काठमाडाैं- नेपाली सेनाले यस वर्षकाे घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरेकाे छ। विश्वमा कोरोना भाइरस (कोभिड- १९)काे संक्रमण फैलिरहेकाे भन्दै नेपाल सरकारले सभा, सम्मेलन, भेला, कार्यक्रम नगर्न आव्हान गरेकाले यस्ताे निर्णय गरिएकाे सेनाले जनाएकाे छ।
सेनाका अनुसार उक्त समारोह टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएकाे छ। सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु गरी राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’ मनाउँदै आइरहेकाे छ। यस वर्षकाे घाेडेजात्रा आगामी चैत ११ गते परेकाे छ।
सरकारको निर्णय बमोजिम कोरोना भाइरसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरुको अवलम्बन गर्न सेना प्रतिबद्ध रहेको सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।