• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

उपभोक्ता बजारमा कोरोना सन्त्रासको अवस्था के छ?

64x64
नेपाल लाइभ आइतबार, चैत २, २०७६  १०:११
1140x725

काठमाडौं- पुँजी बजार र मुद्रा बजारको तुलनामा उपभोक्ता बजारको दायरा निकै ठूलो भएपनि नियमन र अनुगमनका हिसाबले भने सबैभन्दा कमजोर छ। नेपालले खुला बजार अर्थतन्त्र व्यवस्था अंगालेका कारण पनि बजार नियन्त्रणमुखीभन्दा प्रतिस्पर्धाबाट चलिरहेको छ।

निजी क्षेत्रप्रति सरकार उदार छ। तर बजार स्वच्छ, पारदर्शी र उपभोक्ता अधिकारमैत्री छैन। गुणस्तरहीन र म्याद गुज्रिएका उपभोग्यवस्तुहरु छ्याप्छ्याप्ति भेटिन्छन्। मूल्यमा एकरुपता छैन। व्यापारीहरुले आफ्नै व्यापारको लेखाजोखा राख्दैनन्। बिलबिजक बनाउँदैनन्। यी सबै विषयमा उपभोक्ता पनि सचेत छैनन्।

अहिलेको अवस्थालाई हेर्दा उत्पादनमा गुणस्तरहीनता, आपूर्ति व्यवस्थामा असहजता, व्यापारमा खराब नियत र असचेत उपभोक्ताका कारण उपभोक्ता बजार अस्तव्यस्त छ। नियामक निकायहरु जवाफदेही छैनन्। अनुगमन प्रभावकारी छैन। जसकारण बजारमा व्यापारीको मनोमानी चल्छ। यो सरकारको नियन्त्रणभन्दा बाहिर छ।

असामान्य अवस्था र परिस्थितिमा मात्र होइन, सामान्य अवस्थामा पनि बजार अस्तव्यस्त छ। विभिन्न प्राकृतिक प्रकोप, आपूर्ति व्यवस्थामा आइपर्ने व्यवधानजस्ता कारणले बजारमा असन्तुलन देखिनुलाई स्वभाविक पनि मान्न सकिन्छ। तर सामान्य अवस्थामै पनि बजारका समस्या हजार छन्।

पछिल्लो समय कोरोना कहरले विश्व नै आक्रान्त छ। विश्व बजारमा नै यसको नकारात्मक प्रभाव छ। नेपालको उपभोक्ता बजारमा पनि असर देखिन थालिसकेको छ। बजारको पछिल्लो अवस्थाबारे सरोकारवाला निकायहरुसँग नेपाल लाइभले गरेको कुराकानी 

‘उपभोक्ताको मनोवैज्ञानिक त्रासको असर बजारमा देखियो। नियन्त्रणका लागि सबै निकाय गम्भीर छन्‚’
ध्रुव घिमिरे, प्रमुख, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखा

पछिल्लो समय कोरोना संक्रमणको त्रास र त्यसले पारेको मनोवैज्ञानिक प्रभावका कारण पनि वस्तु बजारमा समस्या देखिएको हो। खराब मानसिकता भएका व्यापारीहरुले बढी नाफा खाने, कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्नेजस्ता प्रवृत्ति सुन्नमा आएको छ। हामीले मन्त्रालयभित्र मन्त्रालयबाहिर अथवा समन्वय गर्नुपर्ने सबै क्षेत्र र निकायसँग बसेर यो विषयलाई गम्भीर रुपमा रुपमा हेरिरहेका छौं।

मन्त्री आफैं पनि बजारको अवस्था बुझ्न निस्किन थाल्नुभएको छ। हामीले उद्योगी व्यवसायीलाई बोलाएर पनि यो विषयमा छलफल गरेका छौं। निजी क्षेत्रले सहयोग गर्ने आश्वासन दिएको छ। समस्या देखिएका ठाउँमा कारबाही पनि गरिएको छ। वाणिज्य विभागलगायत अरु निकायले पनि अनुगमन र कारबाहीलाई तीव्रता दिएका छन्। अहिले नै हामी आत्तिहाल्नुपर्ने अवस्था होइन। 

