• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ४, २०८२ Fri, Dec 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संघीय संसदको महासचिव योगीलाई दिने निर्णय विवादमा

64x64
नेपाल लाइभ मंगलबार, चैत ४, २०७६  १०:५०
1140x725

काठमाडौं– संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराई चैत २ देखि सेवा निवृत्त भए। सभामुख अग्निप्रसाद सापकोटाले रिक्त रहेको महासचिव पदको जिम्मेवारी गोपालनाथ योगीलाई दिए। नेकपानिकट योगीलाई जिम्मेवारी दिइएपछि संसद सचिवालयका कर्मचारीहरुमा असुन्तुष्टि देखिएको छ।

यस  विषयमाथि विभिन्न कोणबाट प्रश्नसमेत उठाउन थालिएको छ। योगीलाई महासचिवको काम गर्ने जिम्मेवारी तोकिएको पत्रमा ‘अर्को व्यवस्था नभएसम्मका लागि’ भनिएको छ। उनको नियुक्तिप्रति कर्मचारीमात्रै होइन, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासमेत असन्तुष्ट छन्। कानुनविदहरु भने कानुनी प्रावधान सम्झाइरहेका छन्।

संविधानविद् विपिन अधिकारी संविधान तथा संसदकाे ऐन, कानुन वा नियमावलीले महासचिवको पद ‘रिक्त’ हुन आउँदा कार्यवाहक वा कामु महासचिव तोक्ने व्यवस्था नगरेको बताउँछन्। उनको प्रश्न छ, ‘सिधै नयाँ महासचिव नियुक्त गर्नुपर्ने होइन र?’

सभामुख सापकोटाले योगीलाई महासचिवकै जिम्मेवारी दिन चाहेका थिए। तर, यसका लागि उमेरले रोकेपछि ‘अर्को व्यवस्था नभएसम्मका लागि’ भन्ने प्रावधान राखिएको कतिपयको आशंका छ।

‘संघीय संसदका महासचिव, प्रतितितिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५’ मा महासचिव हुनका लागि ४५ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ। तर, योगीको उमेर पुगेको छैन। साथै, ‘राष्ट्रियसभाका अध्यक्षसँगको परामर्शमा’ जिम्मेवारी तोक्ने व्यवस्था गरिएको छ। तर, सभामुखले राष्ट्रियसभा अध्यक्षसँग परामर्श नगरेको बुझिएको छ।

प्रतिनिधिसभा नियमावली र राष्ट्रियसभा नियमावलीमा महासचिवको अनुपस्थितिमा राष्ट्रियसभाको अध्यक्षको परामर्शमा सभामुखले तोकेको सचिव वा सचिवालयको सचिवलाई समेत महासचिव बुझिने गरी परिभाषित गरिएको छ। 

राष्ट्रियसभा अध्यक्ष यो नियुक्ति प्रक्रियामा असहमत रहेको आफूलाई नलागेको सभामुख सापकोटाले बताए। सोमबार पत्रकारहरुसँगको भेटमा उनले यसअघि पनि वरिष्ठताको आधारमा योगीलाई नै निमित्त दिने गरिएको बताए।

‘अहिले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि भनिएको छ। उहाँ नै सिनियर पनि हुनुहुँदोरहेछ। म आएपछि पनि महासचिव बिदामा बस्दा वरिष्ठताको आधारमा उहाँलाई नै मैले निमित्त दिएको थिएँ’, सापकोटाले भने, ‘उहाँ (अध्यक्ष)सँग सरसल्लाह गरेको हो। यसमा कन्फ्युजन भएको भए अध्यक्षसित बसेर मैले कुराकानी गर्छु। हाम्रोबीचमा असमझदारी छ जस्तो मलाई लाग्दैन।’ 

Ncell 2
Ncell 2

कर्मचारीकाे गुनासो- १५ वर्षदेखिको सेवाको अवमूल्यन
सचिवहरु धुव्रप्रसाद घिमिरे र भरतराज गौतम संघीय संसद सचिवालयमा महासचिवका लागि योग्य थिए। राजेन्द्र फुयाँलले पनि निमित्त भने पाउन सक्थे।

योगी र फुयाँल राजनीतिक नियुक्तबाट सचिव भएका हुन् भने घिमिरे र गौतम संसद सेवाका कर्मचारी हुन्। संसद सेवामा लामो समयसम्म काम गरेको व्यक्तिलाई नभई बाहिरबाट ल्याएको व्यक्तिलाई उक्त जिम्मेवारी तोकिएको छ। पछि महासचिव नै बनाउने गरी अहिले जिम्मेवारी तोकिएको कर्मचारीहरुको बुझाइ छ।

