• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २०, २०८२ Sat, Dec 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

अस्थिर स्वास्थ्य मन्त्रालयको असर बिपी प्रतिष्ठानका सुत्केरीदेखि शिशुसम्म

64x64
विनय बाह्रकोटी शनिबार, चैत १, २०७६  १५:१५
1140x725

धरान- बारम्बार मन्त्री हेरफेर भइरहने भएकाले स्वास्थ्य मन्त्रालय अन्य मन्त्रालय जस्तो स्थिर छैन। अस्थिर मन्त्रालयको असर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिरामीसम्मलाई पुगेको छ। बारम्बार मन्त्री हेरफेर हुँदा प्रतिष्ठानको मातृशिशु भवन निर्माणकार्य गतिहीन छ। भौतिक संरचनाको अभावमा प्रसुति तथा बालरोग विभागमा शय्या अभाव हुन थालेको छ।

मन्त्रीसँगै मन्त्रीको चासो पनि फेरिने हुँदा निमार्णाधीन मातृशिशु भवन अलपत्र परेको हो। दैनिक सयौं सेवाग्राही आउने अस्पतलामा हालका संरचनाले पर्याप्त छैनन्। भारतको जोगबनीदेखि नेपालको प्रदेश १ र २ गर्भवती महिला तथा शिशु उपचारको लागि प्रतिष्ठान आउने गर्छन्।

दक्ष जनशक्ति र प्रविधि हुँदाहुँदै पनि काम गर्न समस्या परिरहेको प्रसुति विभागका प्रमुख डा. मोहन चन्द्र रेग्मी बताउँछन्। पर्याप्त शय्याको अभावमा २४ घण्टा नपुग्दै सुत्केरी बिरामी डिस्चार्ज गर्नु परिरहेको उनको भनाइ छ। ठाउँकै अभावमा आमा सुरक्षा कार्यक्रम लागू गर्न नसकिएको उनले बताए। अन्य अस्पतालमा भन्दा महंगो शुल्क भएपनि विश्वासकाे आधारमा प्रतिष्ठान बिरामीको रोजाइमा पर्ने गरेको उनी बताउँछन्। तर, तालुकदार मन्त्रालय अस्थिर हुँदा प्रतिष्ठानका कार्यक्रम तथा योजनामा समेत असर परेको हो। यसको प्रत्यक्ष असर भने बिरामीले व्यहोर्नु परेको छ। 

पूर्वको रेफरल सेन्टर बनेको प्रतिष्ठानको प्रसुति विभागमा २५ जना विशेषज्ञ डाक्टर कार्यरत छन्। बाँकी २७ जना एमबिबिएस डाक्टरहरूले सेवा दिइरहेका छन्। न्यूनतम ३ सय ५० शैय्या आवश्यक पर्ने अवस्थामा १५० शय्याबाटै काम चलाइएको उनी बताउँछन्।

हरेक वर्ष प्रसुतिमा १२ हजार बिरामीले सेवा लिने गरेको उनले सुनाए। त्यसबाहेक ओपिडीमा दैनिक ४ सय अर्थात् वर्षमा ६० हजार बढी बिरामी आउने गरेका छन्। दैनिक बिरामीको चाप बढिरहेकोले उपचार गर्न समस्या पर्दै गएको डा. रेग्मी बताउँछन्। आधा समय बिरामीको बेड मिलाउनमै बित्ने भएकोले थप रचनात्मक काम गर्न नसकिएको उनले सुनाए।

Ncell 2
Ncell 2

हरेक परिवारले एकपटक आउनैपर्ने विभाग दिनानुदिन समस्याग्रस्त बन्दै जाँदा पनि सम्बन्धित निकाय भने मौन देखिन्छ। लामो समयदेखि रिक्त रहेको बिपी प्रतिष्ठानको नेतृत्व अझैसम्म टुङ्गो लाग्न सकेको छैन। प्रतिष्ठानका अन्य पदाधिकारी नहुँदा दैनिक कारबाही ओझेलमा परिरहेका छन्। उता, तालुकदार मन्त्रालयले नै समस्यामा चासो नदिँदा झन् समस्या बढिरहेको छ।

