काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीच शनिबारका लागि तय भएको खेल रद्द भएको छ।
शुक्रबार राति परेको वर्षाका कारण मैदानमा पानी जमेका कारण खेल रद्द भएको हो। रद्द भएसँगै दुवै टिमले १–१ अंक बाढेका छन्। अंक बाढ्दा महेन्द्रनगरलाई फाइदा पुगेको छ भने अत्तरियालाई घाटा परेको छ। अब महेन्द्रनगर प्लेअफमा पुग्ने लगभग पक्का जस्तै भएको छ।
यता अब आइतबार विराटनगर किंग्सलाई पराजित गरे मात्र अत्तरियाले प्लेअफमा पुग्नेछ। विराटनगरका लागि पनि प्ले अफमा पुग्न अत्तरियालाई पराजित गर्नु भएको छ। प्रतियोगिताअन्तर्गत टिम चौराहा धनगढी र रुपन्देही च्यालेन्जर्सबीच खेल हुँदैछ। जित हात पारे धनगढी प्लेअफमा पुग्नेछ। रुपेन्देही भने लगातार पाँच खेलमा हार ब्यहोर्दै बाहिरिसकेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।