• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
राष्ट्र बैंकका सञ्चालक कर्णमाथि कारबाही गर्न उद्योगमन्त्रीको सिफारिस लेखापरीक्षकले गैरकानुनीरुपमा व्यक्तिलाई सेयर बिक्री गरी सरकारको सेयर अनुपात घटाए
64x64
सविन मिश्र सोमबार, चैत ३, २०७६  १९:०३
1140x725

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राष्ट्र बैंकका सञ्चालक सुबोधकुमार कर्णमाथि कारबाहीको सिफारिस गरेको छ। विराटनगर जुटमिलको सेयर धितोपत्र ऐन विपरीत निष्काशन र बिक्री हुँदा पनि लेखापरीक्षणका क्रममा कुनै टिप्पणी नगरी कानुनी दायित्व विमुख भएको भन्दै मन्त्रालयले कर्णमाथि हदैसम्मको कारबाहीका लागि पत्र पठाएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले फागुन २१ गते मन्त्रिस्तरीय निर्णयमार्फत राष्ट्र बैंकका सञ्चालक कर्णमाथि कारबाही गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)लाई सिफारिस गरेका छन्। मन्त्रालय स्रोतले नेपाल लाइभलाई उपलब्ध गराएको पत्रअनुसार मन्त्री भट्टले पठाएको पत्रमा चार्टर्ड एकाउन्टेन्टका रुपमा कर्णले लेखापरीक्षण गर्दा 'सरकारलाई हानी नोक्सानी पुगेको विषयमा कुनै टिप्पणी नलेखी कानुनी दायित्व बिमुख' भएको उल्लेख गरिएको छ। 

'सरकारले गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाहीका लागि विभिन्न निकायमा लेखी पठाइएको छ र त्यसक्रममा निज कर्ण चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्वअध्यक्षसमेत रहेकाले सोही संस्थाले कारबाही अघि बढाउनुपर्ने भएकाले कारबाहीका लागि सिफारिस गरिएको हो,' मन्त्रालयका एक सहसचिवले नेपाल लाइभलाई भने। 

मन्त्रालयले पठाएको पत्रमा विराटनगर जुट मिलले गैरकानुनीरुपमा व्यक्तिलाई सेयर बिक्री गरी सरकारको सेयर अनुपात घटाएको र सरकारलाई थाहै नदिई सेयर कारोबार गरेको फेला पारेर पनि लेखापरीक्षकले कुनै टिप्पणी नगर्नुले कर्ण कानुनी दायित्वबाट विमुख हुन खोजेको ठहर भएको उल्लेख गरिएको छ। 

कर्णको कम्पनी सुबोध एसोसिएट्सले विराटनगर जुट मिलको लेखापरीक्षण गरेको थियो। उच्च अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठन भएको न्यायिक आयोगले जुटमिलको सेयर बिक्री कानुन विपरीत भएको ठहर गरेको थियो। पूर्वमन्त्री अनिलकुमार झादेखि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सेयर किनेका थिए। 

थन्किएको फाइल खोले भट्टले
तत्कालीन उद्योगमन्त्री मातृकाप्रसाद यादवले विराटनगर जुट मिलको सेयर गैरकानुनी किनबेच भएको आशंकामा छानिबन गर्न न्यायिक समिति बनाएका थिए। समितिको प्रतिवेदन आएलगत्तै आफ्नो बहिर्गमनको संकेत पाएका मन्त्री यादवले यसलाई खास प्राथमिकता दिएका थिएनन्।

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

विराटनगर जुट मिल्स घोटाला २: राजपा नेता अनिलकुमार झालाई भ्रष्टाचारमा मुद्दा चलाउन न्यायिक आयोगको सिफारिस बुधबार, मंसिर १८, २०७६

यादवको बहिर्गमनसँगै मन्त्रालय आएका भट्टले केही समय अध्ययनपछि यसमा संलग्नमाथि कारबाहीको प्रक्रिया अघि बढाएका छन्। त्यसैअनुसार राष्ट्र बैंक सञ्चालक समितिका सदस्यसमेत रहेका आइक्यानका पूर्वअध्यक्ष कर्णमाथि कारबाहीको सिफारिस गरिएको हो। मन्त्रालयले कर्णसँगै यसमा संलग्न अन्यमाथि पनि कारबाही अघि बढाउने जनाएको छ। 

