• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काेराेना संक्रमणबाट बच्न अदालतमा के छ तयारी?

सर्वोच्चमा इजलाश सारियो, जिल्ला अदालतमा सूचनाकै भर
64x64
नेपाल लाइभ आइतबार, चैत २, २०७६  १२:३२
1140x725

काठमाडौं– विश्वभर कोरना भाइरस फैलिरहेको छ। हालसम्म १३५ देशमा फैलिएको यो महामारीले एकदिनमै ४३८ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घन्टामा थप १३ नयाँ देशमा काेराेनाकाे संक्रमण फैलिएको छ।

विश्वमा फैलिँदै गएकाे कोरोना भाइरसकाे संक्रमण नेपालमा देखिएको छैन। तर, छिमेकी चीन र भारतमा यो फैलिएको छ। चीन महामारीबा बाहिर निस्कदै गर्दा भारतमा संक्रमित हुनेको संख्या बढ्दै गएकाे छ। भारतमा एक जनाबाट सुरु भएको संक्रमण अहिले १०५ जनामा भेटिएको पुष्टि भइसकेको छ।

यही अवस्थालाई ख्याल गर्दै भारतीय सर्वोच्च अदालतले कामकाजलाई सीमित गर्ने निर्णय फागुन ३० गते गरेको थियो। प्रधानन्यायाधीश एस ए बोब्डेले बिहीबार निवासमा विशेष बैठक राखेर अत्यावश्यक मुद्दा बाहेक अन्यलाई सुनुवाइ रोक्ने र अदालतमा काम भएका बाहेक अन्य मानिसकाे भीड नियन्त्रण गर्ने निर्णय गरेका थिए।

के छ नेपालमा तयारी?
कोरोना भाइरसको रोकथामका लागि नेपालका अदालतहरुमा खासै तयारी गरिएको देखिदैन। मानिसको आवातजावत धेरै हुने क्षेत्रमध्ये अदालत पनि एक हो। त्यसैले यहाँबाट राेगकाे संक्रमण फैलन सक्ने सम्भावना धेरै रहेको हुन्छ। यसको तयारी समयमै हुनुपर्नेमा पर्याप्त हुन सकेको देखिदैन।

सर्वोच्चमा इजलाशको दूरी बढाइयो
सर्वोच्च अदालतले एक हप्ताअघि नै कोरोना भाइरसको संक्रमणबाट बच्न केही तयार गरेको छ। सर्वोच्चले नियमित बहस हुने इजलाशकाे केही दूरी कायम गर्दै व्यवस्थापन गरेको छ।

सर्वोच्चले संक्रमणबाट बच्न भन्दै इजलाशमा न्यायाधीश र इजलाश अधिकृत बस्ने ठाउँबाट कानुन व्यवसायी र आगन्तुक रहेन स्थानको दूरी बढाएको हो। सतर्कताका लागि भन्दै इजलासमा सकेसम्म कममात्र मानिसलाई उपस्थित गराउने प्रयास गर्दै आएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले बताए। तर, दैनिक पाँच हजारभन्दा बढी सेवाग्राही जम्मा हुने काठमाडौँ जिल्ला अदालतले भने कोरोना भइरसबाट बच्न आग्रह गर्दै भित्तामा सूचना टाँस्ने बाहेक अरु कुनै पनि सतर्कतका काम गरेकाे छैन।

जिल्ला अदालतमा सूचनाको भर 
सर्वोच्च अदालतले यस्तो तयारी गरेपछि सबैभन्दा धेरै मानिसको भीड हुने जिल्ला अदालतमा भने रोकथामको उपाय अपनाएकाे देखिएकाे छैन। दैनिक मुद्दा, म्याद थप र अन्य कामका लागि पाँच हजार मानिस अदालत आउने जाने गर्दछन्।

काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार अदालत प्रवेश गर्ने व्यक्तिहरुको ज्वरो नाप्न थर्मल गन (ज्वरो नाप्ने यन्त्र) माग भएको तर प्राप्त नभएको बताए। ‘हामीले उपकरण मगाएका छौं। एक/दुई दिनमा आइपुग्छ। सूचना टाँसेका छौं,’ उनले भने, ‘त्यसभन्दा बाहेक अरु कुनै उपाय अवलम्बन गर्न सकिएको छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

१७ हजार थान मुद्दा विचाराधीन रहेको काठमाडौँ जिल्ला अदालतमा दैनिक ३३ वटा इजलाश बस्ने गर्दछ। यी मुद्दामा सम्बन्धित व्यक्तिको आवतजावत हुने भएकाले दैनिक भीडभाड निकै हुने गर्दछ।

उच्च अदालतको तयारी पनि उस्तै
उपत्यकामा रहेको उच्च अदालत पाटन पनि धेरै भीड हुने अदालत हो। यहाँ पनि कोरोना भाइरस संक्रमण रोक्ने तयारी शून्य नै रहेको देखिन्छ। करिव ३ सय मुद्दाको पेशी चढ्ने अदालतमा त्यसको दोब्बर मानिसको ओहोरदोहोर हुने गर्दछ। कानुन व्यवसायी, पक्ष, विपक्षका सेवाग्राही र अन्य मानिस जम्मा हुने उक्त अदालतमा हालसम्म ज्वरो नाप्ने मेसिनसमेत व्यवस्था भएको छैन।

बाहिर गेटमा ज्वरो नाप्ने थर्मल गन (ज्वरो नाप्ने यन्त्र) राख्ने तयारी भईरहेको उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले बताए। इजलाश सार्ने वा अन्य काम गर्ने तयारी सर्वोच्चको निर्देशन अनुसार हुने उनले बताए।

न्यायाधीशलाई रुघाखोकी पछि सर्वोच्चमा सर्तकता 
सर्वोच्च अदालतले कोरोना भाइरसबाट बच्न भन्दै इजलासमा दूरी बढाउनुको खास कारण एक न्यायाधीशलाई लागेको रुघाखोकी थियो। फागुनको दोस्रो हप्तामा भारतको नयाँ दिल्लीमा भएको एक कार्यक्रममा भाग लिन गएकी न्यायाधीश सपना प्रधान मल्ललाई रुघाखोकी लागेपछि डराएर इजलाश सार्ने काम भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भारतबाट फर्किएकी प्रधानमा कोरोनाको जस्तै रुघा खोकी, ज्वरोको समस्या देखिएको थियो। उनले परीक्षण गराइन, परिक्षणबाट उनलाई कोरोना नभइ स्वाइन फ्लु देखिएकाे पाइएको थियो। न्यायाधीश प्रधानलाई कोरोना जस्तै संक्रामक रोग लागेको थाहा पाएपछि अरु न्यायाधीशहरुले उनीसँग बेच्न बस्न अस्वीकार गरेका थिए।

न्यायाधीशलाई नै कोरोना संक्रमणको आशंका लागेपछि सर्वोच्च प्रशासनले फागुन २२ गतेदेखि बेन्च (न्यायाधीश) र बार(कानुन व्यवसायी) बस्ने स्थानको दूरी बढाएको थियो। हाल उनी स्वस्थ्य भएर सर्वोच्चमा मुद्दाको सुनुवाइ गरिरहेकी छन्।

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १२:३२
  • #काेराेना
  • #सर्वाेच्च

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्