• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

केपी र कोरोना

64x64
किशोर नेपाल सोमबार, चैत ३, २०७६  १६:१०
1140x725

साँचो अर्थमा आफूलाई सुपरम्यान साबित गर्न खोजेकै हुन् हाम्रा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले। मिर्गौला पुनः प्रत्यारोपणको दसौं दिनमा अस्पतालबाट लड्खडाउँदै निस्केका प्रधानमन्त्री ओली कति सक्रिय भैसके त्यो त जगतलाई देखाइएको छ टेलिभिजनमार्फत्। प्रम ओलीको अविचलित आत्मविश्वास र अदम्य साहसको निरन्तर प्रशंसा गर्न नयाँ–नयाँ भजनमण्डली तयार भएका छन्।

यो मण्डलीमा डाक्टर, नर्स, एनेस्थेसिया स्पेसलिष्टलगायत मेडिकल पेशाका तमाम व्यक्तित्व लागेका छन् जसले प्रम ओलीको सेवाको अवसर पाएको थियो। अहिले उनीहरू आफ्नो अनुभवसहित फेसबुक, ट्विटरमा निरन्तर देखिने गरेका छन्। ती भारतीय डाक्टर र उनका सहयोगी, जो प्रम ओलीको मिर्गौला प्रत्यारोपणमा भैपरि  आउन सक्ने अवस्थाका लागि झिकाइएका थिए, यो मण्डलीमा छैनन्। एउटैमात्र खेदको कुरा यही छ। 

प्रम ओलीले आफू ‘सुपरम्यान’ नै भएको तथ्यलाई आफना मन्त्री, ‘आफ्ना जनता’ र अरु सबैका अगाडि साबित गरिसकेका छन। तर, जे भए पनि उनले आफ्नो अपरेसन गर्ने, हेरविचार गर्ने र तारिफ गर्ने कसैलाई तक्मा दिन पाउने छैनन्। प्रम ओलीलाई थाहा छ–उहिले राजा वीरेन्द्र उपचारका लागि वीर अस्पताल भर्ना भएका थिए। उनले आफू डिस्चार्ज भएको दिन डाक्टरदेखि स्वीपरसम्मलाई मान–पदवी र तक्मा बाँडेका थिए।

अहिले प्रम ओलीलाई पनि राजा वीरेन्द्रले जस्तै मान–पदवी र तक्मा बाँड्न मन लागेको त पक्कै होला। तर, त्यसरी सोझै मान–पदवी र तक्मा बाँडने अधिकार सायद उनलाई छैन। भए पनि, घुमाउरो तरिकाले राष्ट्रपतिमार्फत् बाँडन पाउँछन् होला। देशमा चलेको नयाँ राजनीतिक व्यवस्था अनुसार, मान–पदवी र तक्माको हैसियत घटेको छ। राजाको पालामा जस्तो यसले कुनै आर्थिक महत्व राख्दैन। तक्मा पाएको खुसियालीमा भोज खाएर, खुवाएर आनन्द लिने हो। मानका खातिर मान!

प्रम ओलीको प्रशंसनीय आत्मविश्वासको अर्को कारण पनि छ जुन अलिकति गह्रुँगो छ। प्रम ओली लामो समयदेखि बिरामी छन्। उनी बितेको १२ वर्षदेखि आफनो शरीरमा अर्काको जीवित शरीरबाट निकालिएको मिर्गौला जडेर बाँचेका छन्। यसरी बाँच्नुका आफ्नै पीडा हुन्छन्। कहिलेकाहीँ आफ्नै रोगको तरानामा मानिस कवि हरिभक्त कटुवालको कविता ‘यो जिन्दगी खै के जिन्दगी’ गुनगुनाउन पनि थाल्छ।

प्रम ओलीले मिर्गौला फेरेको भोलिपल्टदेखि नै आफूलाई ‘सुपरम्यान’का रुपमा प्रस्तुत गरेका हुन्। अस्पतालबाट डिस्चार्ज भएका बेला लड्खडाउँदै हिँड्नु सुपरम्यानसीपको प्रदर्शन हो। उनले व्हीलचेयर नचढेर ठूलै पुरुषार्थ गरेको ठहर्‍याउने मानिसको कमी भएन। यसबारे कुरा गर्दा अलिकति विचार पुर्‍याउनु आवश्यक छ।

उनमा आफू लामो समय बाँच्छु भन्ने आत्मविश्वास छ। यसका दुइ पक्ष छन्। हिन्दू मान्यताअनुसार, जीवन अनित्य हो, मृत्यु यथार्थ हो। अमिताभ बच्चन र राजेश खन्नाको सुपरहिट सिनेमा ‘आनन्द’ मा हास्यकलाकार जोनी वाकरले मर्मस्पर्शी संवाद बोल्छ-‘जहाँपनाह जिन्दगी और मौत उपरवालेके हातमें है। हम सब तो उनके हातोंके कठपुतलियाँ है।’