‘लामो समयसम्म यही सेवामा हामीले अनुभव गरेर समय बिताएका छौं, तर अवसर आउने बेलामा फुत्त आएका व्यक्तिलाई दिन खोजिएको देखिन्छ,’ सचिवालयका एक कर्मचारीले भने ‘सभामुखको यो निर्णयले कर्मचारीहरु निरास छौं।’ उनले १५ वर्षभन्दा लामो समय गरेको सेवा खेर गएको टिप्पणी गरेका छन्।  

तत्काल नियुक्त गर्न उमेर बाधक  
मौजुदा कानुनी व्यवस्थाका आधारमा अब नयाँ महासचिव बन्न ४५ वर्ष पूरा गरेको ५८ वर्ष पार नगरेको हुनुपर्ने उल्लेख छ। एक वर्षअघि संसदले पारित गरेको संघीय संसदका महासचिव र सचिवको सेवा सुविधा र योग्यता सम्बन्धी ऐनमा कुनै पनि विषयमा स्नातकोत्तर गरेको व्यक्ति महासचिव हुने उल्लेख छ।

महासचिव राजनीतिक नियुक्ति सकिने पद पनि हो तर कर्मचारीबाटै आएका मनोहरप्रसाद भट्टराईले दुई कार्यकाल खाएका थिए। राजनीतिक नियुक्तिका रुपमा सचिव बनेका प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी र राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयाल उमेर नपुग्ने भएकाले तत्काल महासचिव बन्न योग्य छैनन्। उनीहरु दुवैको उमेर ४५ वर्षभन्दा कम छ।

सचिवालयतर्फका सचिव डा. भरतराज गौतम र ध्रुव घिमिरे यो पदका लागि योग्य उम्मेदवार हुन्।  तर, महासचिव राजनीतिक नियुक्तिको पद भएको बुझाइ छ। आफूनिकट हुनुपर्ने बुझाइका कारण सभामुख सापकोटाले योगीलाई निमित्तको जिम्मेवारी दिएको देखिन्छ।

सभामुख सापकोटा र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले संयुक्त रुपमा संसद सचिवालयभन्दा बाहिरबाट समेत महासचिव सिफारिस गर्न सक्छन्। यसरी गरिएको सिफारिसअनुसार राष्ट्रपतिले महासचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। तर, कसलाई महासचिव नियुक्त गर्ने भन्ने विषयमा नेकपाका शीर्ष नेताबीच सल्लाह हुन पाएको छैन। 

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ सम्भावित महासचिवका विषयमा कुनै छलफल नभएको बताउँछन्। उनलाई लाग्छ, ‘हामीले केही महिना अघिदेखि नै यस विषयमा होमवर्क गर्न पाएको भए हुन्थ्यो।’ उनका अनुसार भर्खरै सेवा निवृत्त महासचिवलाई केही महिनाअघि नै अन्य जिम्मेवारी दिएर त्यो ठाउँमा नयाँ महासचिव ल्याइसक्दा उपयुक्त हुन्थ्यो।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १०:५०
  • #संसद
  • #महासचिव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाँचबुझ आयोगको म्याद एक महिना थप
ओलीले लिए पद तथा गोपनीयताको शपथ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सम्बन्धित सामग्री
ओलीले लिए पद तथा गोपनीयताको शपथ केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। बिहीबार, पुस ३, २०८२
एमालेको इतिहासमै कर्णालीले पायो पहिलो पदाधिकारी १० वैशाख २००६ सालमा स्थापना भएको एमाले पार्टीको पदाधिकारीमा पुग्न कर्णालीलाई करिब ७ दशक लामो यात्रा पार गर्नुपरेको छ । बिहीबार, पुस ३, २०८२
लोकतान्त्रिक प्रक्रियाबाट एमालेको नेतृत्व छनोटले सकरात्मक सन्देश दिएको छः विश्वप्रकाश शर्मा जेनजी आन्दोलन पछि बदलिएको परिवेशलाई आत्मसात गर्न निर्वाचित कमिटीलाई महामन्त्री शर्माले सुझाव दिए । बिहीबार, पुस ३, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको म्याद एक महिना थप बिहीबार, पुस ३, २०८२
ओलीले लिए पद तथा गोपनीयताको शपथ बिहीबार, पुस ३, २०८२
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, पुस ३, २०८२
रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश बिहीबार, पुस ३, २०८२
एमालेको इतिहासमै कर्णालीले पायो पहिलो पदाधिकारी बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
पोखरेल प्यानलबाट विष्ट र भट्टराई विजयी बिहीबार, पुस ३, २०८२
एमालेको चुनावी परिणाम : यस्तो बन्यो पदाधिकारी टिम बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्