• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

मर्यादा बिर्संदै उद्योग राज्यमन्त्रीद्वारा सिंहदरबारभित्रै आफ्नै कम्पनीको विज्ञापन

64x64
हेमन्त जोशी बुधबार, फागुन २८, २०७६  १७:५५
1140x725

काठमाडौं- बुधबार दिउँसो १ बज्न लागेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकारको आवातजावत बढ्दै गयो।

उद्योग राज्यमन्त्री मोतीलाल दुगडले अनौपचारिक शैलीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेका थिए।

उनले अनौपचारिक रूपमा पत्रकार भेटघाट भएका कारण सबै पत्रकारलाई आफ्नै कार्यकक्षको सभाहलमा बोलाए। 

विभिन्न सञ्चार माध्यम सम्बद्ध करिब एक दर्जनभन्दा बढी पत्रकार त्यहाँ पुगेका थिए। उनले यो भेटघाट गर्नुको कारण थियो, 'आफ्नो भारत भ्रमणपछिका अनुभव र उपलब्धिबारे पत्रकारसँग कुराकानी गर्ने।' 

राज्यमन्त्री दुगड मार्च ६ र ७ मा भारतमा आयोजना भएको इकोनोमिक टाइम्स ग्लोबल बिजनेस समिटमा सहभागी भएर फर्किएका थिए। कार्यक्रमका वक्ताका रूपमा भाग लिएर उनी मंगलबार नेपाल फर्केका थिए। 

समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपाबाट सांसद्‍मा मनोनित भएका थिए व्यवसायी दुगड। विराटनगरबाट व्यापारिक क्षेत्रमा उदाएका दुगडले 'पार्टीलाई सहयोग' गरेकै कारण समानुपातिक सांसद बन्ने सौभाग्य पाएका थिए। 

राज्यमन्त्री दुगडले आफ्नो भारत भ्रमणबारे 'ब्रिफिङ'सँगै पत्रकारलाई सानो 'टोकन' दिए, जुन उनकै स्वामित्वका कम्पनीको प्रचार सामग्री थियो। पत्रकार भेटघाटको अवसर छोपेर दुगडले सेन्चुरी ब्राण्डको प्रचार गरेका थिए। 

सांसद मनोनित हुँदै मन्त्री भएका दुगड यो पदमा आसीन रहुञ्जेल कम्तीमा दुगड ग्रुपका प्रबन्धक मात्रै होइनन्, जनताको करबाट तलब खाने सेवक हुन्। उनै दुगडले बुधबार आफ्नो यो भूमिका बिर्संदै मन्त्रालयमा आफ्नै स्वामित्वको कम्पनी र उत्पादनको प्रचार सामग्री बाँड्न भ्याए। जुन सामान्य हिसाबले मन्त्रीको नैतिक दायित्वभन्दा धेरै परको विषय थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

यसले मन्त्री दुगड जनताको सेवा गर्न भन्दा आफ्नै व्यवसाय विस्तारको निहित उद्देश्य पूर्ति गर्न झन्डा हल्लाउँदै सिंहदरबार प्रवेश गरेको प्रष्ट देखाउँछ। 

मन्त्री मात्रै होइन, जनताको करबाट तलब भत्ता बुझ्ने सम्पूर्णको उद्देश्य राष्ट्रसेवा हुनुपर्ने हो। तर उद्योगी दुगडले आफू मन्त्री भएको ख्याल गरेनन् वा यो पदको गरिमा बुझेनन्। 

उनले पत्रकारलाई सानो उपहार भन्दै ‘सेन्चुरी स्पाइस एन्ड स्न्याक्स'को एउटा सानो प्याकेट दिए। त्यसको अर्कोपट्टि भने आफ्नो कम्पनीको प्रोफाइलसमेत राखिएको थियो। प्याकेटभित्र भने एउटा कलम राखिएको थियो। कलममा पनि दुगड स्पाइस एन्ड फुट प्रोडक्ट प्रालिको ट्याग छ। 