तर, प्रम ओलीलाई काठमाडौंको सोल्टी होटलमा आयोजित इशाइहरूको एक धार्मिक अनुष्ठानमा कोरियन इशाइले धर्मगुरुको वीर्य मिसिएको ‘होली वाइन’ को सेवन गराएर करोडको पुरस्कारसमेत दिएको समाचार जस–जसले पढेका छन् तिनमा त चेतना आयो नै होला। 

Ncell 2
Ncell 2
nimb
nimb

जे होस्, प्रम ओलीको प्रशंसनीय आत्मविश्वासको अर्को कारण पनि छ जुन अलिकति गह्रुँगो छ। प्रम ओली लामो समयदेखि बिरामी छन्। उनी बितेको १२ वर्षदेखि आफनो शरीरमा अर्काको जीवित शरीरबाट निकालिएको मिर्गौला जडेर बाँचेका छन्। यसरी बाँच्नुका आफ्नै पीडा हुन्छन्। कहिलेकाहीँ आफ्नै रोगको तरानामा मानिस कवि हरिभक्त कटुवालको कविता ‘यो जिन्दगी खै के जिन्दगी’ गुनगुनाउन पनि थाल्छ।

उसो त प्रम ओली भाग्यमानी हुन्। उनले दुई पटकसम्म आफ्ना लागि सजिलैसँग आफन्तहरुको मिर्गौला जुटाएका छन्। उनका लागि तेस्रो पटक पनि मिर्गौला जुट्न सक्दछ। उनले मिर्गौला दाता आफन्तको अभाव बेहोर्नु नपर्ला। मिर्गौला बिजनेसमा लागेका मानिसका अनुसार बजारमा अहिले बिरामीको अवस्था हेरेर मिर्गौलाको मूल्य ६० लाखदेखि १ करोडसम्म पर्छ। प्रम ओलीले आफन्तहरुको मिर्गौला प्रयोग गर्न पाएका छन् भने यसमा मूल्यभन्दा पनि सौहाद्र्रताको कुरा छ। अलिकति चर्कै मूल्य परे पनि घीउ आखिर पोखिएको त दालमा नै हो!

अब कुरा आयो कोरोना भाइरसको। प्रम ओली र भारतका प्रम मोदीबीच पहिलो चरणको ट्वीटपछि सार्क राष्ट्रका सारा प्रमुखहरू कोरोना रोक्न तयार भए। भारतका प्रधानमन्त्रीले एक करोड डलर हालेर कोष खडा गरे कोरोनाविरुद्ध। तर दक्षिण एसियामा कोरोना देखिएको छैन। देखिए पनि फाटफुट छ।

पशुपतिनाथको देश नेपालमा कोरोना भाइरस देखिने कुरै भएन। कोरोना पसेकै भए पनि जाँच्ने उपकरण अभाव र अल्पताले त्यसरी पसेको कोरोनाका बारेमा जानकारी आउने कुरै भएन। प्रम ओलीको वाणी आएको छ-कोभिड-१९ सँग लड्न संयुक्त वुद्धि र प्रयत्नले मद्दत गर्नेछ। कोरोना महामारी अहिलेसम्म फैलिएको छैन। दुर्भाग्यवश त्यो फैलियो भने कसैको ‘माइबाप’ कोही हुने छैन। 

Xtrem

Xtrem

देशमा कोरोना नपस्दा पनि अलापविलाप सुरु भइसकेको छ। नेपाली सेनाले कोरोना बिरामी राख्न टुँडिखेलमा ‘आइसोलेसन क्याम्प’ खडा गरिसकेको छ। सेनाले महाँकाल मन्दिर अगाडि खडा गरेको मिलिटरी अस्पतालको प्रयोग स्वास्थ्यका लागि नगर्ने हल्ला चलेको छ। सरकारको नालायकी यति बढेको छ कि प्रम ओलीको बलियो आत्मविश्वासको पनि केही लागेको छैन। ‘कोरोना अर नो कोरोना’, देश आइसोलेसन क्याम्पमा परिणत भएको छ। देशका नामूद भनिने वुद्धिजीवीहरू कोरोना चर्चामा लीन छन्।

(आइतबार प्रकाशित हुनुपर्ने ‘देशकाल’ प्राविधिक कारणवश सोमबार प्रकाशित गरिएको छ)

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १६:१०
  • #देशकाल
  • #kishorenepal
  • #pmkpolihelth
  • #views

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर नेपाल
वरिष्ठ पत्रकार नेपाल nepallive का नियमित स्तम्भकार हुन्।
लेखकबाट थप
नेकपामा चिनियाँ व्यवस्थापन
अध्यादेशमा अल्झिएका ओली
सरकारको हाउगुजी हो कोरोना?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग बुधबार, असोज १४, २०८३
हिमलुङमा मृतकको संख्या बढ्दै, थप ३ शव फेला बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर बुधबार, असोज १४, २०८३
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे बुधबार, असोज १४, २०८३
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्