजेबाट उद्घाटन समारोह सुरु हुनेछ। 

स्टेडियमको एकै छानामुनि विश्वप्रसिद्ध खेलाडीहरु, क्रिकेटको मोहमा फसेका उर्जाशिल दर्शकहरुका बीचमा चर्चित कलाकारहरुको प्रस्तुतिले आइपिएलको उद्घाटन सत्रको महक विश्वभर छरिने आयोजकले विश्वास लिएको छ। 

उद्घाटन समारोहमा बलिउड अभिनेता ह्रितिक रोशन, वरुण धवन तथा प्रभु देवाले आफ्नो जोडदार प्रस्तुती दिनेछन्। त्यस्तै, भारतीय चर्चित गायक मिका सिंहको सांगीतिक प्रस्तुती तथा अभिनेत्रीहरु ज्याकलिन फर्नान्डेज तथा तमन्ना भाटियाको नृत्य पनि वांखेडे स्टेडियममा देख्न मिल्नेछ।

यसका अलावा १ सय भन्दा बढी कलाकारहरुले भारतीय संस्कृति झल्किने नृत्य तथा झाँकी प्रदर्शन गर्नेछन्। 

सन्दिपको सम्भावना र चुनौती


एसोसिएट देशबाट अक्सनका लागि छानिएका नेपालका युवा लेगस्पिनर सन्दिप लामिछाने हुनुले पनि आइपिएलमा नेपालीहरुको बढी ध्यान केन्द्रित हुने पक्का छ। अक्सनको दोस्रो दिन गत जनवरी २७ मा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा खरिद गरेको थियो। 

दिल्लीको प्लेइङ ११ मा पर्नु नै सन्दिपको पहिलो चुनौती हुने खेल विश्लेषकहरुले बताउँदै आएका छन्। अनुभवी भारतीय बलर अमित मिश्रा टोलीमा रहनुले सन्दिपले दिल्लीको जर्सीमा मैदान उत्रिने सम्भावनालाई कम गरिदिएको छ। तर केहि दिनअघि मात्र दिल्लीका कोच रिकी पोन्टिङले सन्दिप एक प्रतिभावान युवा खेलाडी भएको र उनको प्रदर्शनले नै प्लेइङ इलेवेनमा पर्ने सम्भावनालाई बढाइदिने बताएका थिए। 

आइपिएल सुरु हुनुअघि क्रिकेट सम्बन्धि चर्चित मिडियाको पहिलो रोजाइको टिममा सन्दीप छैनन्। क्रिक इन्फोको पहिलो रोजाइको टिममा २ जना स्पिनरले खेल्न सक्ने विश्लेषण छ। जसमा सहबाज नदिम, अमित मिश्रा र राहुल टेवाटिया छन्। यी तीन जना मध्ये २ जनाले मात्र पहिलो रोजाइमा स्थान पाउने 'क्रिकइन्फो'को विश्लेषण छ।

यस्तै क्रिकेट बजका लागि हर्ष भोग्लेले गरेको विश्लेषण पनि सन्दीप पहिलो रोजाइमा छैनन्। भोग्लेले अमित मिश्रा आइपिएलका बढि विकेट लिने खेलाडी भएकाले पहिलो रोजाइमा पर्ने बताएका छन्। यस्तै सहबाज नदिमले रणजी ट्रफीमा राम्रो प्रदर्शन गरेकाले उनी टिममा पर्ने बताए। राहुल टेवाटिया र जयन्त यादवको पनि सम्भावना रहेको उनको दाबी छ। यद्यपी उनले विस्तारै आफ्नो नाम बनाइरहेका सन्दीप लामिछानेको पनि सम्भावना रहेको बताए। भोग्ले समग्रमा स्पिनरको रुपमा अमित मिश्रा र साहवाज नदिम उत्तम विकल्प रहेको बताएका छन्। 

यता अर्का विश्लेषक आकाश चोपडाका अनुसार २ जना स्पिनरले मौका पाउँदा अमित मिश्रा र साहवाज नदिम पहिलो रोजाइमा पर्ने बताएका छन्। उनले दिल्लीको स्पिन बलिङमा सवैभन्दा बढी विकल्प रहेको समेत बताए। 

दिल्लीको टिममा स्पिनरका रुपमा अमित मिश्रा, राहुल टेवाइटा, साहवाज नदिम, जयन्त यादव, अभिषेक शर्मा र  सन्दीप लामिछाने छन्। यी ६ मध्ये २ जना मात्र स्पिनरले मौका पाउनेछन्। 

सबै खेलमा सन्दीपको उपस्थिति नरहेपनि केहि खेलहरुमा भने उनले बलिङ गर्न पाउने सम्भावनालाई नकार्न सकिँदैन। यदि पाएका अवसरहरुमा सन्दिपले आफुलाई प्रमाणित गर्नसक्ने हो भने आगामि सिजनमा उनले आफ्नो तथा नेपाली खेलाडीका लागि आइपिएलको ढोका अवश्य खुल्नेछ। तर अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ तथा विश्वस्तरिय अभ्यास गर्न सन्दिपका लागि आइपिएल साँच्चै नै महत्वपूर्ण रहनेछ भन्नेमा दुविधा छैन।
 

प्रकाशित मिति: शनिबार, चैत २४, २०७४  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्