• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संघीय संसदको महासचिव योगीलाई दिने निर्णय विवादमा

64x64
नेपाल लाइभ मंगलबार, चैत ४, २०७६  १०:५०
1140x725

काठमाडौं– संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराई चैत २ देखि सेवा निवृत्त भए। सभामुख अग्निप्रसाद सापकोटाले रिक्त रहेको महासचिव पदको जिम्मेवारी गोपालनाथ योगीलाई दिए। नेकपानिकट योगीलाई जिम्मेवारी दिइएपछि संसद सचिवालयका कर्मचारीहरुमा असुन्तुष्टि देखिएको छ।

यस  विषयमाथि विभिन्न कोणबाट प्रश्नसमेत उठाउन थालिएको छ। योगीलाई महासचिवको काम गर्ने जिम्मेवारी तोकिएको पत्रमा ‘अर्को व्यवस्था नभएसम्मका लागि’ भनिएको छ। उनको नियुक्तिप्रति कर्मचारीमात्रै होइन, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासमेत असन्तुष्ट छन्। कानुनविदहरु भने कानुनी प्रावधान सम्झाइरहेका छन्।

संविधानविद् विपिन अधिकारी संविधान तथा संसदकाे ऐन, कानुन वा नियमावलीले महासचिवको पद ‘रिक्त’ हुन आउँदा कार्यवाहक वा कामु महासचिव तोक्ने व्यवस्था नगरेको बताउँछन्। उनको प्रश्न छ, ‘सिधै नयाँ महासचिव नियुक्त गर्नुपर्ने होइन र?’

सभामुख सापकोटाले योगीलाई महासचिवकै जिम्मेवारी दिन चाहेका थिए। तर, यसका लागि उमेरले रोकेपछि ‘अर्को व्यवस्था नभएसम्मका लागि’ भन्ने प्रावधान राखिएको कतिपयको आशंका छ।

‘संघीय संसदका महासचिव, प्रतितितिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५’ मा महासचिव हुनका लागि ४५ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ। तर, योगीको उमेर पुगेको छैन। साथै, ‘राष्ट्रियसभाका अध्यक्षसँगको परामर्शमा’ जिम्मेवारी तोक्ने व्यवस्था गरिएको छ। तर, सभामुखले राष्ट्रियसभा अध्यक्षसँग परामर्श नगरेको बुझिएको छ।

प्रतिनिधिसभा नियमावली र राष्ट्रियसभा नियमावलीमा महासचिवको अनुपस्थितिमा राष्ट्रियसभाको अध्यक्षको परामर्शमा सभामुखले तोकेको सचिव वा सचिवालयको सचिवलाई समेत महासचिव बुझिने गरी परिभाषित गरिएको छ। 

राष्ट्रियसभा अध्यक्ष यो नियुक्ति प्रक्रियामा असहमत रहेको आफूलाई नलागेको सभामुख सापकोटाले बताए। सोमबार पत्रकारहरुसँगको भेटमा उनले यसअघि पनि वरिष्ठताको आधारमा योगीलाई नै निमित्त दिने गरिएको बताए।

‘अहिले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि भनिएको छ। उहाँ नै सिनियर पनि हुनुहुँदोरहेछ। म आएपछि पनि महासचिव बिदामा बस्दा वरिष्ठताको आधारमा उहाँलाई नै मैले निमित्त दिएको थिएँ’, सापकोटाले भने, ‘उहाँ (अध्यक्ष)सँग सरसल्लाह गरेको हो। यसमा कन्फ्युजन भएको भए अध्यक्षसित बसेर मैले कुराकानी गर्छु। हाम्रोबीचमा असमझदारी छ जस्तो मलाई लाग्दैन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

कर्मचारीकाे गुनासो- १५ वर्षदेखिको सेवाको अवमूल्यन
सचिवहरु धुव्रप्रसाद घिमिरे र भरतराज गौतम संघीय संसद सचिवालयमा महासचिवका लागि योग्य थिए। राजेन्द्र फुयाँलले पनि निमित्त भने पाउन सक्थे।

योगी र फुयाँल राजनीतिक नियुक्तबाट सचिव भएका हुन् भने घिमिरे र गौतम संसद सेवाका कर्मचारी हुन्। संसद सेवामा लामो समयसम्म काम गरेको व्यक्तिलाई नभई बाहिरबाट ल्याएको व्यक्तिलाई उक्त जिम्मेवारी तोकिएको छ। पछि महासचिव नै बनाउने गरी अहिले जिम्मेवारी तोकिएको कर्मचारीहरुको बुझाइ छ।

‘लामो समयसम्म यही सेवामा हामीले अनुभव गरेर समय बिताएका छौं, तर अवसर आउने बेलामा फुत्त आएका व्यक्तिलाई दिन खोजिएको देखिन्छ,’ सचिवालयका एक कर्मचारीले भने ‘सभामुखको यो निर्णयले कर्मचारीहरु निरास छौं।’ उनले १५ वर्षभन्दा लामो समय गरेको सेवा खेर गएको टिप्पणी गरेका छन्।  

तत्काल नियुक्त गर्न उमेर बाधक  
मौजुदा कानुनी व्यवस्थाका आधारमा अब नयाँ महासचिव बन्न ४५ वर्ष पूरा गरेको ५८ वर्ष पार नगरेको हुनुपर्ने उल्लेख छ। एक वर्षअघि संसदले पारित गरेको संघीय संसदका महासचिव र सचिवको सेवा सुविधा र योग्यता सम्बन्धी ऐनमा कुनै पनि विषयमा स्नातकोत्तर गरेको व्यक्ति महासचिव हुने उल्लेख छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महासचिव राजनीतिक नियुक्ति सकिने पद पनि हो तर कर्मचारीबाटै आएका मनोहरप्रसाद भट्टराईले दुई कार्यकाल खाएका थिए। राजनीतिक नियुक्तिका रुपमा सचिव बनेका प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी र राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयाल उमेर नपुग्ने भएकाले तत्काल महासचिव बन्न योग्य छैनन्। उनीहरु दुवैको उमेर ४५ वर्षभन्दा कम छ।

सचिवालयतर्फका सचिव डा. भरतराज गौतम र ध्रुव घिमिरे यो पदका लागि योग्य उम्मेदवार हुन्।  तर, महासचिव राजनीतिक नियुक्तिको पद भएको बुझाइ छ। आफूनिकट हुनुपर्ने बुझाइका कारण सभामुख सापकोटाले योगीलाई निमित्तको जिम्मेवारी दिएको देखिन्छ।

सभामुख सापकोटा र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले संयुक्त रुपमा संसद सचिवालयभन्दा बाहिरबाट समेत महासचिव सिफारिस गर्न सक्छन्। यसरी गरिएको सिफारिसअनुसार राष्ट्रपतिले महासचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। तर, कसलाई महासचिव नियुक्त गर्ने भन्ने विषयमा नेकपाका शीर्ष नेताबीच सल्लाह हुन पाएको छैन। 

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ सम्भावित महासचिवका विषयमा कुनै छलफल नभएको बताउँछन्। उनलाई लाग्छ, ‘हामीले केही महिना अघिदेखि नै यस विषयमा होमवर्क गर्न पाएको भए हुन्थ्यो।’ उनका अनुसार भर्खरै सेवा निवृत्त महासचिवलाई केही महिनाअघि नै अन्य जिम्मेवारी दिएर त्यो ठाउँमा नयाँ महासचिव ल्याइसक्दा उपयुक्त हुन्थ्यो।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १०:५०
  • #संसद
  • #महासचिव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी
सम्बन्धित सामग्री
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्