के छ चार्टर्ड एकाउन्टेन्ट्स ऐनमा व्यवस्था?
नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐनको दफा ३४ मा चार्टर्ड एकाउन्टेन्टको नैतिकता सम्बन्धी व्यवस्था गरिएको छ। यसको उपदफा ८ मा भनिएको छ, 'पेशागत प्रमाणपत्र प्राप्त सदस्यले आफूले प्रमाणित गरेको कुनै पनि आर्थिक विवरणलाई यथार्थ रुपमा दर्शाउन आफूलाई थाहा भएका कुनै पनि मूलभूत कुराहरु स्पष्ट रुपले देखाउनु पर्नेछ वा आफूले थाहा पाएसम्म आफूले प्रमाणित गरेको आर्थिक विवरणमा कुनै गलत विवरण वा स्पष्टीकरण रहेछ भने सो पनि स्पष्टरुपले उल्लेख गर्नुपर्नेछ।' 

यो पनि पढ्नुहोस्

न्यायिक छानबिन आयोग प्रतिवेदन : जुट मिलको सम्पत्ति हडप्न प्रमुख निर्वाचन आयुक्तदेखि राजपा अध्यक्ष मण्डल सदस्यसम्मशुक्रबार, मंसिर १३, २०७६

यसैगरी उपदफा ९ मा 'पेशागत प्रमाणपत्र प्राप्त सदस्यले आफनो व्यवसायको सिलसिलामा गर्नुपर्ने कर्तव्य सावधानीपूर्वक गर्नुपर्नेछ र प्रचलित कानून तथा लेखापरीक्षणसम्बन्धी मान्य सिद्धान्तअनुरुप नभएका वा नगरिएका कुनै पनि मूलभूत कुराहरुमाथि सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुपर्नेछ,' उल्लेख गरिएको छ। 

कर्णले लेखापरीक्षणका क्रममा सेयर बिक्री भएको थाहा हुँदाहुँदै यससम्बन्धी कुनै पनि टिप्पणी नलेखेको छानबिन समितिले ठहर गरेको छ। यसैका आधारमा पूर्वअध्यक्षमाथि कारबाहीका लागि आइक्यानलाई मन्त्रालयले पत्र पठाएको हो।

राष्ट्र बैंकका सञ्चालकमाथि नैतिक प्रश्न
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा सञ्चालकको योग्यतासम्बन्धी व्यवस्था उल्लेख। यो दफाको उपदफा 'ख'मा उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था गरिएको छ। केन्द्रीय बैंकको सञ्चालक रहेका कर्णमाथि नै मन्त्रालयले कारबाहीको सिफारिस गरेसँगै उनीमाथि नैतिक संकट उत्पन्न भएको छ। 

तत्कालीन् प्रधानन्यायाधीश दीपकराज जोशीसँग राष्ट्र बैंक सञ्चालक समितिका सदस्यको सपथ लिँदै कर्ण।

'राष्ट्र बैंक सञ्चालक समितिका सदस्यमाथि आरोप मात्रै लाग्नू पनि दुर्भाग्यपूर्ण हो,' एकजना पूर्व अर्थसचिवले भने, 'यहाँ त मन्त्रालयले नै कारबाहीको सिफारिस गरेको भनेपछि स्वत: नैतिक संकट उत्पन्न भएको छ।

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १९:०३
  • #lekhrajbhatta
  • #biratnagarjuutmil

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
मन्त्रिपरिषद् बैठकलद्वारा लुम्बिनी प्रदेशको बजेट स्वीकृत राप्ती उपत्यकाको देउखुरीमा आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सभामा पेस गरिने विधेयक, मापदण्ड... आइतबार, असार १, २०८२
कोशी प्रदेश सभामा बजेट नीति तथा कार्यक्रम सुरु मन्त्री रामबहादुर राना मगरले पनि ढाकाको सुटकेशमा आर्थिक वर्ष २०८२/८३ को बजेट नीति तथा कार्यक्रम ल्याएका छन्। आइतबार, असार १, २०८२
कर्णालीको बजेट मन्त्रिपरिषद्‌बाट पारित बजेट संसद्मा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्‌बाट पारित भएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए। आइतबार, असार १, २०८२
ताजा समाचारसबै
इरानको आक्रमणपछि ८ जना इजरायलीको मृत्यु, १३० भन्दा बढी घाइते आइतबार, असार १, २०८२
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
मन्त्रिपरिषद् बैठकलद्वारा लुम्बिनी प्रदेशको बजेट स्वीकृत आइतबार, असार १, २०८२
कोशी प्रदेश सभामा बजेट नीति तथा कार्यक्रम सुरु आइतबार, असार १, २०८२
संघीय निजामती सेवा विधेयकसम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
इजरायलमाथि इरानले गर्यो क्षेप्यास्त्र प्रहार, दर्जनौँ घाइते, एक महिलाको मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्