Ncell 2
Ncell 2
nimb
nimb

Image may contain: 1 person, smiling

हामी सचेतनाका कार्यक्रम पनि गरिरहेका छौं। उपप्रधानमन्त्रीको संयोजकत्वमा विभिन्न निकायहरु सम्मितिल कार्यदल बनेका छन्। आपूर्ति व्यवस्था अहिलेसम्म सहज नै छ। भारतीय नाकाबाट हुने व्यापारमा अहिलेसम्म कुनै समस्या नै छैन। के औषधीहरु निर्यातमा भारतले प्रतिबन्ध लगाएको थियो। तर हामीले त्यस विषयमा कुरा गरेर सल्टाइसकेका छौं। हामीसँग दैनिक उपभोग्य वस्तु पनि पर्याप्त मात्रामा छ। खाद्यान्नमा कुनै समस्या छैन। बढी समस्या देखिएको ग्याँसको आयातको परिमाण बढाएका छौं। 

उपभोक्ताको मनोविज्ञान र डर त्रासको असर बजारमा देखिएको हो। यही बेलामा अनेकथरी हल्ला फिजाएर फाइदा लिने, कालोबजारी गर्ने, कृत्रिम अभाव गर्ने, मुल्य वृद्धि गर्नेजस्ता क्रियाकलाप पनि केही व्यापारीहरुले गरेको हामीले महशुस गरेका छौं। वस्तुको सहज आपूर्ति, उपभोक्ता सचेतना, बजार अनुगमनलगायतका विषयमा मन्त्रालय गम्भीरताका साथ लागेको छ।

अनुगमनका लागि थप कर्मचारीको चाँजो-पाँजो पनि हुँदैछ। बजार संयमित बनाउन उपभोक्ता आफैं पनि संयमित हुने हो। यो डर र त्रासको मनोविज्ञानमाथि केही खराब नियत भएका व्यापारीहरुले फाइदा लिएका हुन सक्छन्। त्यसकारण हामी आफैं पनि संयमित हुन जरुरी छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘बजार अनुगमनका लागि सरकारले एकिकृत कार्ययोजना बनाओस्‚’
प्रेमलाल महर्जन
अध्यक्ष, राष्ट्रिय उपभोक्ता मञ्च

कोरोना त्रासका कारण उपभोक्ता बजार त्रसित छ। तर नियामकको ध्यान त्यतातिर जान सकेको देखिँदैन। कोरोना नियन्त्रणका लागि सरकारले पहल गरिरहेको भनेको छ। तर त्यो काम गर्ने शैलीमा भने देखिएको छैन। बजारमा अनुगमन गर्ने संयन्त्रको प्रभावकारिता निकै न्यून छ।

Image result for प्रेमलाल महर्जन

सरकारको उपस्थिति नै छैन भन्दा पनि हुन्छ। ११ जना कर्मचारीले दिनमा ४-५ वटा पसलमा अनुगमन गरिरहेको अवस्था छ। सबै स्थानीय निकाय, प्रदेश सरकारलाई पनि बजार अनुगमनको अधिकार छ, तर उनीहरु अनुगमन गर्दैनन्। उपभोक्ता सचेतनाका कार्यक्रममा पनि सरकारको ध्यान पुग्न सकेको छैन।

बजार अनुगमनका लागि एकिकृत योजना नै भएन। अनुगमनलाई कसरी प्रभावकारी बनाउने भनेर ऐन नियम कानुनले दिएका सबै संयन्त्र परिचालन गर्न सक्नुपर्छ। सरकारको उपस्थिति नदेखेपछि व्यापारीहरुले मनोमानी गर्न पाएका छन्। 

‘सरकारले आफना संयन्त्रमाफर्त बजारमा हस्तक्षेप गर्नुपर्छ’ 
माधव तिमल्सेना
उपभोक्ता अधिकार अनुसन्धान मञ्च