मन्त्रालयमा मन्त्री र सचिवको फेरबदल नै मुख्य समस्याको रूपमा देखा परेको छ। हरेक मन्त्रीले काम गर्ने प्रतिबद्धता जनाउने, तर केही प्रक्रिया अगाडि बढ्ने बित्तिकै मन्त्री पद खुस्किने गरेको छ। केही समयअघि हालका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आफू यस विषयमा गम्भीर भएकोले अगामी केही दिनमै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।

यसरी सुरु भयो समस्या 
निर्माणाधीन ४ सय शय्याको मातृशिशु भवन अनुमानित लागतभन्दा बढीमा टेन्डर लगाएपछि समस्या सिर्जना भएको हो। लागत अनुमान भ्याटसहित ७६ करोड ९० लाख २७ हजार ३८ रुपैयाँ हुने पेस भएको थियो।

१५ डिसेम्बर २०१३ मा पेस भएको उक्त अनुमानित बजेट सिनेटले पनि स्वीकृत गरेको थियो। तर, पूर्वउपकुलपति डा. बिपी दास र रजिष्टार तुलाबहादुर श्रेष्ठ मिलेर उक्त भवनको लागत २ अर्ब १८ करोड ४५ लाख ९५ हजार ८ सय ३९ रुपैयाँ पुर्‍याए। सोही रकममा सम्झौता गरेका उनीहरूले ठेकेदार कम्पनीबाट ठूलो कमिसन लिएको आरोप लाग्दै आएको थियो। सोही अनियमितता प्रकरणकै कारण ३ वर्षयता यो भवन निर्माण ठप्प छ।

तत्कालीन स्वास्थ्य सचिव किरण रेग्मीको अध्यक्षतामा छानबिन समिति बनेको थियो। तर, सो समितिले प्रतिवेदन बुझाउन सकेन। पछि तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहोराले उपकुलपतिलाई कारबाही हुनुपर्ने र भवन निर्माण कार्य रोक्न निर्देशन दिए। त्यसपछि स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादव आफैंले छानबिन समितिको नेतृत्व गरे। उनको समितिले सिनेटमा प्रतिवेदन पनि पेस गर्‍याे। सिनेट बैठकले प्रतिवेदन हेरी कार्यान्वयन गर्न स्वयम् मन्त्रीलाई अख्तियारी दियो। मन्त्री यादवले नियम कानुनअनुसार भवन निर्माणकार्य अगाडि बढाउन निर्देशन दिए।

त्यसपछि उनको मन्त्री पद खुस्कियो। त्यसपछि मन्त्री बनेका भानुभक्त ढकालले यादवको निर्देशन बाझिने खालको भएको भन्दै निर्माण कार्य अगाडि नबढाउन निर्देशन दिए। यसपछि अहिलेसम्म निर्माण कार्य सुरु हुन सकेको छैन।

स्वास्थ्य मन्त्रालयमा मन्त्री हेरफेरका कारण प्रतिष्ठानले ठूलो मूल्य चुकाउनुपरेको छ। 

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विनय बाह्रकोटी
विनय नेपाल लाइभका संवाददाता हुन्।
लेखकबाट थप
किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव 
नेतृत्वमात्र होइन, पुस्ता नै परिवर्तन
विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
सम्बन्धित सामग्री
आज धान्यपूर्णिमा, नेवार समुदायको योमरी पुन्हि, किरात उधौली मनाउँदै सनातन समाजमा यो पर्धावन्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा  छ। यो दिन धानको भ... बिहीबार, मंसिर १८, २०८२
आज अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उ... बुधबार, मंसिर १७, २०८२
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पा... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्