Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

अस्थिर स्वास्थ्य मन्त्रालयको असर बिपी प्रतिष्ठानका सुत्केरीदेखि शिशुसम्म

64x64
विनय बाह्रकोटी शनिबार, चैत १, २०७६  १५:१५
1140x725

धरान- बारम्बार मन्त्री हेरफेर भइरहने भएकाले स्वास्थ्य मन्त्रालय अन्य मन्त्रालय जस्तो स्थिर छैन। अस्थिर मन्त्रालयको असर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिरामीसम्मलाई पुगेको छ। बारम्बार मन्त्री हेरफेर हुँदा प्रतिष्ठानको मातृशिशु भवन निर्माणकार्य गतिहीन छ। भौतिक संरचनाको अभावमा प्रसुति तथा बालरोग विभागमा शय्या अभाव हुन थालेको छ।

मन्त्रीसँगै मन्त्रीको चासो पनि फेरिने हुँदा निमार्णाधीन मातृशिशु भवन अलपत्र परेको हो। दैनिक सयौं सेवाग्राही आउने अस्पतलामा हालका संरचनाले पर्याप्त छैनन्। भारतको जोगबनीदेखि नेपालको प्रदेश १ र २ गर्भवती महिला तथा शिशु उपचारको लागि प्रतिष्ठान आउने गर्छन्।

दक्ष जनशक्ति र प्रविधि हुँदाहुँदै पनि काम गर्न समस्या परिरहेको प्रसुति विभागका प्रमुख डा. मोहन चन्द्र रेग्मी बताउँछन्। पर्याप्त शय्याको अभावमा २४ घण्टा नपुग्दै सुत्केरी बिरामी डिस्चार्ज गर्नु परिरहेको उनको भनाइ छ। ठाउँकै अभावमा आमा सुरक्षा कार्यक्रम लागू गर्न नसकिएको उनले बताए। अन्य अस्पतालमा भन्दा महंगो शुल्क भएपनि विश्वासकाे आधारमा प्रतिष्ठान बिरामीको रोजाइमा पर्ने गरेको उनी बताउँछन्। तर, तालुकदार मन्त्रालय अस्थिर हुँदा प्रतिष्ठानका कार्यक्रम तथा योजनामा समेत असर परेको हो। यसको प्रत्यक्ष असर भने बिरामीले व्यहोर्नु परेको छ। 

पूर्वको रेफरल सेन्टर बनेको प्रतिष्ठानको प्रसुति विभागमा २५ जना विशेषज्ञ डाक्टर कार्यरत छन्। बाँकी २७ जना एमबिबिएस डाक्टरहरूले सेवा दिइरहेका छन्। न्यूनतम ३ सय ५० शैय्या आवश्यक पर्ने अवस्थामा १५० शय्याबाटै काम चलाइएको उनी बताउँछन्।

हरेक वर्ष प्रसुतिमा १२ हजार बिरामीले सेवा लिने गरेको उनले सुनाए। त्यसबाहेक ओपिडीमा दैनिक ४ सय अर्थात् वर्षमा ६० हजार बढी बिरामी आउने गरेका छन्। दैनिक बिरामीको चाप बढिरहेकोले उपचार गर्न समस्या पर्दै गएको डा. रेग्मी बताउँछन्। आधा समय बिरामीको बेड मिलाउनमै बित्ने भएकोले थप रचनात्मक काम गर्न नसकिएको उनले सुनाए।

Ncell 2
Ncell 2
nimb
nimb

हरेक परिवारले एकपटक आउनैपर्ने विभाग दिनानुदिन समस्याग्रस्त बन्दै जाँदा पनि सम्बन्धित निकाय भने मौन देखिन्छ। लामो समयदेखि रिक्त रहेको बिपी प्रतिष्ठानको नेतृत्व अझैसम्म टुङ्गो लाग्न सकेको छैन। प्रतिष्ठानका अन्य पदाधिकारी नहुँदा दैनिक कारबाही ओझेलमा परिरहेका छन्। उता, तालुकदार मन्त्रालयले नै समस्यामा चासो नदिँदा झन् समस्या बढिरहेको छ।

मन्त्रालयमा मन्त्री र सचिवको फेरबदल नै मुख्य समस्याको रूपमा देखा परेको छ। हरेक मन्त्रीले काम गर्ने प्रतिबद्धता जनाउने, तर केही प्रक्रिया अगाडि बढ्ने बित्तिकै मन्त्री पद खुस्किने गरेको छ। केही समयअघि हालका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आफू यस विषयमा गम्भीर भएकोले अगामी केही दिनमै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।

यसरी सुरु भयो समस्या 
निर्माणाधीन ४ सय शय्याको मातृशिशु भवन अनुमानित लागतभन्दा बढीमा टेन्डर लगाएपछि समस्या सिर्जना भएको हो। लागत अनुमान भ्याटसहित ७६ करोड ९० लाख २७ हजार ३८ रुपैयाँ हुने पेस भएको थियो।

Xtrem
Xtrem

१५ डिसेम्बर २०१३ मा पेस भएको उक्त अनुमानित बजेट सिनेटले पनि स्वीकृत गरेको थियो। तर, पूर्वउपकुलपति डा. बिपी दास र रजिष्टार तुलाबहादुर श्रेष्ठ मिलेर उक्त भवनको लागत २ अर्ब १८ करोड ४५ लाख ९५ हजार ८ सय ३९ रुपैयाँ पुर्‍याए। सोही रकममा सम्झौता गरेका उनीहरूले ठेकेदार कम्पनीबाट ठूलो कमिसन लिएको आरोप लाग्दै आएको थियो। सोही अनियमितता प्रकरणकै कारण ३ वर्षयता यो भवन निर्माण ठप्प छ।

तत्कालीन स्वास्थ्य सचिव किरण रेग्मीको अध्यक्षतामा छानबिन समिति बनेको थियो। तर, सो समितिले प्रतिवेदन बुझाउन सकेन। पछि तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहोराले उपकुलपतिलाई कारबाही हुनुपर्ने र भवन निर्माण कार्य रोक्न निर्देशन दिए। त्यसपछि स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादव आफैंले छानबिन समितिको नेतृत्व गरे। उनको समितिले सिनेटमा प्रतिवेदन पनि पेस गर्‍याे। सिनेट बैठकले प्रतिवेदन हेरी कार्यान्वयन गर्न स्वयम् मन्त्रीलाई अख्तियारी दियो। मन्त्री यादवले नियम कानुनअनुसार भवन निर्माणकार्य अगाडि बढाउन निर्देशन दिए।

त्यसपछि उनको मन्त्री पद खुस्कियो। त्यसपछि मन्त्री बनेका भानुभक्त ढकालले यादवको निर्देशन बाझिने खालको भएको भन्दै निर्माण कार्य अगाडि नबढाउन निर्देशन दिए। यसपछि अहिलेसम्म निर्माण कार्य सुरु हुन सकेको छैन।

स्वास्थ्य मन्त्रालयमा मन्त्री हेरफेरका कारण प्रतिष्ठानले ठूलो मूल्य चुकाउनुपरेको छ। 

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विनय बाह्रकोटी
विनय नेपाल लाइभका संवाददाता हुन्।
लेखकबाट थप
किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव 
नेतृत्वमात्र होइन, पुस्ता नै परिवर्तन
विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्