काठमाडौं- साताको अन्तिम दिन बिहीबार लगानीकर्ताको मनोबल कमजोर हुँदा नेप्से परिसूचक ४५.९१ अंकले घटेको छ। मंगलबार बजार घट्ने क्रममा सर्किट लागेको नेप्सेमा बुधबार खरिद चाप बढे पनि बिहीबार भने निरन्तरता पाउन नसकेको हो।
बिहीबार कारोबार सुरु भएको केही मिनेटदेखि लगातार घटेको नेप्सेमा कारोबारको अन्तिम समय आइपुग्दा ३.३२ प्रतिशत घट्न पुगेको हो।
बुधबारको सुधारले केही कम्पनीको शेयर मूल्य बढेको पनि धेरै कम्पनीको मूल्य रातो देखिएको छ। बिहीबारको अवस्थामा १० दिन अगाडि सेयर खरिद गरेका लगानीकर्ता फाइदामा देखिए पनि त्यो भन्दा पछि खरिद गरेका लगानीकर्ता फाइदामा देखिएका छैनन्। १० दिन अघि सेयर किनेर नाफा बुक गरेका लगानीकर्ताको बिक्री चाप बढेको छ।
बजार तल झरे पनि कारोबार रकम भने दुई अर्ब २० करोड रुपैयाँको भएको छ। सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ। १ सय ८२ वटा कम्पनीको शेयर कारोबार हुँदा चार वटाको मूल्य मात्रै बढेको छ।
सबैभन्दा बढी होटलको सूचक घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।