कर्नाटक- भारतको कर्नाटक राज्य सरकारले कोभिड-१९ (कोरना भाइरस) महामारी घोषणा गरेको छ। बुधबार कर्नाटकले कोरोना भाइरसको महामारी घोषणा गरेको समाचार भारतीय समाचार संस्था टाइम्स नाउले प्रसारण गरेको छ।
कर्नाटक राज्यमा ६ सयभभन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको आशंका गरिएको छ। यीमध्ये ४ जनामा कोरोना भाइरस भएको पुष्टि भइसकेको छ।
कर्नाटक राज्यमा सबै विद्यालय बन्द भइसकेका छन्। परीक्षाका कार्यक्रम पनि सारिएको छ। भने हाम मिलाउनुको सट्टा नमस्ते अभियान समेत चलाइएको छ। यसका साथै राज्यले विभिन्न समयमा विभिन्न सूचना जारी गर्ने र ती सूचनाअनुसार काम नगर्नेलाई कारबाही गरिने समेत राज्य सरकारले घोषणा गरेको छ।
कोरोनाको महामारी घोषणा गर्ने भारतको पहिलो राज्य बनेको छ। कर्नाटकका स्वास्थ्य मन्त्रीले १ लाखभन्दा बढी मानिसमा कोरोनाको परीक्षण गरिए पनि ६ सय मानिसमा मात्र संक्रमण हुन सक्ने आशंका गरिएको बताएका छन्।
भारतमा ६० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। -एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।