जुन राज्यमन्त्री दुगडकै उद्योग हो। त्यसमा उनकै लगानी छ। उनले किन यसो गरे? त्यसकै एउटै कारण हो आफ्नो कम्पनीको विज्ञापन गर्नु। 

उनले अनौपचारिक पत्रकार भेटघाटको सुरू गर्दै भनेका थिए, 'अहिले सरकारले निजी क्षेत्रका सबै समस्या समाधान गर्न सकेकै कारण निजी क्षेत्र निकै खुशी भएको र सरकारले पनि उनीहरूलाई निकै माया गरेको छ।'

व्यापारिक पृष्ठभूमिबाट हुर्किएका दुगडले निजी क्षेत्रको बारेमा वास्तविकता भन्दा बाहिर गएर उनीहरूको पक्षमा बोल्नु वा सरकारले खुशी पार्न सकेको भनेर दावी गर्नु अनौठो कुरा भएन। तर, उनले निजी क्षेत्रको पक्षमा यतिसम्म भन्न भ्याए कि, 'अहिले बजारमा माक्समा भएको कालाबजारी र नाफाखोरी जायज हो।’ उनले कार्यक्रममा पटक–पटक १० रूपैयाँ पर्ने माक्सलाई २०–२५ रूपैयाँमा व्यापारीले बेच्न पाउनुपर्ने बताइरहे। 

जबकी कालोबजारी तथा केही अन्य सामाजिक अपराध सम्बन्धी ऐन २०३२ ले कुनै पनि वस्तुमा २० प्रतिशतभन्दा बढी मूल्य तोकिए कालोबजारी र नाफाखोरी भएको ठहरिन्छ। 

मन्त्री दुगडले कालोबजारी गर्ने व्यापारीको पृष्ठपोषणमा यतिसम्म भन्न भ्याए कि, 'निजी क्षेत्र सरकारको ज्वाँइ जस्तै हो। उसलाई आदर, सत्कार र भरणपोषण गर्नुपर्छ। मन्त्रालय पसल हो र उद्योगी निजी क्षेत्र हाम्रा ग्राहक हुन्।’ 

अहिले बजारमा देखिएको वस्तु अभाव र कालोबजारी तथा बिचौलियाको अवस्थालाई दुगडले कुन हदसम्म उपेक्षा गरेका छन् र कति सामान्य रूपमा लिएर व्यापारीको पृष्ठपोषण गरिरहेका छन् भन्ने उनको एक–एक शब्दमा झल्कन्थ्यो।

कोरोना कहरका कारण अस्तव्यस्त बजारका बारेमा दुगडले आफैँ भने बोलेनन् तर संचारकर्मीहरूको प्रश्नमा दिएको जवाफ निकै गैरजिम्मेवार थियो। 

'अलिकति गल्ती सबैले गर्छन्, सबैबाट हुन्छ। वस्तु अभाव छ तर कुनै बज्रपात भएको होइन,' उनले भने, 'व्यापारीहरूले नराम्रो मात्रै गरे भनेर हुँदैन। पैसा ठूलो होइन स्वास्थ्य ठूलो कुरा हो।’

दुगड मन्त्री मात्र होइन, देशभरका उद्योगी व्यवसायीको समस्या सुन्दै समाधानको बाटोतर्फ लैजानुपर्ने जिम्मेवार व्यक्ति  पनि हुन्। उनले आफ्नो यो भूमिका बिर्सँदै आफू मंसिर ५ गतेयता यो देशको उद्योग राज्यमन्त्री हुँ भन्ने बिर्सिएका छन्।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीको नवौं दिन: आज सेनासहितको उद्धार टोलीले प्रभावित क्षेत्रमा के–के गर्‍यो? बिहीबार, भदौ १८, २०८३
बालिकाको पेटमा डेढ किलो ट्युमर, केएमसीको सफल शल्यक्रियाले बचायो जीवन बिहीबार, भदौ १८, २०८३
बाढीपीडितका नाममा आफ्नै क्यूआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ बिहीबार, भदौ १८, २०८३
‘बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणा’ बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्