आपूर्तिमा असहजता आएपछि त्यसलाई सहज बनाउन सरकारले जुन हिसाबले हस्तक्षेप गर्नुपर्थ्यो‚ त्यो गर्न सकेन। अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि सरकार आफैं अघि बढ्न सक्नुपर्थ्यो। कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने र कालोबजारीमा संलग्न देखिएका व्यापारीहरुलाई सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम मात्र कारबाही गरिरहेको छ।

1140x725

जबकि कालोबजारी तथा अन्य केही सामाजिक अपराध सम्बन्धी ऐन २०३२ बमोजिम पनि कारबाही हुनुपर्ने हो। नराम्रो काम गर्ने व्यापारीलाई सामान्य आर्थिक जरिवाना गरेर मात्र भएर उनीहरुलाई पक्रेर थुन्नु नै पर्छ। सरकारी निकायहरुले कालोबजारी भयो भनेर आफैं भन्ने तर कारबाही नगर्ने भएपछि नराम्रो काम गर्ने व्यापारीहरुको मनोबल झन् उच्च भयो। सरकारले आपूर्ति व्यवस्थापन सहज गर्नका लागि आफूसँग भएका संयन्त्रहरु परिचालन गर्नुपर्छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ लिमिटेडमार्फत बजारमा जे-जे कुराको अभाव भएको छ, ती वस्तुको आपूर्ति सहज बनाउन सक्नुपर्थ्यो। तर सरकारले त्यो गर्न सकेको छैन।

‘संकटको बेला व्यापारीले व्यापार भन्दा सेवाको भावनाले काम गर्नुपर्छ’
पवित्र बज्राचार्य
अध्यक्ष, खुद्रा व्यापार संघ

हामीले सरकार र मातहतका विभिन्न निकायसँग छलफल गरेर बजारमा वस्तुको अभाव हुँदैन र हामी अभाव हुन दिदैनौं भनेर आश्वासन दिएका छौं। अहिले बजारमा कुनै समस्या छैन। माक्स अभाव भएको भन्ने सुनेको बाहेक अरु कुनै वस्तुको अभाव बजारमा छैन र हामी हुन नदिने प्रयासमा छौं।

यस्तो अवस्थामा हामीले व्यापारभन्दा पनि सेवाको भावनाले काम गर्छौं। संघसँग आवद्ध व्यापारी साथीहरुलाई हामीले यही भनेका छौं। विगतमा भूकम्प, नाकाबन्दीजस्ता चुनौतीपूर्ण अवस्थामा पनि हामीले भएको वस्तुलाई सहज रुपमा उपलब्ध गराउने प्रयास गर्‍यो। व्यापार गर्ने र नाफा कमाउने काम त अरु बेला पनि गरिरहेकै हो।

व्यापारीहरुले पनि मानविय संवेदनालाई ध्यानमा राखेर व्यापार गर्नुपर्छ भनेर हामीले भनिरहेका छौं। तत्काल कुनैपनि वस्तुको अभाव हुँदैन। तर त्यसो भन्दैमा सबै खुद्रा व्यापारीसँग पर्याप्त वस्तु छ भनेको होइन। ठूला व्यापारी अथवा उत्पादक र सप्लायरहरुले पनि अवस्थाको गम्भीरतालाई हेरेर वस्तु आपूर्तिलाई सहज गरिदिनुपर्‍यो।

वस्तुको आपूर्ति पर्याप्त रुपमा हुने हो भने वितरणका लागि समस्या हुँदैन। अहिले काठमाडौं उपत्यकाभित्र दिउँसो ठूला मालबाहक गाडी छिर्न दिँदैन। त्यस बारेमा हामीले सरकारसँग छलफल गरेका छौं। आवश्यक भएमा सरकारले त्यो व्यवस्था हेरफेर गर्न सक्छ।

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार भन्सार कार्यालयमा बुझाए पनि सुन तस्करीको थप सञ्जाल  पत्ता लगाउन प्रहर... सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्