काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज हुने भएका छन्। मृगौला प्रत्यारोपणको दश दिनपछि ओलीको डिस्चार्ज हुने भएको हो।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम खड्गाले प्रधानमन्त्रीकाे पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज हुन लागेको जानकारी गराए।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको शिक्षण अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।