काठमाडौं– सशस्त्र प्रहरीको टोलीले दुई थान पेस्तोलसहित रौतहटबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–३ राजपुरका ४९ वर्षीय शेष बैतुल्ला छन्। उनलाई सुरक्षा बेश फतुवा रौतहटबाट खटिएको सशस्त्रको टोलीले सोमबार बिहान १० बजे पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहट बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
उनको साथबाट चाइनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान, वाल राउण्ड २ वटा, कटुवा पेस्तोल १ थान, मोबाइल २ थानलगायतका सामान बरामद भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।