काठमाडौं–युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले १४ औं टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेता घोषणा गरेको छ।शुक्रबार एक कार्यक्रमबीच विजेता छनोटगरि पुरस्कार र प्रमाणपत्रसहित सम्मानित गरिएको थियो।
डिसेम्बर २०१९ देखि फेब्रुअरी २०२० सम्म सञ्चालन भएको यस कला प्रतियोगितामा ३० वटा विभिन्न विद्यालयहरुबाट १ हजारभन्दा बढी प्रतियोगीले सहभागिता जनाएका थिए। छनोट भएका आर्टहरु जापानमा आयोजना गरिने वर्ल्ड कन्टेष्ट २०२१ का लागि पठाइने छ।
टोयोटा ड्रिम कार आर्ट कन्टेष्ट विश्वभर रहेका बालबालिकालाई गतिशीलताको भविष्यप्रति उनीहरुको विचारधारा उनीहरुको ड्रिम कारका चित्र कोर्न भनिदै आएको छ। यस्ता क्रियाकलापले आउँदो पुस्ताका महान् आविष्कारक, चिन्तक र कल्पनाशील व्यक्तिहरुको रचनात्मकता उजागर गर्ने विश्वास टोयोटाको छ।
सन् २००४ देखि सञ्चालन हुँदै आएको यस प्रतियोगिता टोयोटाको सामाजिक योगदानको एक प्रमुख हिस्साका रुपमा रहँदै आएको छ। सन् २०१९ मा विश्वभरका ८६ मुलुकबाट ९ लाख ५० हजार आर्टहरु आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।